• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाँच कलाकारका कला : काठमा बालुवा भरेको थाङ्कादेखि धार्मिक र मिथिला कलासम्म

metakhabar by metakhabar
९ भदौ २०८२,
0
पाँच कलाकारका कला : काठमा बालुवा भरेको थाङ्कादेखि धार्मिक र मिथिला कलासम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ भदौ : प्रायः क्यानभास वा आर्ट पेपरमा चित्र सिर्जना हुन्छ । तर काठमा पनि क्यानभासमा झै महसुस हुने कला कोर्ने अभ्यास निक्कै नौलो हो । यसमाथि रङ पोतेर होइन, बालुवा चालेर । त्यो पनि थाङ्का कला सिर्जना गर्न दृष्यचित्र उतार्नभन्दा निक्कै कठिन काम हो । नयाँनयाँ कलाको अभ्यास गर्न रुचनाउने कलाकार छेपाल दोर्जे शेर्पाले यसपाली ठमेलमा भइरहेको कला प्रदर्शनीमा त्यही नौलो प्रस्तुति दिनुभएको छ ।

सिसौको काठमा उहाँले पहिले रेखा कोर्नुभयो । यसमा गम लगाउनुभयो । फरक फरक रङ मिसाएर तयार पारिएको रङ्गिन बालुवा चुहाएर उहाँले मण्डला तयार पार्नुभयो । मण्डलाकोबीच भागमा हरित तारा (ग्रीन तारा) बनाउनुभएको छ ।

ठमेलस्थित छायाँ सेन्टरमा रहेको ‘द कला सलोन’मा पाँच जना कलाकारमध्ये शेर्पाको एउटा मात्रै कला प्रस्तुत भएको छ, ‘हरित तारा मण्डला’ । झट्ट हेर्दा ‘वाउ लाग्ने’ कला क्यान्भासमा बनाइएको ठानिए पनि चित्र काठको फ्ल्याकमा रङ्गिन बालुवाको प्रयोग गरी सिर्जना गरिएको हो । बालुवामा पनि थाङकाको प्रभाव राम्ररी प्रस्तुत गर्न कलाकार सक्षम देखिनुहुन्छ । मण्डला जस्तो कला पनि बालुवाबाट बनाइएको सिर्जना हेर्न लायक छ ।

उहाँ भन्नुहुन्छ, “केही नयाँ दिउँ भनेर यो कला सिर्जना गरिएको हो, धार्मिक मान्यता अनुसार ने बालुवाको यो थाङ्का तयार पारिएको हो ।”विविधता बोकेको नेपालमा कलाको पनि विविधता रहेको छ । थाङ्का पौभा जस्ता मौलिक परम्परागत कलाका साथै थारु, अवधि, मिथिला जस्ता लोक कलाका साथै आधुनिक, समसामयिक कलाले नेपाललाई चिनाइरहेको छ । यस्तै कलाकृतिहरुसँग बनेको छ यहाँको कला प्रदर्शनी ‘द हिमालयन नाउ’ ।

ठमेल स्थित ‘द कला सलोन’मा जारी प्रदर्शनीमा ३२ थान कलाकृतिहरु सजिएका छन् । प्रदर्शनी संयोजक अर्का कलाकार उमेश श्रेष्ठका आठ थान कलाकृति प्रदर्शनीमा राखिएका छन् । घण्टीलाई मुख्य विषय बनाइ आफ्नो भावना पोख्नुहुने श्रेष्ठले प्रदर्शनीमा धार्मिक विषयलाई समाजसँग जोडेर कला सिर्जना गर्नुभएको छ । उहाँका ‘द होली किस’, लिभिङ गणेस, ‘विट्विन डिभोशन एण्ड सर्कल, दोलखाको भीमसेन, कुमारीजस्ता चित्रमा नेपाली कलामा आधुनिक चेतको आभाष पाउन सकिन्छ । उहाँ भन्नुहुन्छ, “नेपाली समसामयिक तथा आधुनिक कलामा आफ्नोपन कसरी ल्याउने अभ्यास भएका कलालाई कसरी आधुनिक रुपमा परिभाषा गर्ने भन्ने सोच आफ्नो रहेकाले हिमालयनलाई जोडेर पहिचान विश्वमा पु¥याउने आफ्नो प्रयास हो ।” उहाँले यो विषयमा सिरिजमा कला प्रदर्शनी गर्ने योजना रहेको सुनाउनुभयो ।

उहाँले नेपाली समसामयिक कलालाई पुर्नरपरिभाषित गरेर नेपाली कलालाई विश्व पहिचान दिने यात्रामा लागेको उहाँले बताउनुभयो । १३ वर्ष अघिको एउटा युवतीका वास्तविक कथालाई उतारेर उहाँले ‘प्रणय दिवस’ शीर्षकमा चोखो माया के हो त भनेर प्रस्तुत गर्नुभएको छ । आफ्नै घरमा डेरा गरेर बसेका केटासँग ती युवतीको लभ पर्छ । दुई वर्ष जीवित रह्यो । त्यसपछि खटपट भयो । तर पनि ती केटीले उसका लागि उपहार दिनका लागि कुरिरहेकी हुन्छिन् । चिमा ती युवती हिउँ परिरहेका बेला पनि केटालाई उपहार दिन कुरिरहेको दृष्य निक्कै मार्मिक लाग्छ ।

अर्की वीरगञ्जकी कलाकार राखी कर्णका १० वटा कलाकृतिमा मिथिला कलाको सुगन्ध यहाँ पाइन । उहाँले विष्णुलोक, दश अवतार, राधाकृष्ण, मयुर, भगिरथ गङ्गा, छिन्नमस्ता जस्ता विषयमा कलाकृति सिर्जना गर्नुभएको छ । भगिरथ गङ्गा जब पहिलोपटक धर्तीमा अवतरण गर्दा, गङ्गाले भन्नुभयो–“मेरो भार धर्तीले थाम्न सक्दैन, त्यसकारण भागीरथले तपस्या थाल्नुभयो, भगवान शङ्करले आफ्नो जटाले साथ दिएर थाम्नुहुन्छ भनेपछि भागिरथ गङ्गा धर्तीमा अवतरण गर्नुभएको धार्मिक विषयलाई उहाँले मिथिला कलाको सुगन्धका साथ प्रस्तुत गर्नुभएको छ ”।

अर्का कलामा कलाकार कर्णले प्राय सुतिरहने नारायणको जागृत मुद्रालाई समेटेर प्रस्तुत गर्नुभएको छ । अर्काे कलामा बुद्धका जन्म, बाल्यकाल, घर छाडेको र देहावसानलाई एउटै क्यान्भासमा समेट्नुभएको छ । उहाँ भन्नुहुन्छ, “टिपिकल मिथिला आर्टबाट अलिकति फरक कन्सेप्चुअल आर्टलाई अगाडि बढाउँदै छु, दुनियाँको अगाडि मिथिला कला राम्रो मूल्यमा पठाउन सकिन्छ भन्ने उद्देश्य मेरो हो, कलरलाई पनि खेलाएर प्रस्तुत गरेकी छु ।”

सानैमा भित्तामा कला कोरेर कला सिर्जनामा लाग्नुभएकी कर्ण १० वर्षदेखि भने क्यान्भासमा कला भर्दै आउनुभएको छ । उहाँले यमा मिथिलालाई फ्यूजन गर्नुभएको छ । मिथिया आर्टको विशेषता स्टोरी टेलिङ हो अनि कला आकर्षक हुन्छ । त्यही कलालाई आर्ट भ्यालु जोडेर उहाँले नयाँ प्रयोग गरिरहनुभएको छ ।

त्यस्तै कलाकार शुभाद्री शुभाले पनि मिथिला शैलीमै ११ थान कला प्रदर्शनीमा राख्नुभएको छ । उहाँका कलामा माछा, कृष्ण बाललिला, मयुर, दश अवतार जस्ता विषयलाई समावेश गर्नुभएको छ । यस्तै कलाकार कुमार थापाका दुई थान आधुनिक मूर्ति राखिएका छन् । मुर्तिहरु ‘स्टेनलेस स्टिल’बाट बनाइएको छ । विविध धारमा बगिरहेको कलामा नेपालीपनको खोजी प्रदर्शनीको उद्देश्य रहेको प्रदर्शनी संयोजक उमेश श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“यसै कारण विविध विधामा काम गरिरहेका कलाकारलाई एकै स्थानमा ल्याउने प्रयास गरिएको हो ”। सो स्टुडियोले प्रदर्शनीको संयोजन तथा योजना बनाएको जनाउँदै श्रेष्ठले जारी प्रदर्शनी आगामी भदौ २४ गतेसम्म रहने बताउनुभयो ।

Previous Post

सदरमुकाममा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन

Next Post

वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

metakhabar

metakhabar

सम्बन्धित खबर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
समाचार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन
समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

४ असार २०८३,
संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन
समाचार

संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

४ असार २०८३,
Load More
Next Post
सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि वीरगञ्ज नाकामा सतर्कता अपनाइँदै

वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In