• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’

metakhabar by metakhabar
१३ अशोज २०८२,
0
संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, १३ असोजः भोजपुरको टेम्केमैयुङ गाउँपालिका परम्परागत संस्कृतिसँगै हस्तकलाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले पुराना सीप, कला र परम्परागत जीवनशैलीलाई जगेर्ना गरेर नयाँ पुस्तामा पुर्‍याउने उद्देश्यले विभिन्न हस्तकलासम्बन्धी तालिम सञ्चालन गरेको हो ।

गाउँपालिकाले १५ दिने ढाका र खाडी कपडा बुनाइ तालिमका साथै सात-सात दिने लुकुनी, हलो जुवा, विनायो बाँसुरी, डोको-डालो, मान्द्रो, चित्रा, भकारी, घुम, पेरुङ्गो, गुन्द्री, पिरा, सुकुललगायत दैनिक जीवन र सांस्कृतिक महत्त्वका सामग्री बनाउने तालिम सञ्चालन गरेको छ । यस्तै किराँत संस्कृतिमा प्रयोग हुने धनुकाड र जाली रुमाल बन्ने तालिम पनि प्रदान गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार परम्परागत हस्तकलाको संरक्षणसहित त्यसलाई बजारसम्म पुर्‍याउने र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । “हामीले जगेर्नासँगै आधुनिक प्रविधिसँग जोडेर यी सीपलाई जीवन्त बनाउन चाहेका हौँ”, उहाँले भन्नुभयो, “यसबाट युवाले आत्मनिर्भरता हासिल गर्न सक्छन् र संस्कृतिको पहिचान पनि जोगिन्छ । कला, संस्कृतिलाई संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्‍याउनमा हामीले जोड दिएका छौँ ।”

गाउँपालिकाले सुरु गरेको यो कार्यक्रम केवल तालिममा मात्र सीमित नभएर दीर्घकालीन रूपमा स्थानीय सीप, संस्कृति र आत्मनिर्भर बनाउँदै अर्थतन्त्रसँग जोड्ने उद्देश्य रहेको अध्यक्ष बस्नेतको भनाइ छ । नयाँ पुस्तामा हस्तकला, परम्पराप्रति चासो र आकर्षण बढाउने, कला, संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्छनमा पनि यसले टेवा पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाले जनताको जीवनस्तर सुधार्दै सीप, कला संरक्षण र प्रवर्द्धनका लागि प्रयास थालिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँघरमा कतिपय परम्परागत रूपमा गरिने सीप हराउँदै गएकोले प्रशिक्षण कार्यक्रममार्फत पुनर्जीवित गर्ने प्रयास गरिएको उहाँले उल्लेख गर्नुभयो ।

पितापूर्खाले बनाउँदै आएका हस्तकलाको सामग्री संरक्षणमा यस्ता कार्यक्रमले टेवा पुग्ने उपाध्यक्ष राईले जानकारी दिनुभयो । “आजका बालबालिका र युवाले परम्परागत हस्तकलाबारे कमै मात्र जानकारी पाएका छन्”, उहाँले भन्नुभयो, “उनीहरूलाई व्यवाहारिक सीप सिकाएर संस्कृतिको जगमा उभ्याउन खोजेका छौँ । यसले परम्परागत सीप र संस्कृतिको सरक्षणमा टेवा पुग्ने अपेक्षा लिएका छौँ ।”

अभियानलाई अझ मजबुत बनाउन गाउँपालिकाले चोमोलुङमा युनेस्को सेन्टर, काठमाडौँसँगको समन्वयमा सीप प्रदान गरेको छ । यहाँका ६५ जना महिला र पुरुष सहभागीलाई विभिन्न खालका परम्परागत हस्तकलाको सीप प्रदान गरिएको हो । सहभागीले सिकेका सीपलाई गाउँमै प्रयोग गरेर उत्पादन बढाउने र बजारमा लैजाने बताइएको छ ।

परम्परागत हस्तकलाले यहाँका बासिन्दाको जीवनशैली र पहिचान र संस्कृतिसँग पनि गहिरोसम्बन्ध राख्ने देखिएको छ । उचित प्रविधि, डिजाइन र बजार व्यवस्थापन भएमा यी उत्पादनले गाउँमा स्वरोजगार सिर्जना गर्नमा सहयोग पुर्‍याउने स्थानीय जानकारहरूले बताउने गरेका छन् ।

Previous Post

दसैँ सुरु भएपछि गाउँमा चहलपहल बढ्यो

Next Post

दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
स्याङ्जाको चराङमा फल्यो स्याउ

दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In