• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिमाल आरोहण गर्न नयाँ शुल्क लागु, कुन हिमालको कति ?

metakhabar by metakhabar
१७ भदौ २०८२,
0
सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु भएको छ।

पर्यटन विभागका अनुसार आगामी आरोहणयामका लागि आरोहण अनुमति लिने आरोहीले विभिन्न उचाइका हिमाल आरोहण अनुमति लिन सोमबारदेखि नयाँ कायम गरिएको शुल्क बुझाउनुपर्ने छ।

विभागका निर्देशक हिमाल गौतमले भने, ‘पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०५९ अनुसार सोमबारदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा नयाँ सलामी दस्तुर लागु भएको छ। जस अनुसार सगरमाथा र अन्य हिमालमा याम अनुसार फरक फरक आरोहण शुल्क तोकिएको छ।’

सरकारले राजस्व बढाउन, हिमाल आरोहणमा बढेको भिड नियन्त्रण गर्न वा प्रदूषण नियन्त्रणका लागि उक्त व्यवस्था नगरेको बताउँदै आरोहणलाई व्यवस्थित बनाउन एक दशकपछि उचाइ अनुसार आरोहण शुल्क बढेको जानकारी दिए।

सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क एक दशकपछि परिवर्तन भएको उनले बताए। बढाइएको शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्तयाममा सगरमाथाको नियमित मार्ग (दक्षिणपूर्व) बाट आरोहण गर्न १५ हजार डलर बुझाउनुपर्ने छ। त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार ७५० डलर बुझाउनुपर्ने छ। हाल शरद ऋतुमा पाँच हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर लिने गरिएको थियो।

त्यस्तै सगरमाथाको दक्षिणपूर्वी मार्गबाहेक अन्यतिरबाट आरोहण गर्न वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुको पाँच हजार डलर र शिशिर तथा वर्षा ऋतुको दुई हजार पाँच सय डलर बुझाउनुपर्ने छ।

त्यस्तै नेपाली आरोहीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा एक लाख ५० हजार रुपियाँ बुझाउनुपर्ने छ। शरद ऋतुमा ७५ हजार रुपियाँ र बाँकी याममा ३५ हजार रुपियाँ कायम गरिएको छ।

सगरमाथाबाहेकका आठ हजार मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि वसन्तकालीन, शरदकालीन र अन्य याममा क्रमशः तीन हजार, एक हजार पाँच सय र ७५० डलर शुल्क निर्धारण गरिएको छ। हालसम्म यस्तो शुल्क एक हजार आठ सय, नौ सय र ४५० डलर रहेको छ। त्यस्तै सात हजार ५०१ देखि आठ हजार मिटर उचाइसम्मका हिमाल
आरोहणका लागि एक हजार, पाँच सय र २५० अमेरिकी डलर तोकिएको छ। हालसम्म यो दर छ सय, तीन सय र १५० अमेरिकी डलर रहेको छ।

विभागका अनुसार सात हजारदेखि सात हजार पाँच सय मिटरसम्म उचाइ भएका हिमाल आरोहण गर्न आठ सय, चार सय र दुई सय डलर पुर्‍याइएको छ। हाल यो उचाइको हिमाल चढ्न पाँच सय, २५० र १२५ डलर लाग्दै आएको छ।

त्यस्तै छ हजार ५०१ देखि छ हजार ९९९ मिटरसम्मका लागि पाँच सय, २५० र दुई सय अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ। अहिले ती हिमाल आरोहण गर्न चार सय, दुई सय र एक सय अमेरिकी डलर लाग्ने गरेको छ। छ हजार पाँच सय मिटरभन्दा कम उचाइका हिमालका लागि ३५०, १७५ र १८५ डलर शुल्क पुर्‍याइएको छ। हालसम्म यस्तो शुल्क २५०, १२५ र ७० डलर रहँदै आएको थियाे।

Previous Post

ओली सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर रिटलाई पूर्ण सुनुवाईमा पठाउन आदेश

Next Post

पञ्जाबमा एक महिनामा डुबे १३ सय गाउँ

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
पञ्जाबमा एक महिनामा डुबे १३ सय गाउँ

पञ्जाबमा एक महिनामा डुबे १३ सय गाउँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In