• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मौलिक नाचहरु

metakhabar by metakhabar
२९ साउन २०८२,
0
जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मौलिक नाचहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, २९ साउनः मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवम् परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिखेर धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ । प्रत्येक वर्ष वैशाख २ गते सिन्दुर जात्रा, जिब्रो छेड्ने जात्राले मात्रै होइन, गाईजात्राको भोलिपल्ट द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीन रात अनवरत रूपमा टोलटोलमा नाचिने विभिन्न देवीदेवताका नाचले मध्यपुरथिमि यतिखेर राति पनि ब्युझिरहेको छ ।

विभिन्न देवीदेवताका मुकुण्डो धारण गरी धार्मिक, सांस्कृतिक र ऐतिहासिकतालाई जीवन्त राख्दै मध्यपुरथिमिको टोलटोलमा नीलबाराही प्याखँ, भैल प्याङ्ख, सलचा प्याङ्खजस्ता नाचहरु नाच्दै देवीदेवताको पहिचानलाई जीवित सङ्ग्रहालयको रूपमा यथावत राख्न सफल भएको नगर भैरव नाचका गुरु एवम् संस्कृतिविद् अर्जुन श्रेष्ठ बताउनुहुन्छ ।

यतिखेर विभिन्न बाजाको तालमा विभिन्न धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको फरकफरक नाचको प्रर्दशन हेर्दा यहाँको कला, संस्कृतिको धरोहरलाई जीवन्त राख्न यहाँका बासिन्दा निकै जुर्मुराएके छन् । मध्यपुरथिमिभित्र विभिन्न देवीदेवताको मुकुण्डो धारण गरेर नाचिने यस्ता नाच कुनै डबलीमा प्रस्तुत गरिने नाटकीय भने होइनन् । यी नाचभित्र तान्त्रिक र दैवी शक्तिको बास हुने यहाँका धार्मिक एवम् नाचका गुरु बताउछन् । यी नाचको अवलोकन गर्न मध्यपुरथिमिको बासिन्दा मात्रै होइन, उपत्यकाका नेवार समुदायको बाहुल्यतासँगै अन्य जातजातिसहितको हजारौँ रातको पर्वाह नगरी सहभागी हुनेगरेका छन् । यसवर्ष मध्यपुरथिमिमा तान्त्रिक र दैवी शक्ति बोकेको नीलबाराही नाच, भैरव नाच र सलचाँ नाच प्रर्दशन गरिएको छ ।

नीलबाराही नाचः
मध्यपुरथिमिको बोडेमा प्रसिद्ध नीलबाराही मन्दिर छ । नीलबाराही जङ्गलको छेउमा रहेको यो मन्दिर यहाँका बासिन्दाको धार्मिक आस्थाको धरोहर हो । नीलबाराही देवीप्रतिको धार्मिक विश्वास, आस्थालाई यहाँका बासिन्दाले जीवन्त राख्दै आएका छन् । त्यसको उदाहरण हो, द्यो प्याखँ अर्थात नीलबाराही नाच ।

मध्यपुरथिमिको बोडेमा हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यराति अर्थात भाद्र द्वितीयादेखि पञ्चमीसम्म नीलबाराही नाच चार दिन तीन रातसम्म यहाँको टोलटोलमा प्रदर्शन गर्ने गरिन्छ । नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ देवगणले नाच नाच्ने गर्दछन् । देवता १९ जना, गुरु छ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने नौ जनाको नाचमा प्रतक्ष संलग्नता रहने गर्दछ ।

बोडेको लाकुछँेबाट सुरु भई लाछी, लाछकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः खासी टोल भएर लाकुछेंमा आएर मुकुण्डो निकालेपछि समापन हुने स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने र यहाँका बासिन्दाले पूजा एवम् दानदक्षिणा दिने परम्परा रहेको स्थानीय उहाँ बताउनुहुन्छ ।

दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर नाच्नु पर्ने नीलवाराही नाच कहिलेदेखि सुरु भएको भत्रेबारे यकिन तथ्य फेला नपरे पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरू भएको हुनुपर्ने स्थानीयको भनाइ छ । विगत २८ वर्षदेखि पोङ्गा पुजामा सहभागी हुँदै आउनु भएका ४७ वर्षीय लुमन धों श्रेष्ठ आफ्नो पुर्खाको आठ पुस्तादेखि नीलबाराही नाचमा सहभागिता रहँदै आएको बताउनुहुन्छ । उहाँले देवगण फेरिदा पनि पोङ्गा पूजाको कोटा नफेरिने बताउँदै नाचमा सहभागी हुने देवगणको मृत्यु वा नीलबाराही देवीको दैवी शक्तिले बाहेक अरु अवस्थामा देव गण फेर्न नपाईने उहाँको भनाइ छ ।

बाराही देवगणका सहयोगी एवम् बोडेको जिब्रो छेड्ने जात्रामा आठ पटक जिब्रो छेडाउनु भएका जुजुभाई बाँस श्रेष्ठ भन्नुहुन्छ, “हामीले चाहेर आफूखुसी देवगण फेरिने होइन, यो त नीलबाराहीको अदृश्य दैवी शक्तिले फेरिने हो, २०१५ सालमा एकपटक देवीको शक्तिले देव गण परिवर्तन भएको थियो, देव गणको मृत्यु भएमा मात्रै उहाँकै परिवारको एक सदस्यले देव गणको भूमिका निर्वाह गर्नुपर्छ । त्यसैले ७० वर्षभन्दा माथि ७६ वर्षसम्मका देव गणले अझै पनि नाचिरहनु भएको छ ।”

देवगणको मृत्यु भएपछि पनि उहाँको ठाउँ उहाँकै परिवारभित्रको सदस्यलाई तान्त्रिक शक्तिबाट देव गण हस्तान्तरण गर्नुपर्छ । नाचको किम्बदन्तीबारे बताउँदै दिलकृष्ण प्रजापतिले भन्नुभयो, “परापूर्वकालमा खेतमा काम गर्न गएका बोडे शहरका स्थानीय धोँ जातका एक व्यक्ति हराए, अचानक उनी घर नर्फिकएपछि चारैतिर खोजी भयो तर भेटिएनन् । चार दिनपछि उनी फर्किए । फकिएपछि उनले आफू खेत जाँदा नीलबाराही देवीले लगेर नीलबाराही जङ्गलमा चार दिनसम्म कसैले नदेख्ने गरी राखेर नाचको सम्पूर्ण विधिविधान सिकाई यो नाच हरेक वर्ष चलाउनु भनेर पठाएको भनेको आधारमा त्यसै वर्षदेखि यो नाच सुरु भएको किम्बदन्ती रहेको छ । दैवी शक्तिको आधारमा यो नाच चलिरहेको छ ।” नीलबाराही जङ्गलमा नाच सिकाएको ठाउँ अहिले पनि रहेको स्थानीयको भनाइ छ ।

नाच अवधिभर देव गणले खान, भूईमा बस्न, कसैसँग बोल्न, घामपानीमा छाता ओड्न, दिसापिसाब गर्न तथा जुत्ता लगाउन हँुदैन भन्ने मान्यता छ भने नाच्नेले पनि निकै कडा नियमको पालना गर्नुपर्छ । देव गणले मुकुण्डो लगाएर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाहे भए पनि काँही बस्न पाइदैन, बस्नै परे पनि ज्वकालुको काखमा या जिउमा अडेस लगाएर बस्नुपर्छ । नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुँदैन । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमार समेत गर्नु हुँदैन । परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेको छ ।

बिहानीपख देव गणलाई पूजा गर्ने स्थानीयको घुईंचो लाग्ने गर्छ । जात्रा पहिलो बिहान सकिन्छ, दोस्रो दिन भने बिहान चार बजे सुरू भएर साँझ सम्पन्न हुन्छ भने तेस्रो दिन बिहान सुरू भएर साँझ र चौथो दिन बिहानदेखि साँझसम्मनै निरन्तर चलिरहन्छ । नाचमा भुस्या बाजाः बजाउँदै आउनुभएका ६० वर्षीय तेजकुमार ब्याय श्रेष्ठले नाच द्यों क्षे अर्थात देवता घरबाट निकालेर टोलटोल परिक्रमा गराइने बताउनुहुन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म ‘प्याँखा स्यनेगु’ अर्थात नाचको तयारी गरिन्छ । भगवान्प्रतिको आस्था र परम्परा जोगाउनकै लागि यहाँका बासिन्दाले नाचलाई निरन्तरता दिइरहेका छन् ।

भैल प्याखँ अर्थात भैरव नाचः
मल्लकालीन तान्त्रिक लाय्कू भैलः अर्थात भैरव नाच पनि भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया)देखि पञ्चमीसम्म चार रातभर प्रदर्शन गरिन्छ । मध्यपुरथिमि–४ लायकू दरबारमा लाय्कुमा नासःद्यो (नाट्यश्वरी)को साधना गरी भैलः प्याखँका देवगण निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा पुगेर साधना गरी प्रदर्शन गरिएको छ ।

दैवी र तान्त्रिक शक्ति जगाएर नाचिने भैलः (भैरव) देवगण दथलय, मरुटोल, इनायलाछी, दिगुटोललगायतका टोलमा पुगेर प्याखँ (नाच) प्रदर्शन गरिएको छ । भैलः प्याखँका आज रातिसम्म नाचिने गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । लाय्कु भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरव) एक, ज्यापुङ्गः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कुल पाँच जना देवीदेवता रहन्छन् । यसवर्ष लाय्कु भैलःमा हृदय (सुकु) श्रेष्ठ ज्यापुंग, अर्जुन (चितुवा) श्रेष्ठ न्हापाँ भैल, सुलभ (सिबन्जा) श्रेष्ठ लिपाँ भैल, सन्देश (हामो) श्रेष्ठ न्हापाँ दाँगी र स्वयम (थापा) श्रेष्ठ लिपाँ दाँगीको भूमिकामा रहेको गुरु श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी बाद्यवादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादक तीस जनाभन्दा बढी रहेका छन । यसका साथै प्याखँका कलाकारका सहयोगीसमेत करिव ५० जनाभन्दा बढीको टोली भैल प्याखँमा सहभागी रहेको श्रेष्ठले बताउनुभयो ।
लायकू भैलः नाच तान्त्रिक विधिअनुसार टोल टोलमा प्रस्तुत गर्ने र नाचमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात कपालको बिंया, अक्षता, ताय् भएको भाडो, हातमा लिएर धाः बाजाको साथै नाचका लागि १२ जनाले दाग ः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई विभिन्न ३० देखि ३२ तालमा नाच्ने परम्परा रहेको नाचका गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । लाय्कु भैलःको न्हापाँ भैलःलाई दिगु टोलको चण्डी भैल पनि भनिन्छ । चण्डी भैलः अथवा प्रचण्ड भैरव अष्ट भैरवको आठ रूपमध्ये एक रूपको रूपमा लिइन्छ । यो भैलको दायाँ हातमा खड्ग हुन्छ र यही खड्गलाई चलाउँदै बाजाको तालमा नाच्ने गर्दछ ।

त्यस्तै लिपाँ भैलः प्याखँमा न्हापाँ भैलको पछाडी बस्ने गर्दछ । लिपाँ भैलःलाई क्वँचा भैल पनि भनिन्छ । यो भैलः बालकुमारीको भैलः द्यो हो । यसलाई बटुक भैरवको प्रतीकको रूपमा पनि लिइन्छ । यो भैलःको दायाँ हातमा खड्ग हुन्छ र यही खड्गलाई चलाउँदै बाजाको तालमा नाच्ने गर्दछ ।
भैल प्याखँको न्हापाँ दागीँलाई बालकुमारीको प्रतिकको रूपमा लिइन्छ । बालकुमारी चण्डी भैलःको शक्ति देवी हो । नाचको क्रममा न्हापा दागीँ लिपाँ भैलःको पछाडि बस्ने गर्दछ । न्हापा दागीँको दाँया हातमा डमरु हुने गर्दछ । बाजाको तालमा डमरु बजाउँदैं नाच्ने गर्दछ । लिपाँ दागीँ महालक्ष्मीको प्रतिकको रूपमा लिइन्छ । नाचको क्रममा लिपाँ दागीँ न्हापा दागीँको पछाडि बस्ने गर्दछ । नाचको क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
शास्त्रीय एवम् तान्त्रिक विधिको प्रयोग गरी देव गणहरुको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको उहाँको भनाइ छ । उनीहरुलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रर्दशनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो । मल्लकालीन लायकू भैलःनाच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरी पुनः लायकू, दुईपोखरी, दिगु भैरवसम्म परिक्रमा गरी पुन लायकू दरबारमा पु¥याइन्छ । मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवगणले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ ।

प्राचीनकालमा मध्यपुर थिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि लाय्कूका सञ्चालक सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्वानसँग छलफल गरी स्थानीय मानिसहरुमा तान्त्रिक विद्यामार्फतबाट मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किम्बदन्ती रहेको गुरु श्रेष्ठको भनाइ छ ।

महाभारतमा आधारित सलचाँ प्याँख नाचिदै ः
मध्यपुर थिमि नगरपालिका–५ पोबुका स्थानीय बासिन्दा तथा सिद्धिकाली छत्र गुठीले यसवर्ष लोपोन्मुख सलचाँ प्याखँ नाचको प्रदर्शनी गरेको छ । मध्यपुरथिमिमा नौ वर्षपछि अर्थात यसवर्ष यो प्रदर्शनी गरेको हो । यो नाच पनि गाईजात्राको भोलिपल्ट अर्थात् साउन २६ गतेदेखि आजरातिसम्म सञ्चालन हुनेछ ।

पाँच पाण्डवको प्रतीक स्वरूप उक्त नाचमा पाँच जना कलाकारको सहभागिता रहेको छ । महाभारतमा आधारित उक्त नाचमा पाँच पाण्डव १२ वर्ष वनबास र एक वर्ष गुप्तबास सकेर वर्षौंपछि विजयोत्सव गर्दै घोडामा फर्किएको प्रसङ्गलाई यो नाचमा नाटकीय ढङ्गले प्रस्तुत गरिएको छ । यस वर्ष नाचका लागि जस्टिन भासिमा, सोमेन भासिमा, क्रिसब भासिमा, रेमुन भासिमा र सफिन भासिमाले पाँच पाण्डबको स्वरूपमा धारण गरी ताीन्त्रक विधिअनुसार नाच प्रदर्शन गरिएको छ ।

बिकुलाल भासिमा मुख्य गुरू र कान्छा भासिमा खि का गुरू रहेको यो नाचमा यसवर्ष पोबु, भुँलाखेल, बालकुमारी, लाय्कु, चपाचो, हात्तीमहाँकाल, गुङ्गचिवा, गार्चा, पाचोलगायतका स्थानमा प्रदर्शन गरेको छ । यो नाच यसअघि २०७४ सालमा निकालिएको थियो । मध्यपुरथिमिको अर्को प्रसिद्ध महाकाली नाच भने यसवर्ष कतै निस्किएन ।

Previous Post

पाँच कारणले खानु हुँदैन अण्डाको पहेँलो भाग

Next Post

वर्षामा स्वास्थ्य जोगाउन यी खानेकुरा टाढा राख्नुहोस्

metakhabar

metakhabar

सम्बन्धित खबर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
Load More
Next Post
वर्षामा स्वास्थ्य जोगाउन यी खानेकुरा टाढा राख्नुहोस्

वर्षामा स्वास्थ्य जोगाउन यी खानेकुरा टाढा राख्नुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In