• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’

metakhabar by metakhabar
९ कार्तिक २०८२,
0
युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा (मकवानपुर), ९ कात्तिकः विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानले बारीमा पसिना बगाए पनि भविष्य उज्यालो हुन्छ देखाएका छन् । यही बारीले गाउँका युवालाई इन्जिनियर, नर्स, कृषिविज्ञ, प्राविधिक र आत्मनिर्भर नागरिकमा रूपान्तरण गरिरहेको छ ।

पहाडी भूभागका खेतबारी बाँझिन थालेको नेपालमा चखेलले भने माटोसँगको आत्मीयता पुनर्जीवित गरेको छ । काठमाडौँ उपत्यकाबाट आधा घण्टाको दूरीमा अवस्थित यो सानो गाउँ बिहानैदेखि कोलाहलमय हुन्छ– कोही मुला उखेल्दै छन्, कोही काउली बोकेर बजार हिँड्दै त कोही बीउ छर्ने तयारी गर्दैछन् । जम्मा ३६ परिवारको मात्र बसोबास रहेको उक्त गाउँमा हरेक घरको आँगनमा हरियो बोटबिरुवा फस्टाएका छन् । यहाँका बालबालिकाले खेतीको अर्थ पढाइसँगै बुझेका छन् । उनीहरूले पसिनाबाट शिक्षा र सम्मान सम्भव हुन्छ भन्ने बुझेका छन् । विद्यालय बिदाका दिन साना बालबालिका पनि बारीमा भेटिनुले यसलाई पुष्टि गरेको छ ।

गाउँका किसानले गर्वका साथ भन्छन्, “हाम्रो बारीले कति इन्जिनियर पढायो, नर्स बनायो, विज्ञान पढ्ने धेरै छन्, त्यसैले हाम्रो बारीले तरकारी होइन इन्जिनियर फलाउँछ ।”

यहाँका धेरैजसो घरका छोराछोरीले बारीको आम्दानीबाट प्राविधिक शिक्षा हासिल गरेका छन् । उननतीस वर्षीय सिभिल इन्जिनियर मिलन गुरुङ भन्नुहुन्छ, “म काठमाडौँको कलेजमा पढ्थेँ, तर मेरो पढाइको शुल्क यही बारीको तरकारीले तिर्यो, अहिले जब म पुल र सडक डिजाइन गर्छु, म सोच्दछु– यो मेरो बारीको माटो र बुबाआमाको पसिनाले सम्भव गराएको हो ।”

गुरुङलाई यो बारी र माटोमा यति लगाब छ कि चाडपर्वमा घर आउँदा पनि उहाँलाई बारीमा काम गर्न मन पर्छ । उहाँ थप्नुहुन्छ, “हामीलाई यो बारीले आर्थिक रूपमा सक्षम बनाएको छ, त्यसैले म बिदा हुँदा घुम्नभन्दा पनि यहीँ माटोमा पसिना बगाउन घर आउने गर्छु ।”

गुरुङका अनुसार यस वर्ष मुलाको मूल्य राम्रो भएकाले आम्दानी पनि मनग्य भएको छ । काठमाडौँबाट छोटो दूरीमा रहेको यो गाउँ प्राकृतिक रूपमा अत्यन्तै मनोरम भए पनि यहाँका स्थानीयलाई पर्यटन व्यवसायभन्दा खेती गर्नमै आनन्द मिल्छ । उहाँको खेतबारीमात्र होइन, त्यो एउटा विद्यालय हो, जहाँ माटोले आत्मनिर्भरता सिकाउँछ र पसिनाले गर्वको अनुभव दिन्छ ।

मिलनमात्र होइन, गाउँका अन्य युवा अहिले नर्सिङ, कृषि विज्ञान, सिभिल इन्जिनियरिङ र कम्प्युटर प्राविधिकजस्ता विषय पढिरहेका छन् । कतिपय जागिरमा छन् । यसै कारण गाउँमा बाहिरबाट आउनेले भन्छन्, “यो त साँच्चै इन्जिनियर बनाउने बारी रहेछ ।” यही नामले गाउँको परिचयसमेत फेरिएको छ ।

स्थानीय बूढापाका भन्छन्, “पहिले बारी बाँझो हुन्थ्यो, अहिले बारी हराभरा छ ।” उनान्साठ्ठी वर्षीया बुद्धिमाया तामाङ चखेलकी जीवन्त उदाहरण हुनुहुन्छ । श्रीमान् बेपत्ता भएपछि उहाँका लागि बाँच्ने आधार एक टुक्रा बारी मात्र थियो । पहिले मकै लगाउनुहुन्थ्यो, जसले वर्षभरि खान पनि पुग्दैनथ्यो । तर अहिले त्यो बारीमा गोलभेँडा, काँक्रो, बन्दा र सिमी लहलहाउँछ ।

तामाङ भन्नुहुन्छ, “पहिले मकै बाली काटेर ज्याला गर्न जान्थेँ, अहिले तरकारी बेचेर महिनामा रु ३०–४० हजार कमाउँछु, छोराछोरी पढाइ सकेर अब आफ्नै बलमा अघि बढिरहेका छन् ।”

तामाङ विवाह गरेर आउँदा यो गाउँमा धेरै दुःख थियो । अन्नबालीले वर्ष नधान्ने कारण ज्याला मजदुरी गर्नुपर्ने बाध्यता थियो । तर समयसँगै खेती गर्ने तरिका फरक भएको र जीवन पनि बदलिएको उहाँको भनाइ छ । सुत्केरी हुँदासमेत खान धौधौ परेको सम्झँदै उहाँ भन्नुहुन्छ, “हामीले नजानेर दुःख पाएका रहेछौँ, बाटो बन्यो । हामीले तरकारी रोप्न थाल्यौँ, अनि पसिना पनि त्यही बारीमा बगायौँ, अहिले दुःखबिमार हुँदा पनि रकम साथमा हुन्छ ।”

बारीले उहाँको छोराछोरी पढाउन र घर धान्न सजिलो भएको छ । हाल उहाँका दुई छोरी र एक छोराले कक्षा १२ पास गरिसकेका छन् । श्रीमान् बेपत्ता भएर समस्यामा परेको उहाँको परिवारलाई तरकारीखेतीले सहज बनाएको छ । काठमाडौँ र हेटौँडासम्मको यातायात सहज हुँदा किसानले बिहानै तरकारी सङ्कलन गरेर बजार पठाउँछन् । उत्पादनको राम्रो मूल्य पाइँदा गाउँमा पुँजी पनि जम्मा हुनथालेको छ ।

सिँचाइले ल्याएको हरियाली

इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङ भन्नुहुन्छ, “हामीले सिँचाइलाई प्राथमिकता दियौँ, सामूहिक ट्याङ्की र पाइप प्रणाली बनायौँ, किसानलाई प्रविधि सिकायौँ, अहिले गाउँमा उत्पादनमा दोब्बर वृद्धि भएको छ ।”

स्थानीय सरकारको पहलमा सामूहिक सिँचाइ प्रणाली र प्रविधिमैत्री खेतीको अभ्यासले उत्पादनमा वृद्धि भएको अध्यक्ष तितुङले बताउनुभयो । साथै, काठमाडौँ र हेटौँडा बजारसम्म सहज यातायात पुगेकाले किसानले आफ्नो उत्पादन सजिलै बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् । काठमाडौँ उपत्यकाको सिमाना पार गरेपछि पुगिने यो ठाउँ पर्यटकका लागि गन्तव्य बनेको छ ।

चखेल गाउँ अहिले ‘सफा गाउँ, हरियो बारी’ अभियानमा जोडिएको अध्यक्ष तितुङ बताउनुहुन्छ । जैविक तरकारी उत्पादनका लागि रासायनिक मल र विषादीको प्रयोग घटाइएको उहाँले बताउनुभयो । यसले गाउँको वातावरणीय सन्तुलन र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले चखेललाई ‘नमूना आधुनिक कृषि क्षेत्र’ बनाउने योजना अघि सारेको अध्यक्ष तितुङले बताउनुभयो । उहाँका अनुसार यहाँका किसानलाई जैविक मल, कीट व्यवस्थापन र बजार समन्वयसम्बन्धी तालिम दिइँदैछ ।

पर्यटन र अध्ययनको केन्द्र बन्दै चखेल

मकवानपुरको हरियालीबीच बसेको चखेल अहिले कृषि पर्यटनका लागि पनि आकर्षण बनिरहेको छ । काठमाडौँ–हेटौँडा जोड्ने चन्द्रागिरि डाँडाबाट यसलाई नियाल्न सकिन्छ । यहाँ आउने पर्यटक केवल दृश्य हेर्नमात्र होइन, खेती गर्ने अनुभव लिन पनि आउँछन् । धेरै शैक्षिक संस्था अध्ययन भ्रमणका लागि चखेल पुग्छन् । विद्यार्थी खेतमा काम गर्दै सिक्छन् ।

विसं २०४० तिर सुरु भएको सरकारी कृषि विस्तार कार्यक्रमपछि यहाँको स्वरूप नै फेरिएको हो । किसानले सिँचाइ नहर बनाए, जैविक मल प्रयोग गर्न थाले र बारीलाई व्यवसायका रूपमा लिए । त्यसपछि गाउँको मुहार फेर्न धेरै समय लागेन । अहिले गाउँमा एउटा साझा अभियान चलिरहेको छ– ‘सफा गाउँ, हरियो बारी’ ।

हरेक घर अगाडि हरियो झ्याली, रासायनिक मलको सट्टा जैविक मल, बारीमा घ्यूको बत्ती बालेर पूजा गर्ने चलन र सामूहिक सरसफाइ कार्यक्रमले चखेलको पहिचान नै बदलेको छ । वातावरणीय सन्तुलन राम्रो भएपछि गाउँमा चराचुरुङ्गी पनि फिर्ता आएका छन् ।

इन्द्रसरोवर–५ उत्तरी मकवानपुरको काठमाडौँ सिमानामा पर्छ । यहाँ नेवार र तामाङ समुदायको बसोबास प्रमुख छ भने क्षेत्री, ब्राह्मण, मगरहरू पनि एकआपसमा मिलेर बसेका छन् । यहाँको भालेश्वर महादेव मन्दिर र गुप्तेश्वर गुफा चर्चित तीर्थस्थल तथा पर्यटकस्थल हुन् । विसं २०७३ को सर्वेक्षणअनुसार वडाको जनसङ्ख्या तीन हजार ६९४ छ । स्थानीयको प्रमुख पेसा कृषि हो ।

Previous Post

माटोका भाँडाकुँडाबाट आत्मनिर्भर

Next Post

पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

metakhabar

metakhabar

सम्बन्धित खबर

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आवाज

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

५ चैत्र २०८२,
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
आर्थिक

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

५ चैत्र २०८२,
Load More
Next Post
पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In