• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अभाव र गरिबी बिर्साउँदै दीपावली र छठ

metakhabar by metakhabar
३१ अशोज २०८२,
0
अभाव र गरिबी बिर्साउँदै दीपावली र छठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले दीपावली र छठपर्वको तयारी छ । रमझम र उज्यालोको पर्व दीपावली एवं त्यसलगत्तै आउने निष्ठाको महापर्व छठको तयारीले अहिले जताततै खुसी देखिन्छ । सधैँ गरिबी र अभावले गाँजेका गरिब बस्तीमा पनि यी पर्वले दुःख भुलाएझैँ लाग्छ । निरन्तर कडा परिश्रम गरे पनि सधैँ गुजाराको चिन्ता हुने बनिहारा (श्रमजीवी) पनि अहिले हाँसीखुसी पर्वको तयारीमा जुटेका छन् । यमपञ्चक पनि भनिने यसपालिको दीपावली पर्व यही आउने आइतबार सुरु हुँदैछ ।

बाँसको चोया र झिक्राले भित्ता बेरेका कच्ची घर पनि अहिले लिपपोत र रङ्गरोगनले चिटिक्क बनाइँदैछन् । दीपावली पर्व नजिकिँदै गर्दा पराले झुप्रा बस्तीका बालबालिका पनि पर्वविशेषको रमाइलोमा मस्त देखिन्छन् । दीपावली र छठका लागि बस्तीबस्तीमा गरिएको सरसफाइ र घरघरै थालिएको तयारीले दुःख र अभाव आमसर्वसाधारणले अहिले बिर्सेझैँ लाग्छ । सबै पर्वको तयारीमा छन् । लाग्छ, यहाँ कुनै अभाव छैन । जताततै उल्लास छ ।

“वर्ष दिनमा आउने पवनी (पर्व) हो, कमसेकम यो पवनीभरि त हाँसीखुसी बिताउँ”, भङ्गाहा–४ पलारको दलित बस्तीका अगुवा ७५ वर्षीय चौठी बाँतरले भने, “हामी दीपावली र छठपर्व हाँसीखुसी मनाउने गर्छौँ ।” यी पर्वका सर्दाम जुटाउन, ससाना नानीहरूको ‘फर्माइस’ पूरा गर्न आपूmहरूले लामो समयदेखि रकम साँचेर राख्ने गरेको उनको भनाइ छ ।

धनधान्यकी देवी लक्ष्मीको आराधना गरिने मुख्य विधिको दीपावली र इच्छित कामना पूरा गर्ने सूर्यदेव र षष्ठी (छठी) मातालाई निष्ठापूर्वक पूजिने छठ मिथिला क्षेत्रको मुख्य पर्व हुन् । कार्तिक कृष्णपक्षको अन्त्यमा मनाइने उज्यालोको पर्व दीपावली र शुक्लपक्षको पहिलो साताभित्रै सम्पन्न गरिने छठपर्वको तयारीले अहिले सबैतिर उल्लास छाएको छ । दीपावली यसपालि आउने आइतबार ‘धनतेरस’ विधिबाट सुरु हँुदैछ ।

कृष्णपक्षमा राति अन्धकार छाउँछ । तर कार्तिक कृष्णपक्षको अन्त्यतिर पर्ने दीपावली जताततै चहकिलो बनाउने उज्यालो पर्व हो । उज्यालोको पर्व दीपावली र निष्ठा, श्रद्धा र समर्पण भावले मनाइने छठ मिथिलामा हिन्दू परम्पराभित्रका प्रायः सबै जाति समुदायले मनाउँछन् । “यी पर्व मिथिलाका पारम्परिक, सांस्कृतिक र धार्मिक महत्वका लोकआस्थाका महापर्व हुन्”, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायणलाल कर्णले भने, “यी पर्वमा आम मैथिल आफ्नो सामथ्र्यभित्र रमाएर खर्च गर्छन् ।” मन खोलेर मनाइने यी पर्व खुसी र सन्तोषका प्रतीक मानिएका कर्णको भनाइ छ ।

मिथिलामा कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि दीपावली पर्व सुरु हुन्छ । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिने यस पर्वको पहिलो दिन ‘धनतेरस’ मनाउने मैथिल परम्परा छ । यस दिन धातुका नयाँ सामान जोडेर सन्ध्याकालमा लक्ष्मीको आराधना गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । कार्तिक औँसीको रातमा लक्ष्मी आराधना गरिन्छ । यसैगरी कार्तिक शुक्ल प्रतिपदाका दिन ‘गोवद्र्धन’ पूजन र द्वितीयाका दिन ‘भैयादुज’ मनाउने मैथिल परम्परा छ । भैयादुजका दिन दिदीबहिनीले दाजुभाइलाई निमन्त्रणा गरेर सप्तरङ्गी टीका लगाई मिष्टान्न भोजन गराउँछन् ।

यमपञ्चकका पाँच दिनमध्ये धनतेरस, लक्ष्मीपूजा, गोधन र भैयादुज (भातृद्वितीया) मैथिल परम्परामा विशेष मानिन्छन् । पर्वको तेस्रो दिन कार्तिक औँसीको साँझ घरको चौदिशा दीपमालिका गर्दै लक्ष्मी स्थापना गरेर पूजाआराधना गरिन्छ । मिष्टान्न परिकार खाने–ख्वाइने यो पर्वको चौथो दिन गाई÷गोरुलाई रङ्ग्याउने, सिङ र खुरमा तोरीको तेल लगाइदिने, नयाँ रङ्गिन दाम्ला फेर्ने र रुचिकर खानेकुरा दिने मैथिल चलन छ । यसै दिन गोवद्र्धन मनाइन्छ । गोधनमा अघि द्वापरयुगमा श्रीकृष्णले गोवद्र्धन पर्वतको पूजा प्रारम्भ गराउनुभएको परम्परालाई निरन्तरता दिइएको पाका मैथिल बताउँछन् ।

पौराणिक कथानक पाताललोकका राजा बलिको सन्दर्भ जोडिने यो पर्वमा कार्तिक शुक्ल द्वितीयाका दिन ‘भैयादुज’ ९मिथिलामा भातृद्वितीया पनि भनिन्छ० पर्व मनाउने मैथिल परम्परा छ । राजा बलिलाई बहिनीहरू गङ्गा र यमुनाले देवतासँगको युद्धमा विजयको मङ्गल कामनाका साथ सप्तरङ्गी टीका र माला लगाइदिएका सम्झनामा यो पर्व परम्परा चलेको मैथिल जनविश्वास छ । पर्वको पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर पूजा गरिने पर्वते मूलको हिन्दू परम्परा भने मिथिलामा देखिँदैन । यद्यपि मैथिल ‘यमपञ्चक’ पर्व विधानमा पनि कागपूजा र स्वानः पूजा (कुकुर पूजा)को वर्णन भने रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । दीपावली पर्वको सिद्धान्तमा यी विधि उल्लेख रहे पनि पछि कागपूजा र कुकुरपूजाको परम्परा व्यवहारबाट छुट्दै गएको हुनसक्ने झाको भनाइ छ ।

दीपावली पर्वसँगै अहिले घरको रङ्गरोगन गर्ने सामग्री, पूजाअर्चनाका लागि प्रयोग गरिने बाँसको चोयाले बुनिने र माटाका भाँडाको जताततै छुट्टै बजार जमेको देखिँदैछ । खासमा दीपमालिकाका लागि माटाका दियौरी प्रयोग गरिने मैथिल परम्पराले यस्तो सामग्री बनाउने कुम्हाल जाति समुदायको व्यस्तता पनि बढेको छ ।

यसैगरी छठ पर्वमा पूजा सामग्री राखनधरणमा प्रयोग गरिने बाँसका चोया र कप्टेराबाट बनेका छिटी, डलिया, नाङ्लो, चाल्नो र कनसुपा र पङ्खा पनि अनिवार्य सामग्री हुन् । पर्वले गर्दा अहिले बाँसको चोया र कप्टेरा काढेर यस्ता सामग्री बनाउन बिन र डोम समुदाय दिनरात नभनी जुटेका छन् । पर्वमा हुने आपसी घुलमिल र सँगै रमाउने मैथिल संस्कृतिले अहिले दुःख, अभाव र गरिबी छोपेको पाका मैथिल बताउँछन् ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज सामाओविरुद्ध खेल्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज सामाओविरुद्ध खेल्दै

सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज सामाओविरुद्ध खेल्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In