• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिचानविहीनताबाट नागरिकतासम्म: सुकुमायाको १५ वर्षको यात्रा

metakhabar by metakhabar
७ भदौ २०८२,
0
पहिचानविहीनताबाट नागरिकतासम्म: सुकुमायाको १५ वर्षको यात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सात वर्षको उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न पुगेकी सुकुमाया लामाले १५ वर्ष लामो संघर्षपछि मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट आज नेपाली नागरिकता प्राप्त गरेकी छिन्।

हेटाैडा उपमहानगरपालिका वडा नम्बर १० मा जन्मेकी र बुवाआमा दुवै नेपाली नागरिकता भएकी सुकुमायाले विदेशीसँग विवाह गरेको कारण नागरिकता लिन लामो संघर्ष गर्नुपरेको हो। भारतको सर्कसमा बस्दा उनले एक भारतीय पुरुषसँग विवाह गरिन् र सन्तान पनि भयो। तर, श्रीमानको मृत्यु भएसँगै सर्कस पनि बन्द भएपछि उनी उद्धार भई नेपाल आएकी थिइन्।

नेपाल फर्किएपछि उनलाई नागरिकता लिन धेरै समस्याहरुसँग जुध्नु पर्याे। उनले विदेशीसँग विवाह गरेको कारण लैंगिक पूर्वाग्रही मानसिकताका आधारमा नागरिकता दिन अस्वीकार गरियो। यसरी संविधानले स्पष्ट व्यवस्था गरेको—’बुवाआमा नेपाली भए सन्तान पनि नेपाली हुन्छ’-भन्ने अधिकारबाट उनी वञ्चित भइन्।

२०६९ सालमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडि) मार्फत अदालतमा मुद्दा हालेकी सुकुमायाको संघर्ष झण्डै १३ वर्षसम्म अदालतमै चल्यो। हालै मात्र संवैधानिक इजलास (प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलास) ले मकवानपुर जिल्ला प्रशासन कार्यालयलाई परमादेश जारी गर्दै उनलाई नागरिकता दिन आदेश गरेको हो। त्यसैको आधारमा शुक्रबार उनले नागरिकता पाएकी हुन्।

सुकुमायाले नागरिकता पाएपछि आफू अत्यन्तै खुसी भएको बताइन्। उनले भनिन्, ‘पहिचानविहीन सुकुमायाबाट अब नागरिक सुकुमाया भएकी छु। यो लामो लडाइँमा साथ दिने एफडब्लुएलडिलाई धन्यवाद दिन चाहन्छु।’

उनी १५ वर्षभन्दा बढी समयदेखि यस संघर्षमा थिइन्। अदालतमै मात्र १३ वर्ष लड्दा थाकिसकेको अवस्थामा अन्ततः उनले न्याय पाएकी छिन्। नागरिकता पाएपछि ‘मिठाई’ बोकेर र ‘खादा’ लगाएर खुसीसाथ उपस्थित भएकी उनले अब आफ्ना दुई छोरीहरूको नागरिकता अधिकारका लागि लडाइँ जारी रहने उल्लेख गरिन्।

एफडब्लुएलडिका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले सुकुमायाले नागरिकता पाएकाेमा खुशी व्यक्त गर्दै भने ‘१३ वर्षकाे अदालती लडाई पछि पहिचानविहीन सुकुमायाबाट अब नागरिक सुकुमाया बनाउन पाएकाेमा खुशी छाैं, यो घटनाले संविधानले दाबी गरेअनुसार छोरा र छोरीबीचको नागरिकता अधिकारमा देखिने असमानतालाई पुनः उजागर गरेको छ। छोरा विदेशीसँग विवाह गर्दा कुनै समस्या नहुने तर छोरीलाई नागरिकता पाउन दशकौँसम्म संघर्ष गर्नुपर्ने परिस्थितिको यो बलियो उदाहरण बनेको छ।’

एफडब्लुएलडिले प्रेस विज्ञप्ति जारी गरेर नागरिकता प्राप्तिमा आवश्यक सहयोग प्रदान गर्ने सबै सरोकारवाला निकायहरु तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेको छ भने नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुहुने सुकुमाया लामालाई हार्दिक वधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेको छ ।

Previous Post

वीरगञ्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन अनुरोध

Next Post

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

metakhabar

metakhabar

सम्बन्धित खबर

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
३० हजार किमि उड्ने चराको सङ्कट
फिचर-ब्यानर

३० हजार किमि उड्ने चराको सङ्कट

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
Load More
Next Post
१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In