• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निःशुल्क आँखा शिविर : मोतियाबिन्दुको समस्या उच्च

metakhabar by metakhabar
१५ पुस २०८२,
0
निःशुल्क आँखा शिविर : मोतियाबिन्दुको समस्या उच्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १५ पुस ः समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा फरक फरक स्थानमा आयोजना गरिएका निःशुल्क आँखा परीक्षण शिविरहरुमा मोतियाबिन्दुको समस्या उच्च भेटिएको हो ।

स्याङ्जाको वालिङ नगरपालिकामा हालै आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ५१० जनाको परीक्षण गर्दा ४१ जना तथा घोडाघोडी नगरपालिकामा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या भेटिएको थियो ।

नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालद्वारा वालिङ नगरपालिकाको आयोजना तथा आइकेयर फाउन्डेसनको आर्थिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।

हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख तथा नेत्र अधिकृत सुवास नेपालका अनुसार मोतियाबिन्दु देखिएका सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा चश्मा आवश्यक देखिएका ५६ जना बिरामीलाई निःशुल्क चश्मासमेत वितरण गरिएका थियो ।

हिमालय आँखा अस्पतालका नेत्ररोग विषेशज्ञ डा कृष्णा गुरुङको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो । अस्पतालले विभिन्न विकास साझेदारहरूसँगको सहकार्यमा गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा निःशुल्क शिविर सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँगको सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले ग्रामीण क्षेत्रका न्यून आय, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सङ्घले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छभने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवाको पहुँचमा ल्याएको छ । सङ्घले स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी कुल चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ ।

Previous Post

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

Next Post

नयाँ वर्षको स्वागतमा व्यग्र पोखरा

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
नयाँ वर्षको स्वागतमा व्यग्र पोखरा

नयाँ वर्षको स्वागतमा व्यग्र पोखरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In