• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

    जापान र स्विडेन नकआउट चरणमा

    जापान र स्विडेन नकआउट चरणमा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

    जापान र स्विडेन नकआउट चरणमा

    जापान र स्विडेन नकआउट चरणमा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा

metakhabar by metakhabar
३१ साउन २०८२,
0
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भैरहवा (रूपन्देही), ३१ साउन : रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारको जीवन पुख्र्यौली आरनको आगो र फलामको कामसँग जोडिएको छ । तर, उहाँको आरन अब परम्परागत मात्र छैन । उहाँले पुख्र्यौली सीपलाई आधुनिक प्रविधि र औजारसँग जोडेर आफ्नो पेसालाई नयाँ जीवन दिनुभएको छ । यो कथा शिवलालको पुरानो पेसाप्रतिको सम्मान र नयाँ प्रविधिप्रतिको खुला सोचको एक प्रेरणादायी उदाहरण हो ।

उमेरले ३७ वर्ष मात्र पुग्नुभएका शिवलालले आफ्ना बुबा र हजुरबुबाबाट फलामको काम सिक्नुभयो । उहाँको पुस्ताले कोइलाको आगो फुकेर फलामलाई तताउने, अनि घन र हथौडाको सहायताले हँसिया, बञ्चरो, खुर्पा, चुलेसीजस्ता औजारहरू बनाउने काम गर्नुहुन्थ्यो । यो कामले धेरै मेहनत र धैर्यको माग गथ्र्यो । एक दिनमा केही औजार मात्र बनाउन सकिन्थ्यो र त्यो पनि निकै थकाइ लाग्ने काम थियो । परिश्रमअनुसारका पारिश्रमिक पनि पाइँदैनथ्यो । आरनको काम गरेबापत तत्कालीन समयमा बाली (जीवका) पाइन्थ्यो ।

शिवलालले यो परम्परालाई निरन्तरता दिँदै गर्दा उहाँले केही परिवर्तनको आवश्यकता महसुस गर्नुभयो । ग्राहकले छिटो र राम्रो काम खोज्न थालेका थिए । बजारमा मेसिनले बनेका सस्तो र आकर्षक औजारहरू आउन थालेपछि परम्परागत आरनको काममा चुनौती थपियो । उहाँले सोच्नुभयो, “मेरो सीपलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ ?”

“अब परम्परागत आरनको धुँवा र धूलोमा मात्र सीमित हुनुपर्दैन”, शिवलाल लोहार मुस्कुराउँदै भन्नुहुन्छ । आफ्नो पुख्र्यौली पेसालाई आधुनिक प्रविधि र औजारको प्रयोगले नयाँ जीवन दिँदै उहाँले फलामबाट जीविकोपार्जन गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउनुभएको छ ।

पुस्तौँदेखि लोहार समुदायले गर्दै आएको फलामको कामलाई अहिलेको समय सुहाउँदो बनाउनु नै उहाँको सफलताको मुख्य कडी हो । परम्परागत आरनमा कोइलाको आगो फुकेर हत्केलाले घन चलाउँदै बनाइने हँसिया, बन्चरो, खुर्पा, चुलेसीजस्ता औजार अहिले बिजुलीबाट चल्ने ग्राइन्डर, वेल्डिङ मेसिन र अन्य आधुनिक उपकरणको सहयोगमा सजिलै छिटो बन्न थालेका छन् । पुरानो आरनमा नयाँ चमक देखिएको छ ।

शिवलालले यो काममा हात हालेको धेरै भएको छैन । १८ वर्ष अघि पेसा सुरू गर्नुभएको उहाँले आफ्नो गाउँको पुरानो आरनलाई आधुनिक बनाउने सङ्कल्प लिनुभयो । गाउँको पुरानो आरनको ठाउँमा सानो वर्कसप नै स्थापना गर्नुभयो । “पहिले दिनभर एउटा खुर्पा बनाउन लाग्थ्यो, त्यसमाथि हात पनि पोल्ने डर हुन्थ्यो”, उहाँ भन्नुहुन्छ “अहिले आधुनिक मेसिनको प्रयोगले छोटो समयमै धेरै औजारहरू बनाउन सकिन्छ ”

आधुनिक प्रविधिको प्रयोगले उत्पादनको गुणस्तरमा सुधार आएको छ । यसले गर्दा बजारमा माग पनि बढिरहेको छ । “पहिलेका औजारमा धार छिटो बिग्रने समस्या थियो, तर अहिले मेसिनले गर्दा बनेका औजारहरू अझ टिकाऊ र बलिया भएका छन्,” उहाँ भन्नुहुन्छ, “रूपन्देही मात्र नभई काठमाडौँ, विराटनगर, हुम्ला जुम्लासम्म मैले बनाएका औजारहरू पुगेका छन् ।”

यसै पेसाले उहाँले आफ्नो र दिवङ्गत भाइका सन्तानलाई निजी विद्यालयमा पढाइरहनुभएको छ । यसैले घरखर्च चल्ने गरेको छ । उहाँ आफ्नो यो पेसामा पूर्ण सन्तुष्ट देखिनुहुन्छ । नौ जनाको परिवार पनि सन्तुष्ट छ । दैनिक औषतमा रु पाँच हजारसम्मको कारोबार हुने गरेको उहाँले सुनाउनुभयो ।

शिवलालको यो प्रयासले लोहार समुदायका अन्य युवालाई पनि प्रेरणा दिएको छ । उहाँहरू पनि आधुनिक मेसिनहरू चलाउन सिक्न उत्साहित हुनुहुन्छ । लोहार समुदायको परम्परागत सीपलाई आधुनिक प्रविधिले नयाँ ढङ्गबाट संरक्षण गरेको यो उदाहरणले अन्य पेसाकर्मीलाई पनि आफ्नो काममा नयाँपन ल्याउन प्रोत्साहन मिलेको छ ।

शिवलाल भन्नुहुन्छ, “मेरो यो प्रयासले फलामको कामलाई केवल परम्परागत पेसाको रूपमा मात्र नभई आधुनिक र सम्मानित पेसाको रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।” यसले युवाहरूलाई विदेशिनुभन्दा आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ ।

आफ्नो आरनमा पहिलोपटक बिजुलीबाट चल्ने ग्राइन्डर र वेल्डिङ मेसिन भित्र्याउँदा शिवलाल दृढ हुनुहुन्थ्यो, यसले राम्रो प्रतिफल दिन्छ भनेर । उहाँले नयाँ प्रविधिको प्रयोगबाट काम कति सजिलो र छिटो हुन्छ भन्ने कुरा देखाउने निर्णय गर्नुभयो र यसमा सफल पनि हुनुभयो ।

ग्राइन्डरले फलामलाई छोटो समयमै आकार दिन र धार लगाउन मद्दत गर्यो । पहिला हत्केलाले घन चलाउँदै धेरै बेर लगाएर मिलाउने काम अब केही मिनेटमै हुने भयो । बेल्डिङ मेसिनको प्रयोगले फलामका टुक्रा जोड्न र औजारको मर्मत गर्न निकै सजिलो भयो । यसले समय र श्रम दुवै बचायो ।

यी आधुनिक औजारहरूको प्रयोगले शिवलालको कामको गुणस्तर पनि बढ्यो । बनेको औजारहरू अझ राम्रो र फिनिसिङ भएका देखिन थाले । यसले ग्राहकहरूलाई आकर्षित गर्यो र उहाँले बजारमा आफ्नो छुट्टै पहिचान बनाउनुभयो ।

कामको माग बढेपछि शिवलालले काममा सहयोग गर्न चार जना कामदार पनि राख्नुभयो । उहाँले आफ्ना कामदारलाई पनि आधुनिक औजार चलाउन सिकाउनुभयो । अब उनीहरू सबै मिलेर काम गर्दा कामको गति झनै बढ्यो । यसले गाउँका अरू मानिसहरूलाई पनि रोजगारी मिल्यो ।

नयाँ प्रविधि अपनाउनु शिवलालको लागि भने त्यति सजिलो थिएन । सुरूमा उहाँलाई औजार चलाउन केही गाह्रो भयो । बिजुलीको बिल पनि बढ्यो । तर, उहाँले हार मान्नुभएन । उहाँले विस्तारै–विस्तारै औजार चलाउनमा दक्षता बढाउनुभयो । कामबाट हुने आम्दानी बढेपछि बिजुलीको बिल पनि त्यति ठूलो समस्या लागेन ।

शिवलाल भन्नुहुन्छ, “परम्परागत सीपको जगमा नयाँ प्रविधिको घर बनाउँदा नै दिगो विकास सम्भव हुँदो रहेछ । मैले पुर्खाले सिकाएको सीपलाई बिर्सिनँ, तर समयसँगै परिवर्तन हुनुपर्छ भन्ने कुरा पनि बुझेँ ।” उहाँले पेसागत कामप्रति स्थानीय सरकारको अपनत्व हुनुपर्ने भए पनि त्यसो नभएको गुनासो गर्नुभयो । “अन्य पालिकामा यसै पेसामा लागेकालाई पालिकाले औजारहरू दिएर पेसा सञ्चालन गरेको थाहा पाउछु,” लोहारले भन्नुभयो “तर हाम्रो पालिकामा त्यस्तो केही सहयोग पाइएको छैन ।”

शिवलाल लोहारको कथा ग्रामीण क्षेत्रमा रहेका परम्परागत पेसाकर्मीका लागि एक प्रेरणाको स्रोत बनेको छ । उहाँले परम्परागत पेसालाई लोप हुनबाट जोगाउन र यसलाई अझै पनि जीवन्त राख्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य छ भन्ने प्रमाणित गर्नुभएको छ । उहाँको सफलताले नयाँ पुस्तालाई पनि यो पेसा अँगाल्न प्रेरित गर्न सक्छ ।

शिवलालको आरनमा आज पनि कोइलाको आगो दन्किन्छ, तर त्यसको छेउमा ग्राइन्डरको आवाज पनि सुनिन्छ । यो दुवैको संयोजनले उहाँको आरनलाई नयाँ जीवन दिएको छ । उहाँ आफ्नो पेसामा पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ र यसबाटै आफ्नो परिवार र गाउँको भविष्य उज्यालो बनाउन लागि पर्नुभएको छ ।

Previous Post

सामान्य ज्ञानः पढौँ र जानौँ

Next Post

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली
आवाज

डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

१२ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

१२ असार २०८३,
जापान र स्विडेन नकआउट चरणमा
खेलमैदान

जापान र स्विडेन नकआउट चरणमा

१२ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

१२ असार २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
आवाज

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

१२ असार २०८३,
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

१२ असार २०८३,
Load More
Next Post
बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In