• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा करिब ९० करोड गरिब मानिस

metakhabar by metakhabar
३१ अशोज २०८२,
0
जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा करिब ९० करोड गरिब मानिस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसङ्घ। विश्वका करिब ८० प्रतिशत गरिब अर्थात् झण्डै ९० करोड मानिस अहिले जलवायु परिवर्तनका आघातहरूको प्रत्यक्ष जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का कार्यवाहक प्रशासक हाओल्याङ जुका अनुसार खडेरी, बाढी, तातो लहर र वायु प्रदूषण जस्ता बढ्दो र गहिरिँदै गएका जलवायु प्रभावहरूबाट कोही पनि सुरक्षित छैन, तर ती प्रभावहरूको सबैभन्दा कडा चोट गरिब वर्गले बेहोर्नुपरेको छ ।

उनले आगामी नोभेम्बरमा ब्राजिलमा आयोजना हुने संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन ९कोप–३०० लाई विश्व नेताहरूले ‘जलवायु कार्यलाई गरिबी विरुद्धको कार्यका रूपमा हेर्ने अवसर’ बनाउन आग्रह गरे ।

युएनडिपी र अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभले संयुक्त रूपमा प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार विश्वका १०९ देशमा रहेका एक अर्ब १० करोड मानिस अर्थात् करिब १८ प्रतिशत जनसङ्ख्या, ‘तीव्र बहुआयामिक गरिबी’ मा बाँचिरहेका छन् । यो गरिबी शिशु मृत्युदर, आवास, सरसफाइ, बिजुली र शिक्षामा पहुँचजस्ता मापदण्डहरूका आधारमा नापिएको हो । तीमध्ये आधा बालबालिका रहेका छन् ।

प्रतिवेदनमा बोलिभियाको सान्ता क्रुज डे ला सिएरा बाहिर बसोबास गर्ने गुआरानी आदिवासी समुदायका रिकार्डोको उदाहरण दिइएको छ । उनले आफ्नो परिवारका १८ सदस्यसँग सानो घर साझा गर्नुपरेको छ । घरमा एउटा मात्र शौचालय, काठ र कोइलाबाट चल्ने भान्सा छ र कुनै पनि बालबालिका विद्यालय जाने अवस्था छैन । प्रतिवेदनले यो अवस्थालाई ‘बहुआयामिक गरिबीको यथार्थ प्रतिबिम्ब’ भएको बताएको छ ।

विश्वका सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उप–सहारा अफ्रिका र दक्षिण एसिया रहेका छन् । यी दुवै क्षेत्र जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा छन् । प्रतिवेदनले गरिबी र चार प्रमुख वातावरणीय जोखिमहरू — चरम गर्मी, खडेरी, बाढी र वायु प्रदूषण — बीचको सम्बन्धलाई स्पष्ट पारेको छ ।

गरिब परिवारहरू विशेष गरी असुरक्षित क्षेत्रहरूमा निर्भर भएकाले जलवायु आघातप्रति बढी संवेदनशील हुने प्रतिवेदनमा उल्लेख छ । कृषि र अनौपचारिक श्रममा निर्भर जनजीवनमा जब बारम्बार जलवायु विपद् आउँछ त्यसले विद्यमान अभावहरू झनै गहिरो बनाउँछ ।

विश्वव्यापी रूपमा ८८ करोड ७० लाख मानिस अर्थात् ७९ प्रतिशत गरिब जनसङ्ख्या कम्तीमा एउटा जलवायु जोखिमको प्रत्यक्ष असरमा परेका छन् । तीमध्ये ६० करोड ८० लाख मानिस चरम गर्मी, ५७ करोड ७० लाख वायु प्रदूषण, ४६ करोड ५० लाख बाढी र २० करोड ७० लाख खडेरीबाट पीडित छन् । करिब ६५ करोड १० लाख मानिस कम्तीमा दुई जोखिममा, ३० करोड ९० लाख तीन वा चार जोखिममा र एक करोड १० लाख मानिसले एउटै वर्षमा सबै चार जोखिम भोगेका छन् ।

दक्षिण एसियाले गरिबी घटाउने प्रगतिका बाबजुद पनि यसको ९९।१ प्रतिशत गरिब जनसङ्ख्या कम्तीमा एउटा जलवायु जोखिममा परेको छ । प्रतिवेदनले भनेको छ, “यस क्षेत्रले फेरि नयाँ मार्ग तय गर्न आवश्यक छ, जसले गरिबी न्यूनीकरण र जलवायु कार्यबीच सन्तुलन कायम गरोस् ।”

विज्ञहरूका अनुसार पृथ्वीको सतह तीव्र गतिमा तात्दै गएकोले स्थिति अझ जटिल हुनसक्छ र हालका सबैभन्दा गरिब देशहरू नै यसको सबैभन्दा ठूलो मारमा पर्न सक्छन् ।

प्रतिवेदनले निष्कर्षमा भनेको छ, “ओभरल्यापिङ जोखिमहरूको सामना गर्न मानव जीवन र पृथ्वी दुवैलाई प्राथमिकता दिन अपरिहार्य छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पहिचानबाट तत्काल कार्यतर्फ अघि बढ्नु हो ।”

Previous Post

जेनजी विद्रोहमा ७६ जनाको ज्यान, सेनाको रिपोर्टमा २२ प्रदर्शनकारीको मृत्यु पुष्टि

Next Post

स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी

स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In