• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    पाथीभरामा पाँचौँ पटक हिमपात

    पाथीभरामा पाँचौँ पटक हिमपात

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    पाथीभरामा पाँचौँ पटक हिमपात

    पाथीभरामा पाँचौँ पटक हिमपात

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम पक्राउ

metakhabar by metakhabar
२८ साउन २०८२,
0
दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सियोल। दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम किओन हीलाई पूँजी बजार प्रभावित गर्ने र भ्रष्टाचारलगायत विभिन्न अभियोगमा मङ्गलबार राति पक्राउ गरिएको छ।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ५२ वर्षीय किमविरुद्ध पक्राउ पुर्जी जारी गर्न अभियोजकहरूको अनुरोधको पुनरावलोकन गरेको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो।

अभियोजकहरूले किमको कथित ‘गैरकानुनी कार्य’ बारे ८४८ पृष्ठलामो राय पेश गरेपछि प्रमाण नस्ट गर्न सक्ने खतरा रहेको भन्दै पक्राउ पूर्जी जारी गरिएको हो ।

उनको पक्राउसँगै दक्षिण कोरियाको इतिहासमा पहिलो पटक एक पूर्व राष्ट्रपति र प्रथम महिला जेलमा परेका छन् ।

किममाथि लगाइएको अभियोगमा पूँजी बजार र वित्तीय लगानीसम्बन्धी कानूनका साथै राजनीतिक कोषसम्बन्धी कानुनको उल्लङ्घन गरेको पनि उल्लेख छ ।

गत डिसेम्बर ३ मा पूर्व राष्ट्रपति युन सुक योलले संसद्मा सैनिक तैनाथ गरी संसदीय प्रक्रिया अवरूद्ध पार्न खोजेको तर विपक्षी सांसदहरूले सुरक्षाकर्मीको हस्तक्षेपका बाबजुद् संसद्मा प्रवेश गरी उनको गैर–कानुनी कदमविरूद्ध मतदान गरेका थिए । उहाँविरूद्ध पछि महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो भने महाभियोगको प्रस्ताव दुई तिहाई मतले पारित भएपछि उनलाई पक्रउ गरिएको थियो ।

पूर्व राष्ट्रपति योलले आश्चर्यजनक सैनिक शासन घोषणा गरेपछि भएको यो गिरफ्तारी दक्षिण कोरियाको इतिहासमा नै पूर्वराष्ट्रपति र पूर्वप्रथम महिला दुबैजना बन्दी बनेको पहिलो घटना हो ।

पूर्वउच्च अभियोजकसमेत रहेका पूर्वराष्ट्रपति यूनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो र मार्शल ल को घोषणाको कारण पदबाट हटाइएको थियो। उनको पक्राउपछि रिक्त रहेको राष्ट्रपति पदका लागि जूनमा मध्यावधि चुनाव भएकोे थियो।

पूर्वराष्ट्रपति यून जुलाई १० देखि पक्राउ परेका छन् र अहिले हिरासतमा छन् ।

बुधबार सरकारी वकिलको कार्यालय पुगेकी किमले भनिन्, “कुनै महत्वको व्यक्ति नभए पनि राष्ट्रको लागि समस्या सिर्जना गरेको भए म क्षमा याचना गर्दछु ।”

पूँजी बजार हेरफेरमा भूमिका खेलेको विवादले लामो समयदेखि किमलाई घेरेको छ ।

सन् २०२२ मा एक जना बामपन्थी पास्टरले उहाँलाई दिएको डायर ह्यान्डब्याग उपहारसहितको भिडियो खिचेपछि सार्वजनिक आलोचना सुरु भएको थियो।

उनीमाथि युनको पार्टीमा सांसदहरूको मनोनयन प्रक्रियामा हस्तक्षेप गरेको आरोप पनि लगाइएको छ, जुन निर्वाचन कानूनको उल्लङ्घन हो।

राष्ट्रपतिका रूपमा युनले विपक्षी नियन्त्रित संसदले पारित गरेका तीन वटा विशेष अनुसन्धान विधेयकमा भिटो लगाएको थियो । जसमा किममाथि लागेको आरोपको छानबिन गर्न खोजिएको थियो। त्यसको एक हप्तापछि युनले असफल सैनिक शासनको घोषणा गरेको थियो ।

जेलको नियमअनुसार किमले आफ्नो सामान्य लुगाबाट जेलको खाकीको कपडा लगाउनुपर्नेछ भने कैदीको नम्बर पनि तोक्नु पर्नेछ ।

दक्षिण कोरियामा गर्मीको लहर चलिरहँदा पूर्व प्रथम महिलालाई १० वर्ग मिटर (१०७ वर्ग फिट) को एकान्त कक्षमा राखिएको छ, जसमा पङ्खा छ तर वातानुकूलन छैन।

जेलको आधिकारिक तालिका अनुसार उनलाई रोटी, जाम र ससेजसहित नियमित ब्रेकफास्ट दिइएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार उनको कोठामा खान र पढ्नका लागि एउटा सानो टेबल, एउटा शेल्फ, एउटा सिङ्क र एउटा शौचालय छ, तर ओछ्यान छैन।

उनलाई सामान्यतया उनका पतिसरह नै कैदी गृहमा राखिने भए तापनि अभियोजकहरूले सोमबार उनलाई २० किलोमिटर टाढाको छुट्टै हिरासतमा राख्न अनुरोध गरेका थिए।

पक्रउपूर्जी जारी भएपछि प्रथम महिलाको पूर्वराष्ट्रपतिको परिवारका लागि दिइएको सुरक्षा सेवाको सुरक्षा तुरुन्तै समाप्त गरिएको थियो।

कानुनविद् किम नाम–जुले एएफपीसँग कुरा गर्दै अभियोजनकर्ताले किमलाई २० दिनसम्म थुनामा राख्न सकिने बताएको छ ।

वकिल नाम–जुले भने, “किममाथि अभियोग अनुसार उहालाईँ कम्तीमा छ महिनासम्म हिरासतमा राख्न सकिनेछ ।

पूर्वप्रथम महिलाले वारेन्टलाई गैरकानुनी भन्दै अदालतमा चुनौती दिन सक्ने व्यवस्था दक्षिण कोरियाको कानुनी प्रावधान छ । वकिल नाम–जुले भने, “तर हालको परिस्थितिलाई हेर्दा, प्रमाण नष्ट हुने उच्च जोखिम देखिन्छ, जसले गर्दा वारेन्ट रद्द हुने र व्यक्तिलाई रिहा गर्ने सम्भावना कम हुन्छ।”

“अर्को विकल्प जमानत हो, तर प्रमाण नष्ट गर्नेबारे चिन्ता भएको अवस्थामा यो अनुमति पनि दिइएको छैन।

Previous Post

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

Next Post

वनमन्त्री शाही र एमसिसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्कियो
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्कियो

७ चैत्र २०८२,
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
आर्थिक

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

७ चैत्र २०८२,
दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी
आर्थिक

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

७ चैत्र २०८२,
पाथीभरामा पाँचौँ पटक हिमपात
आवाज

पाथीभरामा पाँचौँ पटक हिमपात

७ चैत्र २०८२,
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
फिचर-ब्यानर

श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

७ चैत्र २०८२,
Load More
Next Post
वनमन्त्री शाही र एमसिसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेटवार्ता

वनमन्त्री शाही र एमसिसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In