• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चीनको कर युद्धविरामलाई ९० दिनले बढाउने आदेशमा ट्रम्पको हस्ताक्षर

metakhabar by metakhabar
२७ साउन २०८२,
0
चीनको कर युद्धविरामलाई ९० दिनले बढाउने आदेशमा ट्रम्पको हस्ताक्षर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार वासिङ्टन र बेइजिङबीचको व्यापार युद्धविरामको म्याद समाप्त हुनुभन्दा केही घण्टाअघि चिनियाँ सामानमा उच्च भन्सार शुल्क पुनः लागु गर्न ढिलाइ गर्ने आदेश दिनुभएको छ ।

ह्वाइट हाउसले उच्च भन्सार शुल्क रोकेको कार्य नोभेम्बर १० सम्म लागू हुनेछ ।

“मैले भर्खरै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु जसले चीनमाथिको भन्सार शुल्क निलम्बन अर्को ९० दिनका लागि विस्तार गर्नेछ”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ ।

संयुक्त राज्य अमेरिका र चीनले यस वर्ष एक अर्काका उत्पादनहरूमा बढ्दो भन्सार शुल्कहरू लगाए, तिनीहरूलाई निषेधात्मक तीन अङ्कको स्तरमा ल्याए र व्यापारलाई अवरुद्ध गरे, दुवै देश मेमा तिनीहरूलाई अस्थायी रूपमा घटाउन सहमत भए ।

तिनीहरूको उच्च भन्सार शुल्कको ९० दिने रोकावट मङ्गलबार समाप्त हुने भएको थियो ।

ट्रम्पले नयाँ म्याद थप भएको पुष्टि गरे लगत्तै चिनियाँ राज्य सञ्चार सिन्ह्वा समाचार एजेन्सीले स्टकहोममा भएको अमेरिका–चीन वार्ताको संयुक्त वक्तव्य प्रकाशित गर्दै युद्धविरामको आफ्नो पक्षलाई पनि विस्तार गर्ने बताएको छ ।

चीनले १० प्रतिशत भन्सार शुल्क कायम राख्दै अगस्ट १२ देखि ९० दिनका लागि आफ्नो अघिल्लो भन्सार शुल्क वृद्धि निलम्बन जारी राख्नेछ ।

यसले ‘जेनेभा संयुक्त घोषणामा सहमति गरिए अनुसार संयुक्त राज्य अमेरिकाविरुद्ध गैर–कर प्रतिकारक उपायहरूलाई निलम्बन गर्न वा हटाउन आवश्यक उपायहरू लिने वा कायम राख्ने’ सिन्ह्वाले जनाएको छ ।

मङ्गलबार आफ्नो वेबसाइटमा पोस्ट गरिएको कार्यकारी आदेशमा, ह्वाइट हाउसले ‘ठूला र निरन्तर वार्षिक अमेरिकी सामान व्यापार घाटाहरू’ छन् र तिनीहरूले ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि असामान्य र असाधारण खतरा गठन गर्छन्’ भन्ने आफ्नो अडान दोहो¥याएको छ ।

आदेशले ‘हाम्रो आर्थिक सम्बन्धमा व्यापारिक पारस्परिकताको कमीलाई सम्बोधन गर्न’ बेइजिङसँग वासिङ्टनको चलिरहेको छलफललाई स्वीकार गरेको छ र चीनले अमेरिकी गुनासाहरूको ‘समाधानका लागि महत्त्वपूर्ण कदम चाल्न जारी राखेको’ उल्लेख गरेको छ ।

नब्बे दिनको विस्तारको अर्थ युद्धविराम अब नोभेम्बर १० को मध्यरातपछि समाप्त हुने तय भएको छ ।

– ट्रम्प–सी शिखर सम्मेलन ? –

“बेइजिङ अमेरिका–चीन वार्ता जारी राख्न पाउँदा खुसी हुनेछ, तर यसले छुट दिने सम्भावना छैन”, अन्तर्राष्ट्रिय सङ्कट समूहका विश्लेषक विलियम याङले चेतावनी दिनुभयो ।

चीनले दुर्लभ खनिज निर्यातमाथिको आफ्नो प्रभावलाई बलियो मान्छ र बेइजिङले सम्भवतः वासिङटनमाथि दबाब दिन यसको प्रयोग गर्नेछ भन्ने उहाँको विश्वास छ ।

अमेरिका–चीन व्यापार परिषद्का अध्यक्ष सिन स्टाइनले हालको विस्तार ‘दुई सरकारलाई सम्झौता वार्ता गर्न समय दिन महत्त्वपूर्ण’ रहेको जसले कम्पनीहरूलाई योजना बनाउनका लागि अत्यधिक आवश्यक निश्चितता प्रदान गर्ने बताउनुभयो ।

व्यापार सम्झौताले ‘यस शरद ऋतुमा ट्रम्प–सी शिखर सम्मेलनको लागि मार्ग प्रशस्त गर्ने’, एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका वरिष्ठ उपाध्यक्ष वेन्डी कटलरले बताउनुभयो ।

तर स्वयं एक पूर्व अमेरिकी व्यापार अधिकारी कटलरले भन्नुभयो, “यो पार्कमा हिँड्न धेरै टाढा हुनेछ ।”

मेमा जेनेभामा उच्च स्तरीय वार्तापछि तनाव घटाउन दुवै देशहरूले सम्झौता गरे भएता पनि तनाव कम गर्ने दिशामा कुनै प्रगति भएको छैन ।

असहमति देखा पर्दा र अमेरिकी अधिकारीहरूले आफ्ना समकक्षीहरूलाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाएपछि प्रमुख आर्थिक अधिकारीहरूको बैठक जुनमा लन्डनमा भएको थियो । नीति निर्माताहरूले गत महिना स्टकहोममा फेरि भेट गरेका थिए ।

आइतबार एक सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले चीनले ‘चाँडै आफ्नो सोयाबिन अर्डरहरू चार गुणा बढाउने’ आशा गरेको र यो संयुक्त राज्य अमेरिकासँग व्यापार सन्तुलनको एक तरिका हुने बताउनुभयो ।

उनीहरूको मेको युद्धविरामको एक हिस्साका रूपमा, चीनलाई लक्षित गर्ने नयाँ अमेरिकी भन्सार शुल्क ३० प्रतिशतमा घटाइएको थियो र चीनबाट सम्बन्धित स्तर १० प्रतिशतमा घटाइएको थियो ।

छुट्टै, जनवरीमा राष्ट्रपतिमा फर्किएपछि, ट्रम्पले लगभग सबै व्यापारिक साझेदारहरूमा १० प्रतिशत ‘पारस्परिक’ भन्सार शुल्क लगाउनुभएको छ । यसको उद्देश्य वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासहरूलाई सम्बोधन गर्ने हो ।

यो गत बिहीबार दर्जनौँ अर्थतन्त्रका लागि विभिन्न स्तरहरूमा पुगेको थियो ।

युरोपेली सङ्घ (इयु), जापान र दक्षिण कोरियाजस्ता प्रमुख साझेदारहरूले अब धेरै उत्पादनमा १५ प्रतिशत अमेरिकी भन्सार शुल्क देख्नेछन् भने सिरियाका लागि यो स्तर ४१ प्रतिशतसम्म पुगेको छ ।

‘पारस्परिक’ भन्सार शुल्कले व्यक्तिगत रूपमा लक्षित गरिएका क्षेत्रहरू, जस्तै स्टिल र एल्युमिनियम तथा र औषधि र सेमीकन्डक्टरहरू जस्ता अनुसन्धान गरिँदै आएका क्षेत्रहरूलाई समावेश गर्दैन ।

तिनीहरूले सुनलाई पनि बाहेक गर्ने अपेक्षा गरिएको छ । यद्यपि गत साता सार्वजनिक गरिएको अमेरिकी भन्सार अधिकारीहरूको स्पष्टीकरणले केही सुनका बारहरू अझै पनि लक्षित हुन सक्ने चिन्ता उत्पन्न गरेको छ ।

ट्रम्पले सोमबार थप विवरणहरू प्रदान नगरी सुनको आयातले थप भन्सार शुल्कहरूको सामना गर्नुनपर्ने बताउनुभयो ।

राष्ट्रपतिले कुको योजना बनाएको आरोप लागेका पूर्वराष्ट्रपति जायर बोल्सोनारोको मुद्दामा ब्राजिल र रुसी तेल खरिदमा भारत जस्ता व्यक्तिगत देशहरूलाई छुट्टै लक्षित गर्नुभएको छ ।

क्यानाडा र मेक्सिको फरक भन्सार शुल्क व्यवस्था अन्तर्गत आउँछन् ।

Previous Post

भारत उत्तराखण्डको बाढी : हराईरहेका २६ नेपालीकाे नाम सार्वजनिक

Next Post

बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In