• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मिथिलामा छठको तयारी सुरु

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
मिथिलामा छठको तयारी सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनुषा, ७ कात्तिकः मिथिलामा शुद्धता र आपसी सद्भावको पर्व छठको तयारी सुरु भएको छ । विगतमा मधेसी समुदायमा मात्र सीमित रहेको यो पर्व पछिल्ला वर्षमा राजधानी काठमाडौँलगायत पहाडमा पनि मनाउन थालिएको छ ।

छठ पर्वको अवसरमा यही कात्तिक १० गते सङ्घीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ भने मधेश प्रदेश सरकारले छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

छठका लागि मधेस प्रदेशको मुख्यालय जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रका सबै गाउँ सहरका पोखरी, नदी, तलाउमा तयारी सुरु भएको मैथिली संस्कृतिका जानकार रामभरोस कापडीले बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले छठलाई लक्षित गरी जलाशय सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत सुरु गरिएको बताउनुभयो । प्रायः स्थानमा जनस्तरबाटै छठघाटहरू सजाइने गरिए पनि जनकपुरधामस्थित गङ्गासागर, धनुष सागर, अरगज सरलगायतमा स्थानीय तह समेतको सहयोगमा घाट सरसफाइ र सजावट भइरहेको छ । जनकपुरधाममा गङ्गासागर, धनुषसागर र अरगजा पोखरीमा बढी भीड लाग्ने गर्छ ।

छठ नजिकिएसँगै स्थानीयहरु पनि किनमेलमा सक्रिय भएका छन् । छठ पर्वको लागि मुख्य प्रसादको रुपमा केराको घरी चढाउनु पर्ने भएको हुँदा क्षीरेश्वरनाथ नगरपालिका–७ स्थित नयाँ बजारमा केरा खरिद आउनुभएको अनिता देवी यावदले यस पटक केराको मूल्य बढेको बताउनुभयो ।

धनुषा जिल्लाको महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार, शहीदनगर, वीरेन्द्रबजारलगायतका स्थानमा पोखरी, तलाव, नदीमा छठ पर्व मनाउने चलन रहेकाले ती स्थानमा पनि धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक राजनन्दन मण्डलले बताउनुभयो ।

छठ निकै कठिन पर्व मानिन्छ । सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको छ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही नै यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा र ऋगवेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट नै बाँचेका छन् । ऋगवेदमा भनिएको छ, “सूर्य आत्मा जगतस्य स्थुपश्च” अथर्ववेदमा त सूर्यलाई ब्रह्मको साकार रूप नै मानिएको छ । महाभारतमा पनि सूर्यलाई सम्पूर्ण जगतका प्राणी सित सम्बद्ध भएको उल्लेख गरिएको छ ।

सूर्योपनिषद्मा सूर्यलाई ब्रह्मा, विष्णु र रूद्र भनिएको छ । भगवान् श्रीकृष्ण लौकिक लीला समाप्त गरी अन्तमा सूर्यनारायणमा नै विलीन हुनुभएको प्रसङ्ग पनि रहेको छ । वेदमा सूर्यलाई चौधवटा नामले सम्बोधन गरिएको छ । सूर्यको महात्म्यबारे यजुर्वेद, सामवेद, शुक्लवेद, गीता, मार्कण्डेय पुराण, सूर्य पुराण र साम्य पुराणआदिमा उल्लेख गरेको पाइन्छ । सूर्यकै उपासनाबाट याज्ञवल्क्यले ज्ञान प्राप्त गरेको आख्यान पनि रहेको छ ।

जनकपुरधाममा सबैभन्दा बढी व्रतालु आउने मुख्य ठाउँका रूपमा गंगासागर, धनुषसागर र अरगजा पोखरी रहेका छन् । नगरको बीच भागमा रहेका यी पोखरीमा प्रत्येक वर्ष छ हजार देखि १५ हजार छठैतिन र छठका व्रतालुले छठ पर्व गर्ने गरेको अनुमान छ ।

छठ पर्वले एक ठाउँमा भेला गराएर साँचो अर्थमा समान व्यक्तित्वको आदर्शसमेत स्थापित गर्दछ । यही आस्था र विश्वासले यहाँका इतिहास वर्णित जलाशयलाई सरसफाइ गरी बेहुली झैँ सिङ्गारिएको छ । आस्थाको महापर्वका रूपमा छठ पर्व वर्षमा दुईपटक मनाउने गरिन्छ । शरद् ऋतुको कार्तिक षष्ठीका दिन र अर्को वसन्त लागेको चैत महिनाको षष्ठीका दिन मनाइने पर्वमा श्रद्धालुमा अन्य पर्वभन्दा भिन्नै उल्लास र आस्था हुन्छ ।

सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्म रोग निको हुने जनविश्वास छ । यो पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यतिकै छन् ।

ज्योतिषशास्त्रका आधारमा छठ पर्वको समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावशाली र मानवका लागि आल्हादकारी समेत मानिएको छ ।

छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवी समेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुन गएको हो तर अपभ्रंशमा षष्ठी, छठीबाट छठ हुन गएको बुझिन्छ । धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी व्रत, सूर्य षष्ठी पर्व, रवि षष्ठी व्रत र छठी पर्व उल्लेख छ ।

छठ र सूर्य पूजामा भिन्नता ः
काँचहि बाँसके टोकरिया हो दीनानाथ
टोकरी लचकत जाय
बाटमे पुछए जे बटोहिया
टोकरी केकर जाय रु
आन्हर होयबे रे बटोहिया
अरघक टोकरी छठि मायके जाय ।

छठका अवसरमा मैथिल कन्याद्वारा प्रसाद सामग्री बोकी कुनै नदी वा तलाउसम्म जाने बेला गाइने यो प्रचलित लोकगीतमा दीनानाथ र छठीमायलाई सम्बोधन गरिएको छ । यसको अभिप्राय हो– दीनानाथ अर्थात् सूर्यदेव, छठीमाय अर्थात् षष्ठीका देवी दुवैको छठ पर्वमा पूजा हुन्छ । यस पर्वको वैदिक नाम सूर्य–षष्ठी रहेको छ । यसमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्ठीका देवीको पूजा पनि हुन्छ । षष्ठीका देवीको पूजा गौण रूपमा हुन्छ । जस्तो राधाकृष्ण, सीताराम, गौरीशंकर एक अर्काका पूरक हुन्छ, त्यस्तै सूर्यषष्ठी पूजा पनि हुन्छ ।

सूर्यको पूजा गर्दा षष्ठीका देवी अर्थात् छठमाताको र छठमाताको पूजा गर्दा सूर्यदेवको पूजा हुने गरेको मान्यता पाइन्छ । षष्ठीका देवीलाई अह्लादिका शक्तिका रूपमा गौण पूजा हुने गरेको विश्वास रहेको छ । अस्ताउँदो सूर्यलाई दिइने अर्घ छठमाताको हुन्छ भने उदाउँदो सूर्यलाई दिइने अर्घ सूर्यदेवको हुन्छ भन्ने तर्क समेत पाइन्छ । षष्ठीका देवीलाई कार्तिकेयको पत्नी मानिन्छ र षष्ठीका देवीलाई प्रकृतिको छैटौँ अंश र देवसेना पनि भनिएको छ ।

पौराणिक ग्रन्थहरूमा छ अंश षष्ठी र एक अंश सूर्यलाई मानिएकाले षष्ठीलाई छठमाता र सप्तमीलाई सूर्य मानिन्छ । षष्ठी र सूर्य गरी सात अंश अंकको अधिक महत्व रहेको छ ।

साताको सात दिन, सूर्यदेवको रथमा सात घोडा, सात समुद्र, सात अजुवा, संगीतको सात सुर आदि कुरा सूर्यसँग सम्बन्धित रहेको पुष्टि हुन्छ । यस पर्वमा व्रतालुको आस्था र कठोरतालाई लोकगीतमार्फत यसरी व्यक्त गर्ने गरिएको छ –

केरा जे फरल घउरमे ओहि पर सुगा मंडराय
मारबौ रे सुगबा धनुषसँ सुगा गिरे मुरूझाय
सुगनी जे कानति वियोगसँ दीनानाथ होयब सहाय
अर्थात् छठपूजाका लागि राखिएको केरालाई जुठो नपार, नत्र सुगा धनुष वाणले हान्छु र तिमी मर्छौं भने तिम्रो सुगनी (दुलही) रून्छे, हे दीनानाथ सोको पाप मलाई नलागोस् भनी सूर्यदेवलाई कामना गरिएको गीतको भावले पनि यस पर्वमा चढाइने कुनै पनि कुरा स्वच्छ र पवित्र हुनुपर्दछ भन्नेतर्फ इङ्गित गर्दछ ।

यसरी सुरुभयो छठ पर्व
सूर्य पुराणमा वर्णित कथाअनुसार कार्तिक शुक्ल षष्ठीका दिन हुने छठ पर्व सर्वप्रथम अत्रि मुनिकी पत्नी सती अनुसुयाले सुख, समृद्धि र आफ्नो दाम्पत्य प्रेमको निष्ठाका लागि गरेकी थिइन् । सोही समयदेखि यस पर्वको थालनी भएको मानिन्छ ।

त्यस्तै द्वापर युगको महाभारतकालमा पाण्डव अज्ञात बासमा हुँदा द्रौपदीले आफूहरूको अज्ञात बास सफल होस् भनी कामनाका साथ सूर्यदेवलाई आराधना गरेको महाभारतमा उल्लेख छ ।

ऋग्वेदमा ‘अदित्यो वै तेज ओजो बलं यशश्चक्षः श्रोय आत्मामनः’ उल्लेख छ , जसको अभिप्राय आदित्यमण्डलको अन्तःस्थित सूर्यदेव अधिक प्रेरक, अन्तर्यामी परमात्मा स्वरूप छ तथा सूर्य नै बल, यश, चक्षु, स्रोत, आत्मा र मन हो ।

श्रापबाट पीडित प्रसिद्ध कवि मयूर भट्टले सूर्यको उपासनाबाट सुन्दर कञ्चन शरीर पुुनः प्राप्त गर्नुभएकाले नै त्यहीँदेखि सूर्यको आराधना शुरु भएको मत पनि पाइन्छ ।

यस्तो छ छठ पर्व मनाउने विधि
यस पर्वको विधि चतुर्थीदेखि नै सुरु हुन्छ । चतुर्थीका दिन व्रतालुले शुद्ध साकाहारी भोजन गर्ने गर्छन्, जसलाई अरबा अरबाइन र नहाय– खाय अर्थात् नुहाएर खानु भनिन्छ ।

पञ्चमीका दिन गोबरले घर–आँगन लिपपोत गरी पवित्र भई दिनभरि उपवास बसेर साँझपख शुद्ध दूधमा खीर पकाई, केरा, मिष्ठान्न, फलफूल इत्यादि प्रसाद चन्द्रमालाई अर्पण गरी व्रतालुले आफू पनि ग्रहण गर्ने गर्दछन्, यसलाई खरना भनिन्छ ।

षष्ठीका दिन गहुँको पीठो र चामलको पीठोबाट क्रमशः ठकुवा र भुसवा पकाइन्छ र बेलुकी सूर्यास्त हुनुभन्दा अगावै पवित्र जलाशय भएको स्थानमा गई पूजा गरिन्छ । प्रसादका रूपमा ठकुवा, कसार, केरा, उखु मूल परिकार हुन्छ भने अन्य सामग्रीमा विभिन्न फलफूल, मेवा मिष्ठान्न, गेडागुडी, कन्दमूल, नरिवल, सुन्तला, किसमिस लगायतका विभिन्न वनस्पति पनि राखिन्छ ।

सबै सामग्री तयार भएपछि बाँसबाट बनेको कोनिया, कनसुपती, नाङ्लो, माटोको कुरबार सजाएर ठूलो ढकीमा राखेर नदी, पोखरी वा खोलाको किनारमा गई सबैथोक सजाएर राखिन्छ । व्रत बस्नेहरू कम्मरसम्मको पानीमा बसेर अस्ताउन थालेको सूर्यलाई अर्घ दिन्छन् ।

सप्तमीका दिन बिहान उषाकालमा व्रतालुले पुनः अघिल्लो दिनको क्रम दोहो¥याउँछन् । सूर्यलाई अर्घ दिँदा परिवारका सदस्यले गाईको दूध चढाउँछन् । ‘ओम सूर्यायै नमः, ओम भास्करयै नमः’को मन्त्रोचारण गरी व्रतालुले सूर्यदेवको आराधना गर्ने गरेको पाइन्छ ।

जनव्रतको रूप छठ पर्व
छठ पर्वलाई जनव्रतको रूप लिइसकेको छ । जुनसुकै जाति र धर्मका आस्थावानले छठ पर्व मनाउन सकिने भएकाले आर्थिक अभाव रहेकाले भिक्षा मागेर पनि छठ पर्व मनाउने गरेको पाइन्छ । छठ पर्वको मूल सन्देश समन्वय, समावेशी र सादगिपन हो । यसमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गर्नु महत्वपूर्ण पक्ष हो ।

यसका साथै अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो ।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा यस पर्वमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् ।

सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएकाले उनीप्रति कृतज्ञताको अभिवृद्धि पनि यस पर्वले दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु छठ पर्वको थप मौलिकता हो, जो श्रमको सम्मानको परिचायक रहेको छ । यसमा श्रमको वैज्ञानिक रूप देखिन्छ । श्रमशक्तिले काम गर्न पाउन भन्ने कुरालाई समेत सूक्ष्म दृष्टिले विचार गरिएको पाइन्छ ।

सबै किसिमको श्रमको सम्मान र उपयोग
छठ पर्वमा बाँसको काम गर्ने, माटोको काम गर्ने र कृषि उत्पादन गर्ने जस्ता श्रमलाई उपयोग गरिएको पाइन्छ । यो पर्व पारिवारिक जमघटको अवसर पनि हो । परिवारबाट टाढाटाढा बसेका व्यक्ति पनि छठ पर्व मनाउन आफ्नो घर फर्कने गर्दछन् जसले पारिवारिक मेल र आत्मीयताको अभिवृद्धिको अवसरसमेत प्रदान गर्दछ ।

विभाजन, द्वेष, एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने वर्तमान अवस्थामा छठ पर्वले सबैलाई एउटै स्थलमा उभ्याउने र मानवलाई मानव भएर जिउनमा सहयोगीसमेत सिद्ध भएको छ ।

Previous Post

हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी

Next Post

टाउको दुखाइ कम गर्ने पाँच प्रभावकारी तरिका

metakhabar

metakhabar

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
टाउको दुखाइ कम गर्ने पाँच प्रभावकारी तरिका

टाउको दुखाइ कम गर्ने पाँच प्रभावकारी तरिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In