• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किन रङ्गमञ्चमा फर्किएका छैनन् रङ्गकर्मी ?

metakhabar by metakhabar
२२ भदौ २०८२,
0
किन रङ्गमञ्चमा फर्किएका छैनन् रङ्गकर्मी ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रङ्गमञ्चमार्फत चलचित्रमा उदाएका अधिकांश कलाकार हाल रजतपटमा अग्रपङ्क्तिमा छन् । अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धि तामाङलगायत रङ्ग कर्म हुँदै चलचित्रमा स्थापित भएका कलाकार हुन् ।

उनीहरूलाई रङ्गमञ्चमा नदेखिएको वर्षौं भइसकेको छ । नयाँ पुस्ताले उनीहरूलाई रङ्गकर्मी नभई चलचित्रकर्मीका रूपमा चिन्न थालिसकेका छन् ।

चलचित्रमा स्थापित भएका रङ्गकर्मी रङ्गमञ्चमा फर्किन किन कठिन भइरहेको हो ? यो अहम् प्रश्नले स्वयम् रङ्गकर्मीलाई पिरोलेको छ । रङ्गकर्मलाई पनि निरन्तरता दिन अभिनेता दयाहाङ राईले केही रङ्गकर्मीसँगको सहकार्यमा मण्डला नाटकघर नै स्थापना गरे ।

नाटक घरको स्तरोन्नतिका लागि उनले लगानी गरेका छन् तर उनले आफूलाई रङ्गमञ्चमा प्रस्तुत गरेका छैनन्। समय नमिलेर नाटक नखेलेको उनको स्पष्टोक्ति छ । चलचित्रको छायाङ्कन सकेर हरेक साँझ नाटक गर्न आइपुग्दा एक दिन उनी बिरामी नै परे ।

“मैले सोफाको सहारामा नाटक सके । मञ्चको लाइट निभ्ने बित्तिकै मलाई साथीभाइले मण्डला नाटक घरको माथिल्लो तल्लामा लगेर उपचार गराउनुभयो । त्यसैले अहिले म झैँ धेरै साथीहरू मञ्च अगाडिभन्दा पनि निर्देशन, निर्माणलगायत काममा हुनहुन्छ जस्तो लाग्छ”, अभिनेता राईले भने ।

लेखिएको भूमिकालाई न्याय गर्ने कलाकारको खोजी हुँदा प्रायः लेखक र निर्देशक रङ्गमञ्चमा धाउने गरेका छन् । अहिले सानो भूमिकादेखि शीर्ष भूमिकासम्म उनीहरूको उपस्थिति छ ।

चलचित्रको व्यस्तताले उनीहरूलाई नाटकमा फर्किन सहजता दिएको छैन । कतिपय अवस्थामा कलामाथि व्यापार पनि हाबी भएको रङ्गकर्मीहरुको भनाइ छ ।

आर्थिक पक्षलाई सबल बनाउन भए पनि रङ्गकर्मी चलचित्रमा काम गर्ने क्रम बढेको छ । रङ्गमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद नै हो ।

रङ्गकर्मी कुनै न कुनै भूमिकामा रङ्गमञ्चसँग जोडी रहनुपर्ने धारणा रङ्गकर्मी आशान्त शर्माको छ । उनी चलचित्रमा काम गरेता पनि प्राथमिकतामा रङ्गमञ्च नै राख्नु हुन्छ । नाटक लेख्ने र निर्देशन गर्ने अनुभवी रङ्गकर्मीको अभाव हुँदै गएकाले पनि स्थापित अनुहार कम देखिएको हुन् सक्ने विश्लेषण उनले गरे ।

“स्थापित अनुहारले विश्वास गर्न सक्ने निर्देशक र लेखिएका नाटकमा पनि कमी आएको जस्तो मलाई लागेको छ । म आफैँ पनि सीमित नामभन्दा अन्यसँग काम गर्न तयार हुन् धेरै समय लिन्छु । आफूले काम नगरिसकेका निर्देशकले के कस्ता काम गर्लान् ? भन्ने डर मनमा हुन्छ नै । तर, स्थापित रङ्गकर्मीले नाटक लेखेर, निर्माण गरेर भए पनि रङ्गमञ्चसँग जोडिनु पर्छ”, रङ्गकर्मी शर्माले भने ।

गत वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सर्वकालीन सफल चलचित्र बनिसकेको छ । यसमा शीर्षभूमिकामा देखिनुभएका अभिनेता विजय बराल पनि कुशल रङ्गकर्मीका रूपमा अपरिचित छन् । उनी वर्षमा केही समय नाटकलाई नै छुट्याएर काम गर्ने सोचमा छन्।

“मेरो चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शन भइरहँदा नै मैले ‘हरि हजुरबा’ नाटक गरे । रङ्गमञ्चले हाम्रो अभिनयलाई भड्किन दिँदैन भने हाम्रो सफलतालाई पनि ‘ह्यान्डल’ गर्न सिकाउँछ । यसकारण मैले रङ्गमञ्चलाई समय नै छुट्याएर चलचित्रमा काम गर्ने योजना बनेको छु”, अभिनेता बरालले भने ।

रङ्गमञ्चले नै पहिचान स्थापित गरेका रङ्गकर्मी नाटकमा फर्किन नसक्नु दुःखद नै हो । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । रङ्गमञ्च अहिले पनि अभिनय सिक्ने मञ्च बनेको छ ।

Previous Post

ब्रेकफास्ट नगर्ने बानीले रक्तचाप बढाउने जोखिम: अध्ययन

Next Post

‘वरिष्ठ बलराम’को फर्स्टलुक र टिजर सार्वजनिक, दयाहाङ र विजयको जोडी फेरि पर्दामा

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
‘वरिष्ठ बलराम’को फर्स्टलुक र टिजर सार्वजनिक, दयाहाङ र विजयको जोडी फेरि पर्दामा

‘वरिष्ठ बलराम’को फर्स्टलुक र टिजर सार्वजनिक, दयाहाङ र विजयको जोडी फेरि पर्दामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In