• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भियतनामी उपराष्ट्रपतिको भ्रमण, धार्मिक–सांस्कृतिक पर्यटनमा प्रचुर सम्भावनाको खोजी

metakhabar by metakhabar
१० भदौ २०८२,
0
भियतनामी उपराष्ट्रपतिको भ्रमण, धार्मिक–सांस्कृतिक पर्यटनमा प्रचुर सम्भावनाको खोजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १० भदौः उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएका भियतनामका उपराष्ट्रपति भो थि आन सुआन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्कनुभएको छ ।

उपराष्ट्रपति सुआनले भ्रमणका दौराने राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । साथै उहाँले आफ्ना नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो भने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उहाँसँग शिष्टाचार भेटवार्ता गर्नुभयो ।

नेपाल र भियतना दुवै मुलुकको सेतुका रुपमा बौद्ध धर्म रहेकाले अधिकांश द्विपक्षीय भेटवार्तामा धार्मिक–सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो । दुवै मुलुकबीच सन् १९७५ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

राष्ट्रिय जनगणना २०७८ को जनगणनाअनुसार नेपालमा बौद्ध धर्मावलम्बीको सङ्ख्या २३ लाख ९३ हजार ५४९ छ । जुन कूल जनसङ्ख्या दुई करोड ९१ लख ६४ हजार ५७८ को आठ दशमलव दुई प्रतिशत हो । त्यस्तै भियतनाम सरकारको धार्मिक मामिलासम्बन्धी समितिको तथ्याङ्कअनुसार त्यहाँ करिब एक करोड ४० लाख बौद्ध धर्मावलम्बी रहेको उल्लेख छ । झण्डै १० करोड जनसङ्ख्या भएको भियतनामको कूल जनसङ्ख्याको यो लगभग १३ दशमलव तीन प्रतिशत हो ।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने सम्भावना रहेको बताउनुभएको थियो । साथै उहाँले विशेषतः बौद्ध धर्म दुवै देशका जनताबीचको गहिरो सम्बन्धका लागि सेतुका रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नु खुसीको विषय भएको उल्लेख गर्नुभएको थियो ।

त्यस्तै, उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देशबीच सहकार्य गर्न आवश्यक रहेको बताउँदै अन्तरराष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताउनुभएको थियो ।

उपराष्ट्रपति यादव र उहाँबीच भएको द्विपक्षीय भेटवार्तामा उहाँहरुबीच दुवै मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तरराष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा कुराकानी भएको थियो ।

दुवै उपराष्ट्रपतिबीच मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति हुनुका साथै दुवै मुलुकबीच धार्मिक सांस्कृतिक पर्यटनको प्रचुर सम्भावनाका ढोका खोल्नेबारेमा छलफल भएको थियो । त्यसका लागि दुवै मुलुकबीच हवाई सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको थियो ।

भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन शनिबार नेपाल आउनुभएको थियो ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र उपराष्ट्रपति सुआनबीचको भेटवार्तामा उहाँहरुबीच दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन अनुभव आदानप्रदानका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो । भेटमा दुई देशबीच सरकार–सरकार, व्यवसाय–व्यवसाय र जनता–जनताका साथै कूटनीतिक र सांस्कृतिक क्षेत्रका सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो ।

यसैगरी, उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शिष्टाचार भेटवार्ता गरी दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्धधर्म दुवै देश र जनताको सम्बन्ध विस्तारको एक सबल कडी रहेकामा जोड दिनुभएको थियो । उहाँले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिक आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताउनुभएको थियो ।

मन्त्री डा राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गर्नुभएको थियो ।

त्यसैगरी उपराष्ट्रपति सुुआनसँग नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रका सहकार्यका विषयमा छलफल गरेको थियो । भियतनामका अनररी कन्सुल एवं नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, अध्यक्ष कमलेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठसहितका पदाधिकारीहरुले उहाँसँग भेटगरी द्विपक्षीय लगानी, व्यापार र पर्यटन प्रवद्र्धनका विषयमा छलफल गर्नुभएको थियो ।

चेम्बर अफ कमर्शले नेपाल–भियतनामबीच कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधिजस्ता क्षेत्रमा सहयोग तथा साझेदारीको अपार सम्भावना रहेको भन्दै व्यावहारिक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको थियो ।

उपराष्ट्रपति सुआनले भ्रमणको अन्तिम दिन सोमबार विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्क्वायर र बौद्धनाथ क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको थियो । सांस्कृतिक सम्पदाको धरोहर पाटन दरबार स्क्वायर र बौद्धधर्मको ऐतिहासिक महत्वको सम्पदा बौद्धनाथको अवलोकनले पनि यस भ्रमणले विशेष महत्व राखेको छ ।

Previous Post

कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

Next Post

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिने

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In