• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

    इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

    नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

    नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको छः राष्ट्रपति पौडेल

metakhabar by metakhabar
२७ साउन २०८२,
0
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ साउनः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय युवा दिवस–२०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले समृद्ध नेपाल बनाउने युगीन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन् भन्ने आफूलाई विश्वास लागेको बताउनुभयो । उहाँले आफू र आफ्नो पुस्ताको युवामय मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म ल्याएर राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पु¥याउनमै समर्पित रहेको उल्लेख गर्दै क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले आफ्नो युवावय सम्झँदै भन्नुभयो, “यो क्षणमा मैले आफ्नो युवावयको कैयन आरोह अवरोहका अनमोल क्षणहरू सम्झिरहेको छु । तनहुँको बाहुनपोखरामा एउटा सामान्य कृषक परिवारमा जन्मिएर अविकास, गरिबी, पछौटोपन र निरङ्कुशताका विरुद्ध मेरो युवा वयमा हुर्किएको क्रान्ति र परिवर्तनको हुटहुटीलाई सार्थकता दिनु सहज थिएन । परन्तु यसका लागि म र मेरो पुस्ताले सङ्घर्ष, त्याग, अभाव, जेलनेलको कुनै पर्वाह गरेन । र, आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म आइपुग्दा हाम्रो जीवन राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पु¥याउनमै समर्पित रह्यो । क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएका छौँ ।”

प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन एवम् सूचना प्रविधिसहितका उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाले आफूलाई अब्बल प्रमाणित गरिसकेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “यो सामथ्र्य र शक्तिलाई दिगो विकासको अवधारणाअनुरुप देश नवनिर्माणको उज्यालो भविष्यतर्फ उन्मुख गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्दछ ।”

प्रविधिसँग अभ्यस्त नेपाली युवालाई स्वदेशमा नै अवसर दिलाउन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण, नवप्रवर्तन र उद्यमशीलताविस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले यसलाई उपलब्धिमूलक बनाउन देश परिवर्तनका संवाहक युवाको साथ, सहभागिता र जागरुकता आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने समयको माग भइसकेको उल्लेख गर्दै विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्रतर विकासको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मूख्य कार्यभार भएको बताउनुभयो । उहाँले उद्यमशीलता आर्थिक विकासको आधार भएको भन्दै युवाको विदेश पलायन रोकेर उनीहरूलाई रोजगारीतर्फ आकर्षित गर्ने उद्यमशीलता विस्तार एवम् प्रवद्र्धनका नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले अन्तरराष्ट्रिय युवा दिवस युवा सहभागिता र सशक्तीकरणका लागि साझा उत्सव र ऐक्यबद्धताको आधार भएको भन्दै यसले स्थानीयदेखि अन्तरराष्ट्रिय तहसम्मको युवा सहभागितामार्फत दिगो विकास, एकता र ऐक्यबद्धतालाई जोड दिएको महसुस भएको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Previous Post

बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

Next Post

स्पाम कलबाट जुध्न एन्ड्रोइड फोनमा ब्लक गर्ने सजिलो तरिका

metakhabar

metakhabar

सम्बन्धित खबर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी
फिचर-ब्यानर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

४ चैत्र २०८२,
इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग
समाचार

इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

४ चैत्र २०८२,
नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी
समाचार

नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

४ चैत्र २०८२,
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला
समाचार

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

४ चैत्र २०८२,
रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू
समाचार

रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

४ चैत्र २०८२,
भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या
समाचार

भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

४ चैत्र २०८२,
Load More
Next Post
स्पाम कलबाट जुध्न एन्ड्रोइड फोनमा ब्लक गर्ने सजिलो तरिका

स्पाम कलबाट जुध्न एन्ड्रोइड फोनमा ब्लक गर्ने सजिलो तरिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In