• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

    जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आमाबुबा भएकै अधिकांश बालबालिका बालगृहमा

metakhabar by metakhabar
२५ मंसिर २०८२,
0
आमाबुबा भएकै अधिकांश बालबालिका बालगृहमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आमाको काख र बुबाको साथ । छोराछोेरीले महसुस गर्न सक्छन् । यही शब्द काभ्रेकी सविता विश्वकर्मालाई सोधिन् भने उनले आमा र बुबा शब्द उच्चारण गर्न सक्छिन् तर त्यसको आत्मीय भाव महसुस गर्न सक्दिनन् ।

दुई वर्षको कलिलो उमेर, जतिबेला उनले तोतेबोलीले आमा र बा भन्न सिक्ने बेला थियो । त्यतिबेला नै सविताका आमाबुबाले छोरीहरूको उज्वल भविष्यको कामना गर्दै एकैसाथ तीन छोरीलाई काठमाडौंको एक बालगृहमा हुर्काउने जिम्मा लगाएका थिए ।

अहिले २३ वर्षकी सवितालाई बालगृहमा बिताएका ती क्षण जति दुःखदायी थिए, बालगृहबाट निस्किएपछि पनि उस्तै कष्टकर रहेको उनको अनुभव छ । सँगै गएका दिदी र बहिनी विदेशीले धर्मपुत्र बनाएर लगेपछि त सविनाले झनै एक्लो महसुस गरिन् ।

दुई वर्षको उमेरदेखि १८ वर्षसम्म बालगृहमा बिताएर परिवार भेट्न पुग्दा सवितालाई आत्मीय भाव जगाउन निकै कठिन भएको थियो । विदेशमा भएका दिदीबहिनीसँग भेट हुँदा पनि भाषा र संस्कृति, हुर्काइका कारण अन्तरसम्बन्ध विस्तार हुन नसकेको उनले बताइन् ।

उनले दुई वर्षको उमेरदेखि बालगृहमा बिताएका दिनहरू दुःखदायी छन्, कारुणिक छन् । बालगृहमा आउँदा सविताकी आमाले सवितालाई भनेअनुसार जेठी छोरी पाँच वर्षकी माइली (सविता) दुई वर्षकी र कान्छी छोरी एक डेढ वर्षकी हुँदी हुन् ।

आमाको काखमा लुट्पुटिने रहर नपुग्दै बालगृहको कठोर हेरचारमा बाँधिनुपर्ने सविताको बाल्यकाल निरश त भयो नै, त्यसका कारण अहिलेसम्म उनी मानसिक रोगसँग जुध्दै छिन् । ‘म एक्लै महसुस गर्छु, समाजमा घुलमिल हुनै सक्दिन । यसले गर्दा डर त्रास बढ्दै गयो । अहिलेसम्म डिप्रेसनको औषधि सेवन गर्नुपरेको छ’, उनी भन्छिन् ।

सविनाले बालगृहमा बसेर बालबालिका सुरक्षित र राम्रो हेरविचार पाउँछन् भन्ने सुनिश्चित नभएको बताउँछिन् । सकेसम्म आमा–बुबा वा आफन्तीसँगै हुर्काउन आवश्यक छ । कतिपय बालगृह बालमैत्री नहुँदा न राम्रो शिक्षा पाएका छन्, न त स्वस्थकर जीवन बिताएका छन् । बालगृहमा बसेका बालबालिकाको डरलाग्दो सामाजिक र मनोवैज्ञानिक अवस्था देखेर सविनालगायत बालगृहमा हुर्किएका बालबालिकाले बालबालिकालाई घरमै हुर्किने वातावारण मिलाउन आग्रह गर्दै आएका छन् ।

हुम्ला घर भएका हरि बुढाथोकीलाई ११ वर्षको उमेरमा घर छोडेर बालगृह आउनुपर्‍यो । बालगृहका मान्छेले हुम्लामा घुम्न आएका एक व्यक्तिले उनको दिदीलाई भेटेर भाइलाई राम्रो स्कुलमा पढाइदिन्छौँ भन्दै आश्वासन देखाएर काठमाडौंको एक बालगृहमा लैजाने अनुमति मागे । हरिका अनुसार दिदीले आमाबुबासँग कुरा गरे । सुरुमा दिदीले मानेकि थिइनन् । आमाबुबाले पनि राम्रो पढ्न पाउँछ भने भाइको सुन्दर भविष्यका लागि भनेर हरिको परिवारले बालगृह पठाउने निधो गर्‍यो ।

गाउँघरमा रमाएको बच्चा अचानक काठमाडौं बिरानो ठाउँमा बालगृहमा बस्नुपर्दा जेलमा आएजस्तै महसुस भएको हरि विगत सम्झिन्छन् । उनी अहिले २३ वर्षको भइन् ।

तीन वर्षसम्म मात्रै बालगृहमा बसेकी अनुभव रहेको सुनाउँदै उनले छोराछोरीको भविष्य परिवारसँगै राम्रो हुने बताउँछन् । ‘राम्रो पढाउने भनेर बालगृह पठाएका मेरा आमाबुबालाई के थाहा मैले त्यहाँ कापी–कलमसमेत पाउन मुस्किल पथ्र्याे,’ उनले भने ।

हुम्लाका विनोदका एउटै घरका तीन दाजुभाइ र एक बहिनी बालगृहमै हुर्किए । घरको आर्थिक स्थिति कमजोर थियो । दाउरा बेचेर घरखर्च चलाउनुपर्ने बुबाआमाको अवस्था थियो । गाउँमा एक नेताका रूपमा चिनिने आफन्तीले नै विनोदका बुबाआमालाई छोराछोरी काठमाडौँमा लैजाने र ठूलो मान्छे बनाउने भनेर प्रलोभन देखाए । घरमा हातमुख जोड्न कठिन भएको बेला पालिदिने खुसीले विनोदका बुबा आमाले छोराछोरी काठमाडौं पठाए ।

एघार वर्षको उमेरमा बालगृह आएर बसेर हुर्किएका विनोद अहिले २३ वर्षको भइन् । विगत सम्झिँदै भन्छिन्, ‘पेटभरि खान पाइँदैनथ्यो । एउटै खाटमा छ जनासम्म कोचिएर सुत्थ्यौं । दाता(डोनर)ले दिँदासम्म राम्रै लाउथ्यौँ । त्यसपछि पुरानै च्यातिएका लुगामा बस्नुपथ्र्यो ।’ घरको गरिबी देखेर सुखमा हुर्किने आश्वासनसहित बालगृह आएका विनोदजस्ता थुपै परिवारका बालबालिकाले बालगृहमै गरिबी र अभाव भोग्नुपरेको छ ।

काठमाडौंबाट पढेर आएको छोराले घर सम्हाल्छ भन्ने आमाबाबाको आशालाई विनोदले पूरा गर्न नसक्दा अहिले परिवारसँगै सुमधुर हुन नसकेको बताउँछन् ।

‘बालगृह छोडेर घर फर्किदा आफ्नै आमाबुबाले बोल्ने हुम्ली भाषा बुझ्नै सकिन । यसले गर्दा कुराकानी दैनिकीमै समस्या भोग्नुपर्‍यो’, विनोद थप्छन्, ‘एक अर्काको भावना नबुझ्दा अहिले आमा र मेरो सम्बन्ध नै बिग्रिएको छ । हामी छुट्टाछुट्टै बस्नुपरेको छ ।’

काठमाडौंमा हालै हिमाली नवीन समाज संस्थाले आयोजना गरेको एक कार्यक्रममा विनोद, हरि सवितालगायत बालबालिकाले बालगृहमा बस्दा र निस्किएपछि समाजमा खेप्नुपरेको चुनौतीबारे बालेका थिए । उनीहरूका अनुसार बालबालिकाको हुर्काइ परिवार र समाजमै सुन्दर हुने बताएका थिए । बाल गृहलाई बालबालिकाको अन्तिम विकल्पको रूपमा मात्रै प्रयोग गर्न उनीहरूको आग्रह थियो ।

बाल अधिकारकर्मी एवं हिमाली नवीन समाजमा आबद्ध सुरेन्द्र लामा तामाङका अनुसार बालगृह सञ्चालन गर्न दुर्गम ठाउँमा पुगेर ऐजन्टहरू नै विभिन्न प्रलोभन देखाइ बालबालिकालाई बालगृहसम्म ल्याउने गरेका छन् । यसमा परिवारले नै स्वेच्छाले बालगृहमा राम्रो भविष्य बन्ने सोचका साथ आफ्ना बच्चा अरुलाई जिम्मा लगाउने गर्छन् । ‘बालगृहमा बसेका बालबालिकाको मानसिक स्थिति अत्यन्त नाजुक छ’, उनले भन्छन्, ‘उनीहरूलाई समाजमा अन्तरघुलन हुन कठिन छ ।’

उनका अनुसार बालबालिकालाई बाल गृहसम्म ल्याउने अभिभावक नै बढी छन् । ‘अभिभावकहरूले स्थानीय ‘एजेन्ट’लाई आफ्नो छोराछोरी जिम्मा लगाउने मात्र नभई पछिसम्म पढ्न लेख्न पाउने र उज्वल भविष्यको आशामा नगद पैसासमेत दिने गरेको देखिन्छ’, उनी भन्छन् ।

राष्ट्रिय बाल अधिकार परिषद्को तथ्याङ्कका अनुसार ४३ जिल्लामा रहेका ३६६ बालगृहमा हाल १० हजार १९३ जना बालबालिका बासेबास गरिरहेका छन् । तीमध्ये २०७ बालगृहले सञ्चालन अनुमति लिएकामा विविध कारणले आठ वटा संस्था बन्द भएको परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार कूल बालगृहमध्ये करिब ६० प्रतिशतका बुबाआमा दुवै र २० प्रतिशतका बुबा वा आमामध्ये एक जना जीवित रहेका छन् ।

नेपालमा सञ्चालित कूल बालगृहमध्ये, ६६ प्रतिशत बालगृह काठमाडौं, ललितपुुर, भक्तपुर, चितवन र कास्की जिल्लाहरूमा केन्द्रित रहेका छन् ।

बालअधिकारकर्मी लामाका अनुसार अध्ययनका क्रममा ती जिल्लाहरूमा बालगृहहरू बढी केन्द्रित हुनुको कारण त्यहाँ पर्यटकीय क्षेत्र भएकाले विदेशी पर्यटकको आवागमन उच्च हुने हुँदा आर्थिक सहयोग प्राप्त गर्न तुलनात्मक रूपमा सहज हुने निष्कर्ष निकालेको छ । बालगृहमा राखिएका बालबालिकालाई पर्यटकहरूको चहलपहल हुने स्थानमा लगी माग्न लगाउने गरेको अध्ययनबाट थाहा भएको थियो ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ४८ मा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

यसमा अनाथ बालबालिका, अस्पताल वा अन्य कुनै सार्वजनिक स्थानमा अलपत्र अवस्थामा छाडिएका वा फेला परेका साथै बाबुआमाबाट अलग्गिएका वा बाबुआमा पत्ता नलागी बेवारिसे भएका बालबालिका, आमा बुबालाई गम्भीर शारीरिक वा मानसिक अपाङ्गता वा अशक्तता भएका कारण उचित हेरचाह नपाएका बालबालिका, कानुनी विवादमा परेका बालबालिकाको संरक्षणमा ऐनले जोड दिएको छ ।

वैकल्पिक हेरचाहको लागि सिफारिस भएका बालबालिका, थुनामा रहेका वा बन्दी बुबा वा आमासँग आश्रित भई कारागारमा रहेका बालबालिका, जबर्जस्ती करणी वा कानुनबमोजिम सजाय हुने हाडनाताबाट जन्मिएको शिशुलाई आफूले पालनपोषण गर्न नसक्ने भनी बाल कल्याण अधिकारीसमक्ष निवेदन परेका बालबालिका, बाबु, आमा वा अभिभावकबाट दुव्र्यवहार, हिंसा वा बेवास्ता भएको कारणले बालबालिकाको उच्चतम हितको लागि परिवारबाट अलग गरिएका बालबालिकालाई वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिका भनिएको छ ।

Previous Post

सुनचाँदीको मूल्य निरन्तर बढ्दो

Next Post

हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

१५ चैत्र २०८२,
पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’
आवाज

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

१५ चैत्र २०८२,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आवाज

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

१५ चैत्र २०८२,
रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
आवाज

जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

१५ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आवाज

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

१५ चैत्र २०८२,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

१५ चैत्र २०८२,
Load More
Next Post
हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा

हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In