• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खनालका अरुपण कलाः विम्बविहीन रङको बेजोड प्रस्तुति

metakhabar by metakhabar
११ भदौ २०८२,
0
खनालका अरुपण कलाः विम्बविहीन रङको बेजोड प्रस्तुति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ भदौः उमेरले ७६ पुग्नुभएका कला सर्जक तथा समीक्षक रमेशनाथ खनालको पर्याय हो, विम्बविहीन सिर्जनामा रङ र रेखाको बेजोड प्रस्तुति भर्नु । रुपविहीनअर्थात् आकृति नभएको कलाकृति उहाँको पहिचान हो । उहाँका चित्रकलामा युवा जोश भेटिन्छ ।

यसपालि रातो नीलो, पहेँलो, हरियो, सेतो, कालो, सिन्दूरे र बैजनी रङलाई खुबै खेलाएर कला सर्जक खनालले लाजीम्पाटमा ‘३५औँ एकल चित्रकला प्रदर्शनी’ गरिरहनुभएको छ । खनालको ब्राण्ड हो ‘अरुपण कला’ । विम्बविहीन छन् । दृष्टिकोण निर्माणमा कला पारखीलाई स्वतन्त्र छाडिदिनुभएको छ ।

कुनै प्रदर्शनीमा उहाँको सिर्जना राखिएको छ भने नाम हेरिरहनुपर्दैन कलापारखीले चिनिहाल्छन् चित्र सर्जक खनालका हुन् । कलालाई बेजोड र सुन्दर बनाउन उहाँ टेक्चरसँग बढी खेल्नुहुन्छ । जसले सिर्जनालाई जीवन्त बनाइदिन्छ ।

उहाँले भन्नुभयो, “यी चित्रहरू पहिलेभन्दा फरक ह्याजिङलाई टेक्चरका रूपमा प्रयोग गरेको छु, तीन पृष्टभूमिमा रङ बगेको छ, छुट्टै देखिन्छ तर छुट्टै होइन ।” नेपाली चित्रकलामा छुट्टै छाप बनाउनुभएका कलाकार खनाल साहित्यक स्रष्टा, कवि, प्राज्ञ र कला शिक्षक पनि हुनुहुन्छ । उहाँका थुप्रै कृति बजारमा छन् ।

यसपटक काठमाडौँको लाजीम्पाटमा रहेको अरुपण आर्ट ग्यालरीमा पछिल्लो चार वर्षमा बनाइएका १७ वटा कृति राखिएको प्रदर्शनीमा क्यान्भासमा रङ र रेखाको बेजोड प्रस्तुति देखिन्छ । उमेरले ७६ वर्ष पुग्नुभएका खनालका कलामा जवानी भरिएको छ । उहाँले भन्नुभयो, “कला र रङ मेरो जीवन हो र सकुञ्जेल गरिरहन्छु ।”

सन् २०१८ मा अमेरिकामा ३२औँ एकल कला प्रदर्शनी गर्नुभएका खनालले कलापारखीमाझ अरुपणअर्थात् रुप नभएको कला प्रस्तुत गरिरहनुभएको छ । उहाँ यो विश्वमै नौलो कला भएको दाबी गर्नुहुन्छ । उहाँका विम्बविहीन चित्रमा अनौठा आकर्षण र सुन्दरता भरिएको हुन्छ । त्यही प्रस्तुति जारी प्रदर्शनीमा छ ।

खनालले थप्नुभयो, “यी चित्र पढ्न र सुन्नका लागि होइन हेर्न, बुझ्न र महसुस गरेर अनेक दृष्टिकोण निर्माण गर्न हो ।” उहाँको भनाइमा सत्यता त्यसले महसुस गर्छ जो चित्र अवलोकन गर्न पुग्छ ।

चित्र अवलोकनपछि वरिष्ठ सङ्गीतकार बुलु मुकारुङले भन्नुभयो, “अरुपण आर्ट ग्यालरीमा कला साधक, कवि तथा प्राज्ञ रमेश खनालका ३५औँ एकल चित्रकला प्रदर्शनीमा राखिएका चित्रहरूसँग म करिब एक घण्टा वाचाल भएँ । एकल चित्र प्रदर्शनी आफैँमा एउटा इतिहास हो । यो कलापारखी, कलाकर्मी र कलाजगतका साधक तथा अनुयायीहरूले कलाभित्रको सम्मोहन आफ्नै आँखाले स्पर्श गर्न पाउने मौका पनि हो ।”

सुरुमा उहाँ प्रतिकात्मक कला बनाउनुहुन्थ्यो । रवीन्द्रनाथ टेगुर, महाकवि देवकोटा, माधव घिमिरेलगायत विश्वप्रसिद्ध कलाकारका कविता पढेर उहाँले त्यसलाई चित्रमा ढाल्नुहुन्थ्यो । केही प्रदर्शनी पनि भयो तर पहिचान भएन भने हराइन्छ भन्ने उहाँलाई लाग्यो । कला प्रदर्शनी थाल्दा आयामेली कवि ईश्वर बल्लभसँग भेट्नुभयो । उहाँले दिएको सुझावले नै उहाँले अरुपण कला सुरु गरेको सुनाउनुभयो ।

एउटा धार नबोकी कलामा पहिचान बनाउन नसकिने बुझेरै खनालले अरुपण चित्रलाई आफ्नो धार बनाउनुभयो । झट्ट हेर्दा अमूर्त कला लाग्ने सिर्जनालाई खनालले भने अमूर्त नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अमूर्त कलामा कल्पना हुन्छ । लैनसिंह वाङ्देल, लक्ष्मण श्रेष्ठले कल्पनामा चित्र बनाउनुभएको थियो । तर यो पेन्टिङ कल्पनारहित हो, यसमा कलात्मक सजावट गर्नुपर्ने हुन्छ ।”

उहाँका कला हेरेर मानिसले आआफ्नै दृष्टिकोण दिन सक्छन् । बीस जना मान्छे आए भने चित्रकलाको बीसथरिका दृष्टिकोण बन्छन् । यस्ता चित्रकलामा रङको संयोजक निक्कै चुनौतीपूर्ण हुन्छ । मिठास दिन नसके कला मूल्यहिन बनिदिन्छ । कतिपयका त्यसै रङ फ्याँकेपछि बनाउन सकिन्छ भन्ने धारणा पनि नभएको होइन तर रङको संयोजनले आनन्द दिएन भने मान्छेले किन्दैनन् । कविताको भावले जसरी मानिसलाई छुन्छ चित्रको भावले पनि त्यसैगरी छोएन भने सिर्जना सिर्जना हुँदैन ।

यस्ता कला मनोवैज्ञानिक दृष्टिकोणले पनि हेर्न सकिन्छ । कुनै चित्रहरू विचलित मनबाट बनेका हुन् कि जस्तो लाग्छ, कुनै सिर्जनामा मानिसका आकृति भेटिन सक्छन्, कुनै आकृतिमा मानिसको मिलन भइरहेकोजस्तो महसुस पनि हुन्छ । कुनै सिर्जना केही बोलिरहेका झैँ लाग्छन् । यही हो भनेर ठम्याउन नसकिने तर धेरै कुराहरू उब्जाइदिन सफल छन् कलाकार खनालका यहाँ प्रदर्शित सिर्जना । दुई वटा कोलाज भरिएका सिर्जना छन् । रङको सन्तुलन र सौन्दर्यलाई उहाँले केन्द्रमा राखेर अरुपण कला तयार पार्नुभएको छ ।

चित्रहरू कलाकारको सोचाइमा पनि भर पर्छ । कलाकार कस्तो अवस्थामा हुन्छ, उसले त्यस्तै अभिव्यक्त गर्छ सिर्जनामा । उहाँका कला कुनै आधारबाट उठाइएका कला छन् त कुनै उडिरहेका झैँ देखिन्छन् । सन् २०२२ देखि बनाइएका १७ वटा अरुपण कला यहाँ प्रदर्शनमा छन् । एउटा चित्रमा बालुवा छरेर त्यसमाथि रङ खेलाएर तयार पारिएको छ । जसले प्रदर्शनीमा छुट्टै आकर्षण थपिदिएको छ ।

भनिन्छ चित्रले मानिसको दिमाग क्रियाशील बनाउन सक्यो भने सफल मानिन्छन् । उहाँका चित्रमा पारखीहरू केहीबेर घोरिन्छन्, मन उद्देलीत बनाउन सफल हुनुहुन्छ कलाकार खनाल । कहिलेकाहीँ चित्र कोर्दाकोर्दै, रङ खेलाउँदा खेलाउँदै समस्या पर्‍यो भने उहाँ प्रकृतिलाई नियाल्न थाल्नुहुन्छ । उहाँले भन्नुभयो, “त्यहाँबाट प्राप्त आकार, हरियाली, फूल र प्रकृतिका रङले नयाँ योजना दिन्छ र फेरि भर्न थाल्छु ।” उहाँले आफ्नैपन बोकेको नेपाली कलाको देन अरुपण कला रहेको बताउनुभयो ।

Previous Post

दालदेखि मटर पनीरसम्म: फ्रिजमा कति दिनसम्म सुरक्षित रहन्छ खाना ?

Next Post

अफेयरले पनि टुट्दैन गोविन्द–सुनिताको सम्बन्ध!

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
अफेयरले पनि टुट्दैन गोविन्द–सुनिताको सम्बन्ध!

अफेयरले पनि टुट्दैन गोविन्द–सुनिताको सम्बन्ध!

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In