• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल

metakhabar by metakhabar
९ भदौ २०८२,
0
बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ), ९ भदौ : अघिल्लो वर्षसम्म बुकीपाटन जाने पर्यटकका लागि पदमार्गका छेउछाउमा विश्राम गर्ने कुनै पनि संरचना निर्माण भएका थिएनन् ।

घण्टौँको पैदलयात्राले थकित पर्यटक गोरेटो छेउमै विश्राम लिन्थे । तर अहिले त्यो समस्याको समाधान भएको छ । ढोरपाटन उपत्यकादेखि करिब पाँच घण्टा उकालो पैदल यात्रापछि मात्रै बुकीपाटनको पहिलो स्थान गर्पाछेडा पुगिने हुँदा ठाउँ–ठाउँमा विश्रामस्थल निर्माण गरिएको छ ।

पदमार्गको छेउमा निर्माण गरिएका विश्रामस्थलले आन्तरिक तथा बाह्य पर्यटकको बुकीपाटन यात्रालाई सहज बनाई दिएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङले रु २० लाखमा पदमार्गसहित चेप्टा ढुङ्गा, ढुङ्गे देउराली र गर्पाछेडा गरी तीन स्थानमा विश्रामस्थल बनाई दिएको छ । विश्रामस्थलमा पर्यटकले रातसमेत बिताउने गरेका छन् । उच्च पहाडी क्षेत्र भएको हुँदा यहाँको मौसम निकै चिसो हुने हुँदा विश्रामस्थलमा बास बस्दा न्यानो कपडा भने आवश्यक पर्छ ।

अघिल्लो वर्षदेखि चर्चामा आएको बुकीपाटन यस वर्ष दैनिक १०० बढी पर्यटक ढोरपाटन उपत्यकादेखि उक्लिने गरेका छन् । ढोरपाटन पुगेका पर्यटक जति बेला पनि बुकीपाटन उक्लिँदा बीच बाटोमा अलपत्रसमेत पर्ने गरेका छन् । मौसम हेरेर दिउँसो २ः०० बजेभन्दा पछाडि ढोरपाटन उपत्यकादेखि बुकीपाटनको यात्रा गर्न नहुने होटल व्यवसायी सङ्घ ढोरपाटनका अध्यक्ष जीवन पुनले बताउनुभयो । बुकीपाटन पुग्नका लागि तीनदेखि पाँच घण्टा लाग्ने हुँदा साँझपख यात्रा तय नगर्न उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष पुनले भन्नुभयो, “बुकीपाटन चार हजार मिटरभन्दा माथिको उचाइमा रहेको हुँदा लेक लाग्न सक्छ, अलि सजक भएर जानुपर्छ, माथि (बुकीपाटन) जाँदा दिउँसो २ः०० बजेभन्दा पछाडि यात्रा तय गर्नुहुँदैन, झोलामा पर्याप्त खानेकुरा, तातोपानी लेक लाग्ने औषधि बोक्नुपर्छ, यसपाली त ठाउँ–ठाउँमा विश्रमस्थल पनि बनेको छ, बढी गाह्रो भयो भने त्यहाँ पनि विश्राम गर्न सकिन्छ ।”

काठमाडौँबाट घुम्न आउनुभएका रूपेश वाइबाले ठाडोखोलादेखि माथि निकै उकालो रहेको हुँदा ढुङ्गे देउराली पुगेपछि दुई घण्टा विश्रामस्थलमा आराम गरेर गर्पाछेडा पुगेको बताउनुभयो । पदमार्ग छेउमा बनेका काठका फल्याक र जस्तापाताले छाएका विश्रामस्थलले आफूजस्ता पर्यटकलाई ठूलो राहत दिएको उहाँको भनाइ छ ।

“यस्तो विकट स्थानमा पनि विश्रामस्थल बनाउनुभएको रहेछ, यहाँ त रातिमा पनि बस्न सकिँदो रहेछ, गोठमाभन्दा त विश्रामस्थलमा बस्न धेरै आनन्द हुँदो रैछ”, वाइबाले भन्नुभयो, “विश्रामस्थलमा अल्ली व्यवस्थित ढोका बनाएको भए अझ राम्रो हुन्थ्यो, हामीहरू त माथि जाँदा पनि आराम गर्‍यौँ फर्किदा पनि थकाइ लागेर आराम गर्‍यौँ ।”

पोखराबाट आउनु भएका डेभिड गुरुङले ढोरपाटनबाट ढिला यात्रा गर्दा बुकीपाटन नपुग्दै राति भएपछि ‘स्लिपिङ ब्याग’ बिच्याएर विश्रामस्थलमै बास बसेको बताउनुभयो । चार जनाको समूहमा घुम्न आएको सुनाउँदै चेप्टाढुङ्गा पुग्दा साँझ परेपछि त्यहीँको विश्रामस्थलमा रात बिताएको उहाँको भनाइ छ ।

Previous Post

माघ १ मा पार्वती प्रदर्शन हुने

Next Post

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In