• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चर्खेपिङ संरक्षण गर्दै गाउँले

metakhabar by metakhabar
१३ अशोज २०८२,
0
चर्खेपिङ संरक्षण गर्दै गाउँले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ), १३ असोज : चर्खेपिङ लोप हुँदै गएपछि यहाँको बागलुङ नगरपालिका–९ सिगानाका स्थानीयले संरक्षण सुरु गरेका छन् । स्थानीय राज जिसीले गतवर्षदेखि आफ्नै लगानीमा चर्खेपिङ निर्माण गर्नुभएको छ ।

बढ्दो बसाइसराइँका कारण गाउँमा जनशक्ति अभाव हुँदा राख्न छाडिएको पिङ यहाँ १३ वर्षपछि हाल्न थालिएको हो । पहिले पहिले यहाँ एउटै गाउँमा तीनदेखि चार वटा चर्खेपिङ हाल्ने गरिन्थ्यो । जिसिले एउटा चर्खेपिङ निर्माण गर्न व्यक्तिगत ४० हजार रुपैयाँ लगानी गर्नुभएको बताउनुभयो ।

“पोहोरकै सामाग्रीहरु जडान गरेर यसपाली पनि पिङ हालिएको छ”, उहाँले भन्नुभयो “पछिल्लो समय देखिनै छाडेको चर्खेपिङ संरक्षण गर्र्नु सबैको दायित्व हो ।”

विगत चार वर्षदेखि बागलुङ नगरपालिका–५ साँझखोलाको सुनाखरी सामुदायिक वन र स्थानीय युवाहरुको स्थानीयहरुले पनि चर्खेपिङ हाल्न थालेको स्थानीय जुना न्यूरेले बताउनुभयो । एघार वर्ष अघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको र तीन वर्ष यता साँझखोलामा संरक्षणका लागि चर्खेपिङ हालिएको न्यूरेले बताउनुभयो ।

दसैँमा भूँइ छाड्नुपर्छ भन्ने परम्परागत मान्यता छ । दसैँतिहारमा चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चलन छ । “यहाँ लिङ्गे पिङ नै थियो, गत वर्ष सामुदायिक वनको सक्रियतामा परम्परा संरक्षण गर्न चर्खेपिङ हाल्ने निर्णय गरेर लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो”, न्यूरेले भन्नुभयो, “१० वर्ष पहिला मालिकाको पन्चासेमा दुई वर्ष मात्रै चर्खे पिङ हालिएको थियो, त्यस यता चर्खे पिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खेपिङ हाल्न थालिएको हो ।”

न्यूरेका अनुसार चर्खेपिङ महङ्गो हुने भएकाले सुनाखरी सामुदायिक वन उपभोक्ता समिति मार्फत काठ लिएर २० हजार रुपैयाँ खर्चेर पिङ तयार गरिएको हो । बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दशैं तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो ।

दुई दशकअघि गाउँ–गाउँमा अनिवार्यजसो चर्खेपिङ बनाइने गरे पनि अहिले चर्खे पिङ देखिनै छाडेको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठले बताउनुभयो । “कतिपयले संस्कृतिको संरक्षणका लागि गाउँमा चर्खेपिङ बनाउनुभएको छ, तर अहिले गाउँनै पिच्छे चर्खेपिङ देख्न पाइँदैन”, उहाँले भन्नुभयो, “अब स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे अबको पाँच वर्षपछि चर्खेपिङ हैन लिङ्गे पिङ समेत हराउँछ ।”

Previous Post

आजदेखि निकुञ्जभित्र जिप सफारी

Next Post

आजको मौसम : मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
अन्तर्राष्ट्रिय

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

२२ बैशाख २०८३,
तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
कृषि

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

२२ बैशाख २०८३,
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार
फिचर-ब्यानर

रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

२२ बैशाख २०८३,
Load More
Next Post

आजको मौसम : मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In