• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

metakhabar by metakhabar
१४ कार्तिक २०८२,
0
झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा (मकवानपुर), १४ कात्तिक : बिहानको झिसमिसे उज्यालोमा बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू बेल्चा र कोदालो बोकेर अगाडि बढिरहेका हुन्छन् । केहीको हातमा कोदालो, कोही ढुङ्गा उठाउँदै छन् र कोही हाँस्यौली अनुहारले एकअर्कालाई ‘शुभबिहानी’ भन्दै स्वागत गर्दैछन् । गाउँपालिका अध्यक्ष सर्केश घलानले सात वर्ष अगाडिदेखि चलाउनुभएको श्रमदानको अभ्यासलाई आत्मसात् गर्दै त्यसै भीडभित्र हिलोले छ्यापिएको जुत्ता र मुस्कानले झल्किएको अनुहारसहित देखिन्नुहुन्छ प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी ।

नेपालका अधिकांश सरकारी अधिकृतहरू कार्यालयको कुर्सीमा सीमित देखिन्छन्, तर दर्जी भने फरक ढङ्गले चिनिनुभएको छ । हुन त बागमती गाउँपालिकाका अध्यक्ष आफ्नै चाडबाड बिदामात्र होइन बिहान ५ः०० बजेदेखि रातको १२ः०० बजेसम्म कि त पालिका या त कार्यस्थलमा भेटिनु विगत सात वर्षदेखिको दैनिकी नै भइसकेको छ, तर यहाँ प्रशासकीय अधिकृत भएर आउनुभएका दर्जीलाई पनि यही काममा भेट्दा भने स्थानीयको हौसला थप मजबुत भएको छ ।

बिदा, बिहान र साँझ जुनसुकै समय होस्, दर्जी गाउँको विकासका हरेक काममा आफ्नै हातले घामपानी साटेर सहभागी बन्ने गर्नुभएको छ । गाउँका बूढाबूढीदेखि विद्यालयका बालबालिकासम्मले उहाँलाई अब ‘श्रमिक अधिकृत’ भनेर चिन्न थालेका छन् । मकवानपुरको बागमती गाउँपालिकामा अहिले मापदण्डअनुसारको खेलमैदान, पक्की सडक र साना पुल बनेका छन् । यी संरचना सरकारी ठेक्काले होइन, श्रमदानले बनेका हुन् ।

गाउँपालिकाका अध्यक्षदेखि स्थानीय युवासम्म हरेक शनिबार बिहान बेल्चा बोकेर उपस्थित हुन्छन् । दर्जी र गाउँपालिकाका अध्यक्ष दुवै जनाले सामाजिक सञ्जालमा बिहानै ‘शुभबिहानी, आज पनि श्रमदानमा भेटौँ’ भन्ने सन्देश पठाउनुहुन्छ, यो सन्देशले श्रमदानमा स्थानीयलाई जुटाइरहेको छ । त्यो सन्देश पढ्ने बित्तिकै गाउँका युवादेखि महिला समूहसम्म काममा जुट्ने गरेको दर्जीको भनाइ छ । “श्रमदानले पैसाको भन्दा मनको एकता ल्याउँछ”, दर्जीको भनाइ हो, “यो विकासभन्दा पनि सामाजिक भावना निर्माणको अभ्यास हो ।”

अधिकृत दर्जीका अनुसार कार्यालयमा कागजमा मात्रै हस्ताक्षर गरेर विकास हुँदैन, गाउँको माटोमा पसिना बगाउँदामात्र विकासको स्वाद आउँछ । “म आफ्नो पदको होइन, आफ्नो कामको जिम्मेवारीमा बाँधिएको छु”, उहाँ भन्नुहुन्छ, “बागमतीको माटोमा पसिना बगाउन पाउनु नै मेरो पुरस्कार हो ।”

स्थानीय मुक्ति लामा भन्नुहुन्छ, “पहिले सरकारी कर्मचारी भनेपछि डर लाग्थ्यो, अब दर्जी सर आएपछि लाग्छ– कर्मचारी पनि हाम्रै साथी हुन्, हाम्रै गाउँको माटोमा पसिना बगाउने साथी ।” उहाँका अनुसार श्रमदान अभियानले गाउँपालिकाको स्वरुप नै फेरिदिएको छ । पहिले धुलो र हिलोमात्र देखिने बाटो अहिले कालोपत्र भएको छ । खेतका छेउमा खेलमैदान, खोलामा पुल र सामुदायिक भवन निर्माण भएका छन् । लामाका अनुसार दर्जीको हरेक कुरा, हरेक शब्दमा अनुभव, जिम्मेवारी र सेवाको भावना मिसिएको महसुस हुन्छ ।

सुनापतिबाट सुरु भएको यात्रा

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको दुर्गम सानो गाउँमा जन्मेर हुर्कनुभएका ओमबहादुर दर्जीको जीवनयात्रा पनि गाउँको बाटोझै धुलाम्मे तर दृढ छ । परिवारलाई वर्षमा पाँच–छपटक मात्र भेट्ने उहाँको अधिकांश समय कार्यालय र श्रमदानमा नै बित्ने गरेको छ । विसं २०६९ फागुन २० गते उहाँले लोकसेवा आयोग नारायणी अञ्चल कार्यालय हेटौँडाबाट खरिदार पदमा सरकारी सेवा सुरु गर्नुभयो ।

बाराको इनर्वासिरा र तेतरिया गाविसमा सचिवका रूपमा काम गर्दा उहाँले गाउँगाउँका समस्या नजिकबाट देख्नुभयो । विसं २०७२ पुस १ गतेदेखि उहाँले सर्वोच्च अदालतमा नायबसुब्बाको जिम्मेवारी पाउनुभयो । तर कार्यालयको चमकदार कुर्सीभन्दा पनि उहाँलाई गाउँको माटो मन पर्यो, त्यसैले २०७४ साल मङ्सिर २५ गते शाखा अधिकृत बनेपछि उहाँले प्रशासनलाई व्यवहारसँग जोड्ने प्रण गर्नुभयो । विसं २०७५ साल साउन ८ गतेदेखि ओखलढुङ्गाको लिखु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालेको उहाँले बताउनुभयो ।

ओखलढुङ्गामा उहाँले सामुदायिक विद्यालयमा छात्रवृत्ति पारदर्शी बनाउनेदेखि गाउँकै युवासँग सडक निर्माणमा सहभागिता बढाउने अभियान चलाउँदा आनन्द मिलेको बताउनुभयो । त्यसपछि चिसङ्खुगढी गाउँपालिकामा काम गर्दा स्थानीय बासिन्दासँगै पहिलोपटक ‘श्रमदानले सडक बन्छ’ भन्ने अवधारणा व्यवहारमा उतारेको उहाँ सम्झनुहुन्छ । विसं २०७८ मङ्सिर ५ गते सिन्धुलीको मरिण गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर त्यहाँ पनि श्रमदानको परम्परा स्थापित गरेको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “श्रमदानमा रमाउने मलाई श्रमदानबाटै धेरै विकास निर्माण भइरहेको पालिकामा काम गर्न पाउँदा थप हौसला र जोश मिलेको छ ।” विसं २०८१ असोज ४ गतेदेखि मकवानपुरको बागमती गाउँपालिकामा आएपछि यो अभियानमा जुटेको उहाँ बताउनुहुन्छ ।

‘सेवाग्राही हाम्रा भगवान् हुन्’

दर्जी कार्यालयमा पनि उत्तिकै व्यवस्थित र अनुशासित रहनुहुने पालिका अध्यक्ष घलानको भनाइ छ । उहाँका अनुसार दर्जीको टेबलमा सधैँ एउटा नोट लेखिएको हुन्छ– ‘सेवाग्राही हाम्रा भगवान् हुन् ।’

दर्जीका अनुसार प्रशासन भनेको जनता र सरकारबीचको पुल हो, जसलाई पारदर्शिता, संवेदना र उत्तरदायित्वले मात्र मजबुत बनाउन सकिन्छ । “सेवा लिन आउने नागरिक हाम्रा मालिक हुन् । सकेसम्म हरेक सेवाग्राहीलाई काम लिएर खुसीसाथ फर्काउन पाए सन्तोष मिल्छ”, उहाँले भन्नुभयो ।

दर्जीले सेवाग्राहीसँग सधैँ आत्मीय व्यवहार गर्ने सेवाग्राहीहरूको भनाइ छ । बागमती गाउँपालिकामा नागरिकता, जग्गा दर्ता, कर तिर्ने प्रक्रिया सजिलो भएको स्थानीय बताउँछन् । अन्य कर्मचारीहरू पनि उहाँसँगै बिहान सबेरै कार्यालय पुग्छन् । “हाम्रो हाकिमले बिदामा पनि काम गर्नुहुन्छ भने हामी किन पछि पर्नु ?”, एक कर्मचारीले हाँस्दै भन्नुभयो ।

जनताको सरकार, जनताको हातबाट

दर्जी र गाउँपालिकाका अध्यक्षको सहकार्यले अहिले बागमती गाउँपालिकामा ‘जनताको सरकार’ भन्ने वाक्यांश अर्थपूर्ण बनेको छ । गाउँपालिकाले स्थानीय स्रोत परिचालन गरेरमात्र होइन, जनताको श्रम र सहभागिताबाट काम सम्पन्न गर्ने अभ्यास सुरु गरेको छ ।

साना पुल, खानेपानीका पाइप लाइन, पर्खाल र विद्यालयको शौचालय निर्माण सबै श्रमदानकै बलमा सम्भव भएका छन् । स्थानीय युवा विवेक सिन्तान भन्नुहुन्छ, “दर्जी सर हामीसँगै कोदालो चलाउनुहुन्छ, उहाँ हाकिम होइन, साथी हो, जब उहाँ हामीसँगै पसिना बगाउनुहुन्छ, तब हामी पनि काम गर्न उत्साहित हुन्छौँ ।”

सिन्तानका अनुसार कार्यालयमा हाकिम नियमित र सबेरै आएमा अन्य कर्मचारी पनि उत्तिकै जिम्मेवार बन्ने रहेछ भनेर थाहा पाउन बागमती गाउँपालिका हेरे पुग्छ । श्रमदानले गाउँको एकता बलियो बनाएको सिन्तानको भनाइ छ । पहिला जात, समुदाय र विचारमा विभाजित गाउँ अहिले एउटै उद्देश्यमा जोडिएको बताउँदै उहाँले गाउँ आफैँ बनाउने अभियानमा लागेका कारण जेनजी आन्दोलनमा पनि पालिकाका संरचना सुरक्षित भएको हो ।

श्रम र सेवामा समर्पण

बागमतीका गाउँमा पसिना बगाउने किसानमात्रै देखिन्थे, अहिले त्यही माटोमा सरकारी अधिकृतदेखि जनप्रतिनिधिसम्म उभिएका देखिन्छन् । त्यो दृश्य हेर्दा लाग्छ– विकासको असली बाटो यन्त्र होइन, मानवको श्रम र भावना हो । दर्जीले देखाएको उदाहरणले अहिले अन्य गाउँपालिकाका कर्मचारी पनि प्रेरित भएका छन् । कसैले सडकमा झार उखेलेर सुरु गर्छन्, कसैले विद्यालयमा रङरोगन गर्छन् । श्रमदान अब सरकारी आदेश होइन, स्थानीय गौरव बन्न थालेको छ ।

नेपालजस्तो देशमा जहाँ स्रोत सीमित छन्, त्यहाँ ओमबहादुर दर्जीजस्ता अधिकृतहरू नै असली राष्ट्रसेवक हुन् । बागमती गाउँपालिकाले प्रमाणित गरेको छ– “देश विकासका लागि ठूलो बजेट होइन, साँचो निष्ठा र लगन चाहिन्छ ।” बागमती गाउँपालिकामा रङ्गशाला, कुलो, सडक, पुललगायत थुप्रै भौतिक पूर्वाधारसँग सम्बन्धित संरचनादेखि लिएर वृक्षारोपणलगायत कार्यहरू श्रमदानबाट निर्माण भएको बताइएको छ ।

Previous Post

सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य

Next Post

ट्रम्पसँग व्यापारिक सहमति भएको राष्ट्रपति सीको भनाइ

metakhabar

metakhabar

सम्बन्धित खबर

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
आर्थिक

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

२० चैत्र २०८२,
ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु
जीवन शैली

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

२० चैत्र २०८२,
सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु
आर्थिक

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

२० चैत्र २०८२,
थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?
आर्थिक

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

२० चैत्र २०८२,
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’
आवाज

देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

२० चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

२० चैत्र २०८२,
Load More
Next Post
चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

ट्रम्पसँग व्यापारिक सहमति भएको राष्ट्रपति सीको भनाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In