• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जग्गा , नाता छ तर ‘नागरिकता’ छैन ७८ वर्षीया कपेलेश्वरीसँग

metakhabar by metakhabar
९ मंसिर २०८२,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा, ९ मङ्सिर : आठ वर्षदेखि नागरिकताका लागि अड्डाअदालत धाउँदै आउनुभएकी ७८ वर्षीया कपेलेश्वरी यादव अझै पनि नागरिकता पाउने आशामै दिन काटिरहनुभएको छ । “नागरिकता नपाएरै मर्न लेखिएको जस्तै भएको छ हजुरआमालाई”, नाति रामपरीक्षण यादवले हातमा कागजपत्र देखाँउदै थकित स्वरमा भन्नुभयो, “वर्षौँदेखि कागजपत्र बोकेर सरकारी निकायमा धाउँदाधाउँदै धेरै जुत्ता फाटे, तर हजुरआमाको नागरिकता बनेन ।”

सिरहाको नवराजपुर गाउँपालिका–४ मा बस्दै आएकी कपेलेश्वरीको जन्म औरही गाउँपालिका–३ पिपरामा भएको हो । जीवनभर गाउँमै बस्नुभएकी उहाँ नागरिकता नभएकै कारण अहिले सबै अधिकारबाट वञ्चित हुनुहुन्छ । विसं २०२३ मा उहाँ नवराजपुर–४ का बौवेलाल यादवको कान्छी श्रीमती बन्नुभएको थियो ।

बौवेलालको पहिलो श्रीमतीबाट चार छोरी थिए तर कपेलेश्वरीबाट भने सन्तान भएन । माइतीका बुबाआमाको नागरिकता थिएन । यसबाहेक सबैले वंशजका आधारमा नागरिकता पाए पनि उहाँ भने नागरिकताको मूलढोकैमा रोकिनुभयो । पति बौवेलालको २०३१ सालमा मृत्यु भएपछि कपेलेश्वरीले सिरहा जिल्ला अदालत सिरहामा ‘हक कायम’ मुद्दा दर्ता गर्नुभयो र अदालतले उहाँको नाममा हकदाबी सदर गरिदियो । त्यस्तै माइतबाट दिनुभएको छ कट्ठा जग्गा उहाँककै नाममा थियो । तर नागरिकता नभएकै कारण त्यस जग्गा बेचबिखन वा आफूलाई पालनपोषण गर्ने नातिको नाममा नामसारी गर्न नपाउने अवस्थाले उहाँलाई थप दुःख दिएको छ । त्यसैगरी ज्येष्ठ नागरिक भत्तासमेत नागरिकताका कारण रोकिन पुगेपछि उहाँ राज्यका सबै सेवाबाट पर धकेलिनुभएको छ ।

विसं २०७४ मा उहाँले जन्म, विवाह, नाता र वडाबाट प्राप्त सकसकमा जुटाइएका सबै कागजात तयार पार्नुभयो । आफ्नो नामका जग्गाधनी प्रमाणपत्र प्रतिलिपिसहित वडा कार्यालय पुग्नुभएकी कपेलेश्वरीलाई तत्कालीन वडाध्यक्ष मदन यादवले ‘चिन्दिन’ भन्दै सिफारिस नै दिन इन्कार गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले पुनः वडा सिफारिसमै जोड दिएकाले उहाँ तीनतीनपटक वडा कार्यालयमा धाउनुभयो, तर सबैपटक निराश भएर फर्किनुपर्यो ।

विसं २०७९ मा सम्पन्न चुनावबाट यादव नै वडाध्यक्ष पुनःनिर्वाचित हुनुभयो । नागरिकताको कुरा झन् बल्झियो । यतिबेलासम्म कपेलेश्वरीको सङ्घर्ष लम्बिँदै गए पनि समाधान भेटिएन । गाउँपालिका अध्यक्षमा निर्वाचित शिव उदगार यादवले पहल गरी सनाखतसहित जिल्ला प्रशासन कार्यालयमा पठाउनुभयो । त्यसपछि प्रशासनले प्रहरी रिपोर्ट बनाउन भन्यो । कपेलेश्वरीले त्यो पनि पूरा गर्नुभयो । अन्तिम चरणमा नागरिकताका लागि अनुसूची–१ बमोजिम वडा सिफारिस अनिवार्य चाहियो तर वडाबाट फेरि ढोका बन्द भयो ।

निरन्तर अस्वीकृत भएपछि उहाँले २०७९ साल भदौमा उच्च अदालत राजविराज, जनकपुरधाममा पुनरावेदन दर्ता गर्नुभयो । गत वैशाखमा अदालतले उहाँकै पक्षमा फैसला पनि गर्यो । ‘कानुनबमोजिम प्रक्रिया पूरा गरी नागरिकता दिनु’ भन्ने आशयको आदेश दियो । तर त्यो आदेश लिएर वडा कार्यालय पुगे पनि फेरि निराशा नै हात पर्यो ।

यसबीचमा वडाध्यक्ष यादव भ्रष्टाचार मुद्दामा निलम्बनमा परे तर कार्यवाहक वडाध्यक्ष देवराम यादवले पनि सिफारिस दिन मानेनन् । “मुद्दा प्रक्रियामा भएकाले केही भन्न सक्दिनँ”, कार्यवाहक वडाध्यक्ष देवरामले भन्नुभयो, “मङ्सिर ५ गते सर्वोच्च अदालतमा रिट हालेका छौँ, जे फैसला आउला, त्यसैअनुसार चल्छु ।”

कपेलेश्वरीका अर्का नाति जीवेन्द्र यादव राजनीतिक प्रतिशोधका कारणले यस्तो भएको गर्नुुुहुन्छ । उहाँले भन्नुभयो, “आठ वर्षदेखि नागरिकताको पछि कुद्दैछु । तर पाउन सकिँदैन । सरकारी निकायका जिम्मेवार जनप्रतिनिधिले राजनीतिक प्रतिशोध लिनु विडम्बनापूर्ण छ । हजुरआमाको प्राण जाने बेला पनि राज्यले दुःखै दियो ।”

यसैबीच सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले यस प्रकरणबारे प्रशासनले ध्यान दिएर हेर्ने बताउनुभएको छ । “कागजपत्र र प्रमाणका आधारमा हामीले समन्वय गर्न सक्छौँ । उहाँ किन नागरिकताबाट वञ्चित हुनुपर्यो भन्ने सम्बन्धमा आवश्यक जानकारी लिइनेछ”, उहाँले भन्नुभयो ।

जन्म छ, विवाह छ, जग्गा छ, नाता छ, तर ‘नागरिकता’ नामको एकमात्र कागज नहुँदा ७८ वर्षीया कपेलेश्वरीको जीवन अनागरिकजस्तै भएको छ । “यदि हजुरआमा यो देशको नागरिक होइनन् भने सिधैँ भन्नुपर्यो, नागरिक हुन् भने किन आठ वर्षदेखि यातना दिइएको छ ?”, नाति रामपरीक्षणले दुःखेसो पोख्नुभयो ।

Previous Post

सुक्खा क्षेत्रमा रु ३० लाखमा तीनवटा पोखरी निर्माण

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

‘लालीबजार’ को धेरै आम्दानी
मनोरञ्जन

‘लालीबजार’ को धेरै आम्दानी

३० असार २०८३,
रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
फिचर-ब्यानर

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

३० असार २०८३,
‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In