• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

    जापान र स्विडेन नकआउट चरणमा

    जापान र स्विडेन नकआउट चरणमा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

    जापान र स्विडेन नकआउट चरणमा

    जापान र स्विडेन नकआउट चरणमा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

किन भासिदैछ धर्ती ? सिङ्कहोल बन्ने जोखिम रहेका क्षेत्रहरू

metakhabar by metakhabar
३० साउन २०८२,
0
किन भासिदैछ धर्ती ? सिङ्कहोल बन्ने जोखिम रहेका क्षेत्रहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : ब्राजिलको अमेजन क्षेत्रको उत्तरपूर्वी किनारमा अवस्थित एउटा क्षेत्रमा अचानक जमिन भासिन थाल्यो, जसले गर्दा त्यहाँ ठूला खाल्डा अर्थात् सिङ्कहोल बनेका छन्।

ती खाल्डाको किनारमा रहेका धेरै घर खतरामा छन् र एक हजारभन्दा बढी मानिसहरू घरवारविहीन हुने डरसँगै सरकारले संकटकाल घोषणा गरेको छ।

यो यस प्रकारको पहिलो घटना होइन। अमेरिकादेखि टर्की र इरानसम्म, विश्वभर यस्ता खाल्डा देखिँदै छन्, जुन तिनीहरू अचानक बन्छन् र जीवन अनि धन सम्पत्तिका लागि खतरा निम्त्याउँदै छन्।

के हो सिङ्कहोल ?

जमिनमा बनेका खाल्डोहरूलाई सिङ्कहोल भनिन्छ। पानीले माटो काटेर खाल्डा बन्छन्, जुन स्वाभाविक रूपमा हुन सक्छ। तर भूमिगत पाइप लाइनबाट पानी चुहिने, तेल वा ग्यास निकाल्न ड्रिलिङ (फ्र्याकिङ) र उत्खनन गर्ने जस्ता मानवीय गतिविधिका कारण पनि सिङ्कहोल बन्न सक्छन्।

बेलायतको रिडिङ विश्वविद्यालयमा वातावरणीय विज्ञानका प्राध्यापक हङ याङका अनुसार ‘कास्र्ट टेरेन’ पाइने क्षेत्रहरूमा सिङ्कहोल बन्ने सम्भावना बढी हुन्छ। अर्थात्, यस्तो जमिन (चुनढुङ्गा, नुन तह वा जिप्सम जस्ता) जहाँ मुनि मुनि घुलनशील चट्टान छन्।

जब जमिनमुनिको पानीले ती चट्टान पगाल्न थाल्छ, जमिन बिस्तारै खोक्रो हुन्छ र अचानक भत्किन्छ। याङले हालै जलवायु परिवर्तनको कारणले हुने सिङ्कहोलको जोखिम कम गर्ने बारेमा एक अध्ययनको निष्कर्ष प्रकाशित गरेको छ।

‘अमेरिकाको लगभग २० प्रतिशत जमिन जोखिममा छ। फ्लोरिडा, टेक्सस, अलाबामा, मिसौरी, केन्टकी, टेनेसी र पेन्सिलभेनियामा सबैभन्दा बढी क्षति भएको छ,’ उनले भने।

अन्य जोखिममा रहेका क्षेत्रमा बेलायत, विशेषगरी उत्तरी इङल्याण्डको रिपन र योर्कशायर डेल्स, इटालीको लाजियो क्षेत्र, मेक्सिकोको युकाटन प्रायद्वीप, चीन, इरान र टर्कीका केही भाग समावेश छन्।

सिङ्कहोल बन्नुमा जलवायु परिवर्तनको भूमिका

अनुसन्धानका अनुसार जलवायु परिवर्तनका कारण चरम मौसमी घटना बढिरहेका छन्, जसले सिङ्कहोल बन्ने क्रमलाई पनि बढाइरहेको छ।

‘खडेरीको समयमा, जमिनमुनिको पानीको सतह घट्छ, जसले गर्दा माथिको जमिनलाई सहारा दिने भूमिगत आधारलाई कमजोर हुन्छ । त्यसपछि जब अचानक भारी वर्षा वा आँधीबेहरी आउँछ, (जुन अहिले जलवायु परिवर्तनका कारण बढी सामान्य भएको छ) जमिन अचानक पानीको भारले भिजेको हुन्छ र भत्किन्छ। यसले ठूला सिङ्कहोल सिर्जना गर्छ’‚ याङले भने।

उनले टर्कीको प्रमुख कृषि क्षेत्र मध्य एनाटोलियाको कोन्या मैदानतर्फ ध्यानाकर्षण गर्दै भने। कोन्या क्षेत्र ‘कास्र्ट टेरेन’ (घुलनशील चट्टानहरू भएको क्षेत्र) हो। यहाँ बढ्दो खडेरीका कारण, मानव वस्ती भएका क्षेत्रहरूमा पनि सिङ्कहोल बन्न थालेका छन्।

कोन्या प्राविधिक विश्वविद्यालयका प्राध्यापक र विश्वविद्यालयको सिङ्कहोल अनुसन्धान केन्द्रका प्रमुख फेतुल्ला अरिकले सन् २००० को दशकअघि त्यस क्षेत्रका अनुसन्धानकर्ताहरूले प्रत्येक केही वर्षमा सिङ्कहोलको घटना रेकर्ड गर्ने गरेको बताए। उनका अनुसार गत वर्ष (सन् २०२४ मा) मात्र ४२ सिङ्कहोल रेकर्ड गरिएका छन्।

कोन्या बेसिनमा जमिनमुनिको पानीको सतह १९७० को तुलनामा कम्तिमा ६० मिटर (१९७ फिट) ले घटेको छ। ‘इनारहरू ३०० मिटरभन्दा बढी गहिरो खनिएका छन् तर कोन्या बेसिनको किनारा नजिकका केही क्षेत्रमा भूमिगत पानी भेटिँदैन’,अरिक बताउँछन्।

जलवायु परिवर्तनसँगै बढ्दो खडेरीका कारण भूमिगत पानीको स्तर निरन्तर घट्दै गइरहेको छ। वर्षाले पानीका स्रोत भर्न सकिरहेका छैनन् र मानिसहरू जमिनबाट धेरै पानी निकालिरहेका छन्।

यसले सिङ्कहोल बन्ने जोखिम झन् बढाउँछ। मानव वस्ती भएका क्षेत्रहरूमा यो अवस्था अझ खतरनाक हुन सक्ने विज्ञहरु बताउँछन्। यदि त्यहाँको जमिन कुनै बेला भत्कियो र सिङ्कहोल बन्यो भने धेरै भवन भत्किन सक्छन्।

‘यदि तपाईंले जुसको बक्सबाट धेरै छिटो रस निकाल्नुभयो भने, त्यो झन् भित्रतिर  थिचिन्छ। जमिनसँग पनि त्यस्तै हुन्छ। धेरै चाँडो भूमिगत पानी निकालि दिएपछि जमिनमुनिको सहारा कमजोर हुन्छ र जुसको बक्स कुच्चिए जस्तै गरी जमिन पनि भत्किन सक्छ’ न्यूयोर्कको होफस्ट्रा विश्वविद्यालयमा भूगर्भ, वातावरण र दिगोपनका सहप्राध्यापक एन्टोनियोस ई. मार्सेलोसले भने।

जलवायु परिवर्तनको सिङ्कहोल निर्माणमा पर्ने प्रभावबारे अनुसन्धान गरेका मार्सेलोसका अनुसार ठूला शहरहरूमा वायु प्रदूषणका कारण अवस्था झन् खराब हुँदै जान्छ। प्रदूषित पानी बढी अम्लीय हुन्छ र जमिनमुनिका चट्टान छिटो पग्लन थाल्छन्।

मार्सेलोस र उनको टोलीले न्यूयोर्कको लङ आइल्याण्डमा लगभग ८० वर्षसम्म फ्रिज–चक्रको अध्ययन गरेका छन् । त्यसबाट उनीहरूले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले माटोको स्थिरता र पकडलाई कमजोर बनाएको थाहा पाए । यसले सिङ्कहोलको निर्माणलाई प्रत्यक्ष असर गरिरहेको उनी बताउँछन् ।

सिङ्कहोल बन्न नदिन सकिन्छ?

विज्ञहरूले सिङ्कहोल बन्नुअघि स्थिति पहिचान गर्न उपग्रह रिमोट सेन्सिङ र जमिन–पेनिट्रेटिङ राडार जस्ता प्रविधि प्रयोग गर्ने गरेका छन् । ती प्रविधिको मद्दतले, क्रमिक रूपमा जमिनमुनिको खाली ठाउँ पत्ता लगाइन्छ।

अन्य विधिमा जमिनमुनिको जल स्तरको निगरानी र जमिनमा निर्माण गर्नु अघि भू–प्राविधिक सर्वेक्षण छन् जसबाट कुनै क्षेत्रको जमिनमा सिङ्कहोलको जोखिम छ कि छैन भनेर पत्ता लगाउन प्रयोग गर्न सकिन्छ।

यदि जमिनमुनि कुनै खाली ठाउँ भेटियो भने विज्ञहरूले दन्त चिकित्सक जस्तै काम गर्छन् । ‘हामी पनि त्यही प्रक्रिया पछ्याउँछौ। भविष्यमा सहारा दिन नसक्ने र जमिन भासिन सक्ने गरी कतै जमिनमुनि कुनै खाली ठाउँ छ कि छैन भनेर जाँच गर्छौ’ मार्सेलोस भन्छन् ।

चट्टानको बनावट, भूकम्पीय गतिविधि जस्ता स्थानीय परिस्थितिको आधारमा ती खाली ठाउँलाई पछि सिमेन्ट जस्ता चीजहरूले भर्न सकिने उनले बताए।

प्राध्यापक एरिकका अनुसार टर्कीको कोन्या बेसिन क्षेत्रको ८० प्रतिशतभन्दा बढी पानी कृषिमा प्रयोग गरिन्छ। ‘यस्तो अवस्थामा त्यहाँ सबैभन्दा महत्वपूर्ण कुरा भूमिगत पानीको अत्यधिक दोहनलाई नियन्त्रण गर्नु हो, ताकि माटोमुनि प्राकृतिक सहारा बनिरहोस्’‚ अरिकले भने।

याङका अनुसार सिङ्कहोल जस्ता समस्याहरू रोक्न जल स्तरलाई नियन्त्रित गर्ने, पाइप लाइन चुहावट समाधान गर्ने र निर्माण सम्बन्धी कडा नियम लागू गर्ने लगायतका अन्य उपाय लिन सकिन्छ।

‘इन्जिनियरिङ उपायहरूबाट जमिनमुनिको खाली ठाउँलाई ग्राउट (सिमेन्ट जस्ता वस्तु) ले भरिदिने, खुकुलो माटोलाई दबाएर बलियो बनाउने या जमिनलाई सहारा दिनका लागि जियोग्रिड प्रविधिको प्रयोग गरी जमिनलाई स्थिर बनाउन सकिन्छ’ ‚याङ भन्छन्।

Previous Post

मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

Next Post

रातो बन्दा स्वास्थ्यका लागि फाइदाजनक: यी हुन् मुख्य लाभहरू

metakhabar

metakhabar

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
अन्तर्राष्ट्रिय

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

१२ असार २०८३,
डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली
आवाज

डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

१२ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

१२ असार २०८३,
जापान र स्विडेन नकआउट चरणमा
खेलमैदान

जापान र स्विडेन नकआउट चरणमा

१२ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

१२ असार २०८३,
Load More
Next Post
रातो बन्दा स्वास्थ्यका लागि फाइदाजनक: यी हुन् मुख्य लाभहरू

रातो बन्दा स्वास्थ्यका लागि फाइदाजनक: यी हुन् मुख्य लाभहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In