• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बजेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र

metakhabar by metakhabar
११ भदौ २०८२,
0
बजेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी (कञ्चनपुर), ११ भदौ: कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बजेट अभावले अलपत्र परेको छ ।

जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको सुरुवात गर्नुभएको थियो । मूर्ति निमार्णका लागि जगतगुरु मोहनशरण देवाचार्यले जनताको दानबाट केही धातु र नगद सङ्कलन गरे पनि राज्यस्तरबाट सहयोग नहुँदा मूर्ति निर्माण पूरा भएको छैन ।

“प्रदेश सरकारका मुख्यमन्त्रीलगायतका अधिकांश नेतालाई भेटेरै मूर्ति निर्माण लागि रु तीन करोड बजेट विनियोजन गरिदिन आग्रह गरेको थिएँ”, जगतगुरु मोहनशरण देवाचार्यले भन्नुभयो, “सरकारबाट सहयोग प्राप्त भएको छैन ।”

उहाँले उक्त मूर्ति राष्ट्रलाई जोड्ने अभियान भएकाले यसको पूर्णताका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । मूर्ति निर्माणका लागि २०७४ सालमा भ्याली कन्स्ट्रक्सनलाई रु १० करोड ८१ लाखमा ठेक्का दिइएको थियो ।

जगतगुरु मोहनशरण देवाचार्यले २०७२ साल वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रमा गर्दा २२ टनसम्म तामा, पित्तललगायतका धातु सङ्कलन भएका थिए । त्यसबाहेक स्थानीयले तीन टन धातु दान गरेका थिए । यही धातुबाट मूर्ति निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा निर्माण पूरा हुन सकेको छैन ।

भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि गर्न थालेपछि चहलपहल हुन थालेको हो । यहाँ नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएपछि धामको महत्व बढेको र धार्मिक पर्यटक बढ्न थालेको स्थानीय बताउँछन् ।

“जगतगुरु यहाँ आएर मूर्ति बनाउन थालेपछि यो क्षेत्र चर्चामा आएको हो अहिले झापादेखिका मानिस आउने गरेका छन्”, स्थानीय मोहनदेव जोशीले भन्नुभयो । पाण्डवहरु वनवासको समयमा यस क्षेत्रका कुवामा पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको र यस क्षेत्रको इतिहास महाभारतसँग जोडिएको विश्वास गरिन्छ । “यो सिद्धबैजनाथको भूमि भएकाले यसको महत्व धेरै छ त्यसमा पनि पाण्डवले यो क्षेत्रमा बास बसेको किंम्वदन्ती पनि छ ।” धाममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको फरक–फरक कुण्डहरु निर्माण गरिएको स्थानीय निर्मला भट्टको भनाइ छ ।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In