काठमाडौं।प्रहरीले बिनाबिलका सामानहरू किनबेच नगर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।
काठमाडौँ प्रहरी परिसरले बुधबार एक सूचना जारी गर्दै बिनाबिल बिजकका सामानहरु किनबेच नगर्न सर्वसाधारणसँग अनुरोध गरेको हो।
भदौ २३ र २४ गते भएको आन्दोलन र लुटपाटका क्रममा हराएका वा लुटिएका सामान किनबेच हुनसक्ने भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको हो।
परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहोराका अनुसार बिलबिजक बिनाका सामानहरु किनबेच भएमा प्रचलित कानून बमोजिम कारबाही गरिने छ।













