• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रिय परिचयपत्रको फारम भर्न भ्याइनभ्याइ

metakhabar by metakhabar
१३ भदौ २०८२,
0
राष्ट्रिय परिचयपत्रको फारम भर्न भ्याइनभ्याइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, १३ भदौ : जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १०ः०० बजेदेखि लाइनमा राखेर ‘टोकन’ मार्फत फारम भराउने गरिएको छ । तर एउटा ठाउँ, एक जनामात्र कर्मचारी हुँदा राति अबेरसम्म पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् ।

वर्षात्को समय भएकाले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका वृद्धावृद्धालाई राष्ट्रिय परिचयपत्र भर्न गाउँबाट जिल्ला प्रशासनसम्म आइपुग्न समस्या भएको छ । प्रशासन आइसकेपछि तत्काल सेवा लिन नपाउँदा कोही प्रशासनको भुइँतला, कोही फलैँचा त कोही जिल्ला समन्वय समितिको पार्किङस्थलमा बसिरहेका भेटिन्छन् ।

आफन्त वा परिवारका अन्य सदस्यको साथ लिएर दैनिक १०० जनाभन्दा बढी जिल्ला प्रशासन आउने गरेका छन् । गाडी रिजर्भ गरेर आएका अधिकांश सेवाग्राहीले यस्तै सास्ती खेप्दै आएका छन् । पछिल्लो समय सामाजिक सुरक्षाभत्ता लिने लाभग्राहीको विवरण नवीकरण गर्न अनिवार्य वायोमेट्रिक्स गर्नुपर्ने नियम सरकारले लागू गरेपछि सबैभन्दा बढी उनीहरूलाई सास्ती भएको छ ।

प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि आफ्नो पालो कुरेर बस्न प्रशासनले प्यासेज (आवतजात गर्ने ठाउँ)मा म्याट (प्लाष्टिकको फर्म) बिच्छ्याइदिएको छ । म्याटमा बसेर पालो कुरिरहेका उनीहरू अधिकांशको एउटै गुनासो सुनिन्छ, “बल्लबल्ल जिल्ला प्रशासन कार्यालय आइपुगियो । फेरि यसरी पालो कुरेर कतिबेरसम्म बस्नु ? राज्यले उपलब्ध गराउने सुविधा लिन पनि यत्रो हैरानी खेप्नुपर्ने ? यस विषयमा सम्बन्धित निकायको ध्यान जाओस् ।”

कहिले स्टेशनमा जडान गरिएको सर्भरले काम नगर्ने त कहिले धेरै भीड भएर पालो कुर्नुपर्ने समस्याले सेवाग्राही हैरानीमा परेका छन् । अहिले सामाजिक सुरक्षाभत्ता लिइरहेका सेवाग्राहीलाई खाता खोल्न बैंकहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि फारम भर्न आउने लाभग्राहीको सङ्ख्या बढेको पाइएको छ ।

राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनमा स्टेशन र जनशक्ति अभाव हुँदा सेवाग्राहीको फारम भर्न समस्या भएको जिल्ला प्रशासन कार्यालयमा सञ्चालित राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनका प्रमुख फनिन्द्र राईले बताउनुभयो । “दैनिक १०० जनाभन्दा बढी सेवाग्राही आउने गरेका छन् । पालैपालो सेवा दिँदै जाँदा वृद्धवृद्धा र अपाङ्गता भएका सेवाग्राहीले दुःख पाइरहेका छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्रको फारम भर्दा वायोमेट्रिक्स गर्न दश औँलाको प्रिन्ट, आँखाको रेटिनाको फोटोलगायत ‘डाटा’ समावेश गर्नुपर्ने हुन्छ । जनशक्ति पनि अभाव छ । एकजना व्यक्तिको विवरण भर्न कम्तीमा पनि १५ मिनेट लाग्छ । सर्भरले पनि राम्रो काम गर्दैन । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको पाँचवटा वडाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राहीको बैंक परिवर्तन गर्नुपर्ने भएकाले थप समस्या सृजना भएको सामाजिक सुरक्षा तथा पञ्जीकरण एकाइका फिल्ड सहायक गम्भीर खत्रीले बताउनुभयो । बैंक परिवर्तन र वडामा घुम्ती टोलीमार्फत फारम भरिएका अधिकांश लाभग्राहीको राष्ट्रिय परिचयपत्र सिस्टममा ‘एप्रुभ’ नभएकाले समस्या सृजना भएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय खोटाङबजारबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने गरिएको छ । इलाका प्रशासन कार्यालयले जन्तेढुङ्गा, खोटेहाङ र बराहापोखरी गाउँपालिकाका नागरिकको राष्ट्रिय परिचयपत्रको फारम भर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय दिक्तेलमा भने बाँकी दुई नगरपालिका (दिक्तेल रूपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका) तथा पाँच गाउँपालिकाको एकै स्टेशनबाट सेवा प्रवाह गर्दा सेवाग्राही मारमा परेका छन् । सेवा लिन आउनेको सङ्ख्या बढेपछि पालो नपाएका सेवाग्राही तीन दिनसम्म होटलमा बस्न बाध्य छन् ।

राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जिल्ला प्रशासन आएका सेवाग्राहीलाई राति अबेरसम्म खटिएर भए पनि सेवा उपलब्ध गराउने गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । “अहिले सामाजिक सुरक्षाभत्ता लिने लाभाग्राही बढी भएकाले प्रशासनमा चाप बढेको छ । सेवाग्राहीको चाप बढेपछि स्टेशन थप गर्ने विषयमा विभागसँग समन्वय गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अशक्त र अपाङ्गता भएका सेवाग्राहीलाई स्थानीय तहसँग समन्वय गरेर उपयुक्त ठाउँ पहिचान गरेर अस्थायी दर्ता केन्द्र सञ्चालन गर्ने योजना बनाएका छौँ । अबको केही दिनभित्रै गाउँगाउँमा टोली परिचालन गरेर सेवाग्राहीलाई उनीहरूकै गाउँमा सेवा उपलब्ध गराउँछौँ ।”

सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि ‘वायोमेट्रिक भेरिफिकेसन’मा समेत राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य राख्नुपर्ने व्यवस्था लागू गरिएपछि लाभग्राही थप समस्यामा परेका छन् । विसं २०७७ साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने काम सुरु गरिएको जिल्लामा एक लाख २२ हजार २७५ नागरिकले राष्ट्रिय परिचयपत्रको फारम भरिसकेको तथ्याङ्कमा उल्लेख छ ।

Previous Post

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In