• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु

    फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता

    अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

    अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विकट गाउँको दुःख : बर्खामा सडक नचल्दा खाद्यान्न ढुवानीमा समस्या

metakhabar by metakhabar
६ भदौ २०८२,
0
विकट गाउँको दुःख : बर्खामा सडक नचल्दा खाद्यान्न ढुवानीमा समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ), ६ भदौ : जिल्लाको सबैभन्दा विकट मानिने निसेलढोरमा बर्खामा सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बर्खाको समय गाडी नचल्दा ढुवानी र यात्रा गर्न समस्या भएको हो । एक दशक अगाडिसम्म निसेलढोरमा बर्खामा मात्र निसीबाट वस्तुभाउ लिएर स्थानीय बसोबास गर्ने गर्थे भने अहिले बाह्रै महिना स्थायी रूपमा बस्नेको सङ्ख्या बढेको छ ।

अहिले बर्खामा तीन सय र हिउँदमा झण्डै एक सय ५० घरपरिवार निसेलढोरमा बसोबास गर्ने गर्छन् । आर्थिक वर्ष २०७६/७७ मा ढोरपाटनबाट मोटरबाटोले निसेलढोर जोडिएको थियो । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको भए पनि अप्ठ्यारो सडकका कारण पर्यटक फाट्टफुट्टमात्र पुग्ने गरेका छन् । बर्खामा यातायात सञ्चालन नहुँदा हिउँदै खाद्यान्न जोहो गरेर राख्नुपर्ने अवस्था रहेको स्थानीय सम्झना विकले बताउनुभयो ।

ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दा माथि सडक भासिने, हिलो हुने हुँदा गाडी नै गुड्न नसक्ने उहाँको भनाइ छ । सडक खुलेको यतिका वर्षसम्म सुधार गर्न नसक्दा यहाँका सयौँ स्थानीयले बर्खामा सास्ती खेप्नुपरेको विकले गुनसो पोख्नुभयो । गाडी नचल्दा बजारबाट सामान मान्छेले बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो ।

विकले भन्नुभयो, “बर्खा किन लाग्दो हो भन्ने हुन्छ, न गाडी चल्छन्, न घोडा खच्चड नै हिँड्न पाउँछन्, बजारबाट सामान ल्याएर उपभोग गर्न साह्रै समस्या छ, हाम्रो समस्या सरकारले सुन्दै सुनेन, यस्तो विकट ठाउँमा छौँ, एक बोरा चामल ल्याउन दिनभर लाग्छ, गाउँमा कोही सिकिस्त बिरामी भए डोकामा बोकेर लैजानुपर्ने बाध्यता छ, यति सडक बने त सजिलो हुने थियो ।”

निसेलढोरमा आलु, स्याउ र सिमीलगायत कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या हुने गरेको स्थानीय कुले विकले बताउनुभयो । गाउँमा सडक आएपछि हिउँदमा मान्छेले र घोडाले बोकेरै सामान ढुवानी गर्नुपर्ने बाध्याता कम भएको भन्दै चार किलोमिटर सडक व्यवस्थित बनाउन सके बाह्रै महिना निसेलढोरमा गाडी चल्ने उहाँ बताउनुहुन्छ । असारदेखि कात्तिकसम्म सडक नचल्दा यहाँ उत्पादन भएको वस्तु कुहिने जोखिम रहेको विकको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले यस वर्ष मसखोलाबाट निसेलढोरसम्मको चार किलोमिटर सडक स्तरोन्नतिका लागि सर्भे गरिसकेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखले सडक स्तरोन्नति गरी बाह्रै महिना यातायात सञ्चालन हुने उहाँको भनाइ छ । सडकले निसेलढोरवासीको दैनिकीमा परिवर्तन ल्याएको भन्दै अब बर्खामा पनि समस्या नहुने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ ।

“निसेलढोर भौगोलिक रूपमा अलि पछाडि छ, तर पनि हामीले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, पहिले यहाँ सडक थिएन, पिउनेपानी थिएन, अहिले पानीको पनि सुविधा छ, सडक बर्खामा अलिकति सञ्चालन हुनसकेको छैन”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “अब यसलाई व्यवस्थित गरेर बाह्रै महिना सञ्चालन गर्छौैँ, त्यसपछि स्थानीयले यहाँको उत्पादनलाई सहज रूपमा बजार पठाउन सक्नेछन् भने यात्रा र ढुवानीका लागि सहज हुनेछ ।”
—

Previous Post

अमेरिकामा साढे ५ करोडभन्दा बढी विदेशी नागरिकको भिसा सूक्ष्म परीक्षण गरिने

Next Post

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
आर्थिक

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

६ अशोज २०८३,
भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप
मनोरञ्जन

भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

६ अशोज २०८३,
पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु
अन्तर्राष्ट्रिय

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

६ अशोज २०८३,
आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
फिचर-ब्यानर

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

६ अशोज २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता

६ अशोज २०८३,
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
टुरिजम

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

६ अशोज २०८३,
Load More
Next Post
शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In