सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको अभियोगमा आयोजक मनोज पाण्डे दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदलातका न्ययााधीश दीपक ढकालको इजलासले बाल यौन दुरुपयोग मुद्दामा उनलाई दोषी ठहर गरेको हो।
पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकिएको छ।
यस्तै मानव बेचबिचन कसुरमा पनि दोषी ठहर गरिएको छ तर सजाय तोक्न बाँकी छ। सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकिएको छ।
एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको आडमा पाण्डेले आफूलाई पटकपटक बलात्कार गरेको सामाजिक सञ्जालमा खुलासा गरेकी थिइन्। त्यसपछि पाण्डेलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।













