• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

धुर्मुस-सुन्तलीको बकपत्र- छोरीको उपचार गर्न अमेरिकामा छौं

metakhabar by metakhabar
२७ मंसिर २०८२,
0
धुर्मुस-सुन्तलीको बकपत्र- छोरीको उपचार गर्न अमेरिकामा छौं
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चितवनको भरतपुरमा क्रिकेट रंगशाला विवादमा मुछिएका कलाकार जोडी सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुर्मुस सुन्तलीले आफुहरु अमेरिका पुगेको जानकारी दिएका छन् ।

मिडिया र सामाजिक सञ्जालमा उनीहरु नेपालबाट अमेरिका भागेको भन्ने आशयको बहस शुरु भएपछि धुर्मुस सुन्तलीले ‘हाम्रो बकपत्र’ शिर्षकमा सामाजिक सञ्जालमा लामो फेहरिस्त लेख्दै आफुहरु छोरीको उपचारका लागि अमेरिका पुगेको जानकारी दिएका हुन् ।

बकपत्रमा धुर्मुस सुन्तलीले २०७२ सालको महाभूकम्पमा सामाजिक कर्ममा होमिएको देखि भरतपुर क्रिकेट रंगशालासम्मको विवरण उल्लेख गरेका छन् । उनीहरुले अहिले पनि १८ करोड ४३ लाख रुपैयाँ आर्थिक दायित्वको बोझ आफुहरुको टाउकोबाट नउत्रिएको उल्लेख गर्दै सरकारी कार्यालयदेखि अड्डा–अदालतहरुको चक्कर लाउँदा–लाउँदा हत्तु हैरान भएको र आफुहरु पूर्णरुपमा रित्तिएको उल्लेख गरेका छन् ।

धुर्मुस सुन्तलीले आफ्नी छोरीको स्वास्थ्यको बारेमा भनेका छन्:

केही समयअघि मात्र हामीले आफ्नो एक मात्र छोरी सुविहानीको शारीरिक समस्या सार्वजनिक गर्यौ, जुन अहिलेसम्म लुकाएर राखेका थियौं । अहिले हामी वाध्य हुनु परेको हो, यो विषय बाहिर ल्याउन, किनकी रंगशालाकै उल्झनले छोरीलाई उपचारका लागि लैजान ढिलाइ भइरहेको थियो ।

म सिहंदरबार परिक्रमा गरिरहँदा छोरीको स्वास्थ्य क्रिटिकल बन्दै गयो । जन्मेको १६ दिनदेखी म्यानेन्जाईटिस जस्तो प्राणघातक रोगको शिकार भए संगै घुँडाको हड्डीमा समेत ईन्फेक्सन भएर दाहीने खुट्टाको घुँडाको कुर्कुरे हड्डी किटाणुले खाइदियो । उनको हाईट जति समय सम्म बढ्छ त्यती समय सम्म डक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने भन्ने डाक्टरको सल्लाहअनुसार पाटन हस्पिटलमा एक महिनाको बसाई सकेर १२ बर्ष अगाडी घर फर्केका थियौं । अब छोरी फाल्गुनमा १३ लाग्छिन् । अहिले छोरीको दाहिने खुट्टा देब्रे खुट्टा भन्दा ७ सेन्टिमिटर सानो छ ।

उनी ४ बर्षको हुँदा उनको दाहिने खुट्टा बाङ्गो भएर नबढोस भनेर साईडबाट बढने हड्डी रोक्न दाहिने घुँडामा अप्रेशन गरेर भित्र स्टिल राखिएको थियो, जुन स्टिल निकाल्न अनि छोटो खुट्टाको हड्डी तन्काउने उपचार गर्न ३,४ बर्ष ढिला भईसकेको थियो । अहिले उनलाई हिड्नमा धेरै समस्या भईसकेको, हिपको जोईन्टमा उठ्दा बस्दा दुख्न थालेको छ । यो हड्डी तन्काउने उपचार लामो अनि एकदम कष्टकर छ । बाबु–आमाको लागि सन्तानभन्दा ठूलो के हुन्छ ? आफ्नो छोरीले अरुका छोराछोरीजस्तो कुद्न र खेल्न नसक्दा बाबुआमाको मन कति बिचलित होला ? त्यसैले सबै कुरा थाँती राखेर केही समय छोरीको उपचारका लागि हामी अमेरिकामा आएका छौं । यहाँ ल्याउनुको पनि अर्को पृष्ठभूमि छ । छोरीलाई हामीले नेपालका थुप्रै अस्पतालमा लग्यौं । भारत पनि पुर्‍यायौं । सबैले यसको सबैभन्दा सुरक्षित/उच्च प्रविधी सहितको उपचार अमेरिकामा हुने सुझाव दिनुभयो । तर, हाम्रो आर्थिक हैसियतले अहिले यो सम्भव थिएन ।

नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्नसक्ने कुनै आधार नभेटेपछि ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा हामीले तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन गरेका थियौं नेपालबाटै । यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरुका लागि दिइने स्थायी बसोबास अनुमतीपत्र हो । यो कार्डमा आएपछि कम आम्दानी भएका बाबुआमाका बच्चाका लागि नि: शूल्क उपचार सुविधा हुने रहेछ इन्सुरेन्स/ मेडिकेडमार्फत । यसअघि कुन्जनाको कोखमा रहेको हाम्रो दोस्रो बच्चा ‘स्ट्रेस’ कै कारण खेर गएको थियो । भएकी एक मात्र सन्तानको हकमा हामीले कुनै जोखिम लिन चाहेनौं । उनको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाइ गर्ने निर्णय लिएका थियौं ।

आवेदन गरेको दुई वर्षपछि पोहोर साल हामीले भिसा पायौं । तर, भिसा हातमा परेको दिन हामी खुशी हुन सकेनौं, बरु भक्कानिएर रोयौं । कारण यो हाम्रो रहरको निर्णय थिएन । हामी परिस्थितिको दास बनेका थियौं । गत वर्ष हामी अमेरिका आयौं । अमेरिका आउने जाने खर्चको जोहो गर्न कुन्जनाले आफूसँग भएका सबै गरगहना बेचिन् । आएकै एक महिनामा म रंगशालाको कामले सिंहदरबार धाउन फर्किए ।

रंगशालाको दलदलबाट बाहिर निस्किएर मात्र हामी छोरीको उपचारका लागि अमेरिका जान चाहन्थ्यौं । भरतपुर महानगरपालिका र संघीय सरकारलाई छोरीको उपचारको लागि बाहीर जानुपर्ने भएकाले हामीलाई छिटो यो भारीबाट मुक्ति दिलाईदिनुस भनेर पटपकपटक अनुरोध गरेका थियौ तर सबै प्रयास लगाउँदा पनि कुनै उपाय लागेन । निराशा मात्र हात पर्यो । त्यसैले हामी छोरीको ज्यान जोखिममा नपरोस भनेर समस्यालाई थाँती राखी अहीले अमेरिका आउन वाध्य बन्यौं । यो वाध्यतालाई सबैले बुझिदिनुहुनेछ भन्ने आशा गर्छु ।

हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन । छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं । तर, रंगशालाको उल्झनबाट मुक्ति नपाउँदासम्म हामीले नेपालमा न काम गरेर खान सक्ने, न चैनसित निदाउन सक्ने अवस्था रह्यो । हाम्रो यति चाहना छ, कि रंगशालाको समस्या समाधान भएर हामीले नेपालमै कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस ।

हामी अमेरीका आएको विषयलाई लिएर भ्रामक प्रचारवाजी र हल्लाको व्यापार पनि शुरु भइसकेछ । जुन कुरा हामी सार्वजनिक गर्ने नै थियौँ । अहीले हामी नितान्त छोरीको उपचारमा केन्द्रित थियाँै । छोरीको उपचारको प्रक्रिया पनि शुरु भएको छ, हामी निरन्तर अपडेट पनि गर्नेछौ । न त हामीले अमेरीकामा कुनै ब्यवसाय शूरु गरेको छौ न त कुनै लगानी नै छ । भ्रमको खेती गर्नेलाई धन्यवाद भन्नुवाहेक हामीसंग अरु कुनै शब्द छैन । अतः भ्रामक प्रचारवाजी र हल्लाको पछि नलागी दिनुहुन सबैलाई बिनम्र अनुरोध गर्दछौं । दुरिका हिसावमा टाढा भएपनि पनि हामी तपाईंहरुबीचमै छौं । सामाजिक सञ्जालले हामीलाई निरन्तर जोड्ने नै छ । अहिलेलाई हामी छोरीको सुरक्षित र सफल उपचारका लागि यहाँहरु सबैको आशीर्वाद चाहन्छौं । मुख्य कुरा हामीलाई रंगशालाको समस्याबाट मुक्ति दिएर कलाकारितामा फर्किने वातावरण राज्यले सिर्जना गरिदियोस्, नेपाल सरकारलाई हाम्रो विनम्र अनुरोध !

Previous Post

राजस्व चुहावट नियन्त्रणमा सशक्त बन्दै पर्साको सशस्त्र प्रहरी

Next Post

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

१९ फाल्गुन २०८२,
Load More
Next Post
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In