काठमाडौं, १९ असोज: काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा 14 Peaks Expedition ले २०७ थान टेन्ट काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीले नेपाल बाढी, पहिरो, डुबान तथा भूकम्प जस्ता प्राकृतिक विपत्तिको जोखिममा पर्ने राष्ट्र भएकाले यस प्रकारका टेन्टले विपद् प्रभावित नागरिकहरूलाई अस्थायी बसोबासमा ठूलो सहयोग पुग्ने बताए। उनले 14 Peaks Expedition ले गरेको सहयोगप्रति काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धन्यवाद व्यक्त गरे।

सो अवसरमा 14 Peaks Expedition का सञ्चालक टासी लाक्पा शेर्पाले देश र नागरिकको सेवामा निरन्तर अग्रपङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग गर्न पाउँदा आफू खुशी भएको बताए।
![]()
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओम बहादुर राना, अन्य वरिष्ठ प्रहरी अधिकारीहरू, 14 Peaks Expedition का प्रतिनिधि तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थित रहेको थियो।













