• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

metakhabar by metakhabar
५ अशोज २०८२,
0
च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा। विर्तामोड–३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउ उत्पादन गरेर उदाहरणीय उद्यमी बन्नुभएको छ । स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीउमा विदेशी निर्भरता घटेको छ ।

खत्री परिवारले १४ वर्षअघि स्थापना गरेको पाथिभरा च्याउ तथा बीउ उद्योगले कोशी प्रदेशमा पहिलोपटक ‘टिस्युकल्चर’ प्रविधिबाट च्याउको बीउ उत्पादन गर्दै आएको छ । उद्योगबाट वार्षिक ४५ हजार किलो च्याउको बीउ उत्पादन गर्दै आएको छ । यसबाट रु एक करोड ५० लाखभन्दा बढी आम्दानी हुने गरेको खत्रीले बताए ।

उद्योगमा सात जनाले पूर्णकालीन रोजगारी प्राप्त गरेका छन् । आफूसहित तीन कामदार आफ्नै घरका सदस्य रहेको उहाँले बताए । उद्योगबाट घर बाहिरका चार कामदारले पूर्णकालीन रोजगारी पाएका छन् ।

“च्याउखेतीमा थोरै लगानी र मिहेनत गर्दा मनग्य आयआर्जन गर्न सकिने भएकाले अहिले यसतर्फ किसानको आकर्षण बढेको छ”, खत्री भन्नुहुन्छ, “रोग नलाग्ने र स्वस्थबद्र्धक च्याउ उत्पादन हुने भएकाले बीउका लागि टिस्युकल्चर प्रविधि प्रयोग गरिरहेका छौँ ।”

टिस्युकल्चर प्रविधिबाट च्याउ उत्पादन गर्न खत्रीले आधुनिक प्रयोगशाला स्थापना गर्नुभएको छ । यो कोशी प्रदेशकै पहिलो हो । उहाँले सञ्चालन गर्दै आएको प्रयोगशालामा गहुँ, मकै र जुनेलोको दानामा टिस्युकल्चर प्रविधिबाट च्याउको बीउ उमारिन्छ ।

भारतको उत्तरप्रदेश र विहारबाट टिस्युकल्चर प्रविधिबारे तालिमप्राप्त गरेपछि आफैँले प्रदेशमा पहिलोपल्ट च्याउको बीउ उत्पादन गरेको खत्रीले बताउनुभयो । यसका लागि गहुँलगायतका दाना स्वदेशकै प्रयोग भए पनि रासायनिक तत्व भने भारतबाटै ल्याउने गरिएको उहाँको भनाइ छ ।

“हाम्रो उद्योगमा दैनिक एक सय ५० किलो गहुँबाट एक हजार ५०० प्याकेट च्याउको बीउ उत्पादन हुँदै आएको छ”, उहाँले भन्नुभयो, “प्रतिप्याकेट बीउ रु ३५ मा बजारमा बिक्री हुन्छ ।” उद्योगले च्याउखेती गरिरहेका र नयाँ व्यवसाय सुरु गर्न चाहनेलाई प्राविधिक परामर्श तथा कच्चा पदार्थसमेत उपलब्ध गराउँदै आएको छ । उद्योगबाट उत्पादित बीउले माग धान्न नसकिरहेको खत्रीले बताए ।

झापामा खत्रीले टिस्युकल्चर प्रविधि भित्राएपछि हाल जिल्लाभर उहाँको जस्तै च्याउको बीउ उत्पादन गर्ने १३ उद्योग स्थापना भइसकेका छन् । पाथिभरा च्याउ तथा बीउ उद्योगद्वारा उत्पादित च्याउको बीउ झापासहित इलाम, मोरङ, ताप्लेजुङ, सङ्खुवासभा, सिराहा, सप्तरी र रुपन्देहीसम्म बिक्री हुने गरेको छ । एकपटक च्याउखेतीमा गरेको लगानीले लामो अवधिसम्म उत्पादन दिइरहने, श्रमिक कम लाग्ने र सामान्य प्राविधिक ज्ञानले हुने भएकाले पछिल्लो समय च्याउखेतीतर्फ किसानको आकर्षण बढेको छ ।

Previous Post

महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो

Next Post

गण्डकीमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
गण्डकीमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै

गण्डकीमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In