होटलमा एउटा गेष्टलाई वेटरले सुप सर्व ग¥यो । गेष्ट कराएपछि वेटरले सोध्यो— के भयो सर ?
म यो सुप पिउँदिनँ — गेष्ट रिसायो ।
सरी सर वेटरले डराउँदै भन्यो— म तुरुन्तै म्यानेजरलाई बोलाउँछु ।
दगुर्दै म्यानेजर आयो तर फेरि गेष्टले भन्यो— म यो सुप पिउन सक्दिनँ ।
म्यानेजर पनि डरायो— सरी सर म सेफसँग कुरा गर्छु । म्यानेजरले सेफलाई बोलायो, सेफले सुपलाई राम्रोसँग चेक ग¥यो अनि केही बुझ्न नसकेर गेष्टसँग सोध्यो— के खराबी छ र सुपमा सर ?
खराबी केही पनि छैन— गेष्टले भन्यो तर पनि म यसलाई पिउन सक्दिनँ ।
किन सर ?
चम्चा छैन त्यसैले ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













