• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्यान अध्यक्षको स्वीकारोक्ति, ‘टी-२० लिगको सम्झौतामा त्रुटि भयो’

by
१३ माघ २०७९,
0
क्यान अध्यक्षको स्वीकारोक्ति, ‘टी-२० लिगको सम्झौतामा त्रुटि भयो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साधारण सभाबाट पारित भई आयोजना भएको नेपाली टी–२० लिगको सम्झौता त्रुटिपूर्ण रहेको नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। बिहीबार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण रहेको बताएका हुन्।

चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरे। तर, क्यानले कुनै गलत नियत राखेर सम्झौता नगरेको स्पष्टोक्तिसमेत उनले दिए। अध्यक्ष चन्दले क्यानले पहिलो प्रयास गर्ने क्रममा केही कमीकमजोरी भएको र साझेदार पार्टनरसँग सम्झौताअनुरूप काम नहुनु दुखद् भएको बताए।

सम्झौताअनुसार काम अघि बढाउन सेभेन थ्री स्पोर्ट्सलाई दबाब दिन नसक्नु क्यानको कमजोरी भएको पनि स्वीकार गरे।सेभेन थ्री स्पोर्ट्सलाई दबाब दिन नसकेकै कारण श्रम स्वीकृति ढिला भएको र लिगको दौरानमा विभिन्न कारण विवाद हुनु क्रिकेट संघको पनि कामजोरी रहेको बताए।

अध्यक्ष चन्दले नेपाल टी–२० लिगमा सहभागी पाँच फ्रेन्चाइज टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले एकरदुई महिनाभित्र नै पाउने जानकारी दिए। उनले खेलाडीको सबै रकम चुक्ता गरिसकेको र केही खेलाडीको भुक्तानी छिटै पूरा हुने पनि बताए।

यस्तै पुरस्कारको रकम सेभेन थ्री स्पोर्ट्सले दिने सम्झौता भएको र नदिएको अवस्थामा अन्तर्राष्ट्रियस्तरबाट लिन पहल गर्नेसमेत बताए। प्रतियोगिताको दौरानमा अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारीको संलग्न भए कारबाही भोग्न तयार रहेको बताए।

उनले टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएकोमा पुष्टि भए क्यानले नै कारबाही गर्ने बताए। नेपाली क्रिकेटर आदिल आलम र पूर्वक्रिकेटर महबुब आलम स्पट फिक्सिङको आरोपमा पक्राउ परिसकेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूसहित १० जनाविरुद्ध मुद्दा अगाडि बढाएको छ।

यसैगरी चन्दले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने टोलीमा फर्किने विषयमा नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यहीअनुसार अघि बढ्ने बताए। अध्यक्ष चन्दले आईसीसीसँग सन्दीपको बारेमा छलफल भएको र नेपालको विद्यमान कानूनअनुसार अगाडि बढ्न सुुझाव दिएको बताए।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो। बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो। सन्दीप गत असोज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

सन्दीप उच्च अदालत पाटनको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर पुस २९ मा रिहा भएका थिए। थुनामुक्त भए पनि सन्दीप क्रिकेटमा फर्कने नफर्कने टुंगो लागेको छैन। उनीविरुद्धको मुद्दा अझै विचाराधीन छ। यद्यपि सन्दीपले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा अभ्यास गर्न थालेका छन्।

Previous Post

राजा फालेर आएकाले आफूलाई राजा नै सम्झिएः कार्की

Next Post

देउवालाई राष्ट्रपति हुने इच्छा छैन : महत

सम्बन्धित खबर

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
आवाज

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

२३ असार २०८३,
Load More
Next Post
निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकारः प्रवक्ता महत

देउवालाई राष्ट्रपति हुने इच्छा छैन : महत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In