काठमाडौंः नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामानखरिद गर्दा छुटका योजनाल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागिसिजी डिजिटल र एलजीको सामानखरिदमा छुट दिने अफर ल्याएको हो।
अब नबिलबैंककाग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामाग्रीखरिदमा २० प्रतिशतअग्रिम छुट पाउने भएका छन् ।
डिजिटल कारोबारलाई प्रोत्साहनगर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकतादिँदै आएको छ । डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिल बैंककाग्राहकलाई थप सहजहुने बैंककाखुद्रा कारोबार प्रमुखनिरज शर्माले बताए ।
यस्तो सुविधालिनको लागिनबिल बैंकको कार्ड आवश्यक पर्नेछ । यो सुविधा सीमितअवधिको लागिदिएको नबिलले जनाएको छ ।
नबिलबैंकका देशभर २ सय ४० शाखा र २ सय ८० एटिएम सञ्जाल छन् । नबिलबैंक नयाँप्रविधिअपनाउने र नविनतमउत्पादनतथा सेवाहरू लिएको छ । बैंकले देशको पहिलो डिजिटल बैंक बन्ने लक्ष्यलिएको छ र नबिल डिजीटल बैंकिङ कारोबारलाई प्राथमिकतादिएको छ ।













