के फ्रिजमा राखेर चिस्याएको पानी स्वास्थ्यका लागि लाभकारी हुन्छ ? भन्ने प्रश्नमा उत्तर दुवैखाले तर्क, भिन्नभिन्न प्रमाण र उत्तरहरु उपलब्ध छन् । तीमध्ये धेरैजसो शोधकर्ताहरुले फ्रिजमा राखेर चिस्याएको पानीलाई फाइदा कम र हानी धेरैको स्रोत भनेका छन् ।
प्रसिद्ध ‘लिभ स्ट्रङ’ अभियान बेलायतका चिकित्सक डा. सूसन ईं ब्राउनको भनाइअनुसार फ्रिजमा चिसो पानी या अन्य तरल पेय पाचनका दृष्टिले प्रतिकूल हुन्छ । जसको सेवनले पाचन प्रक्रियालाई निकै शिथिल बनाइदिन्छ । चिसो पानीलाई शरीर बराबरको तापमा ल्याउन आफ्नो शरीरले सञ्चित ऊर्जा खर्च गर्नुपर्दछ । डा. ब्राउन अगाडि भन्नुहुन्छ— बढी चिसो पानी या तरल पदार्थ पेटमा पुग्ने बित्तिकै द्रुत गतिमा बगेर तलतिर जान्छ ।
जबकि यसको विपरित मनतातो या शरीर बराबर तापक्रम भएको पानी पेटमा निकै बेर बस्दछ । यसैकारणले गर्दा म्याराथुन धावकहरु दौडनुपूर्व चिसोको साटो मनतातो पानी पिएर दौडने गर्छन् । त्यसो गर्दा सम्भावित डिहाइड्रेसनबाट बच्न सजिलो हुन्छ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













