• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति

metakhabar by metakhabar
२६ साउन २०८२,
0
वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१र८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) ले जनाएको छ ।

यसवर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी ५८, बाख्रा, खसी र च्याङ्ग्रा २२, घोडा एक र गाई, गोरु छ गरी ८७ पशुचौपायको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) का प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार हिउँ चितुवा, चितुवा र भालुलगायत जङ्गली जनावरको आक्रमणबाट यहाँका किसानले पशुधनमा क्षति व्यहोर्नुपरेको छ ।

गतवर्षको तुलनामा यसवर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी बढी मरेका छन् । गत आर्थिक वर्ष २०८०र८१ मा याकचौरी १७, बाख्रा, खसी र च्याङ्ग्रा ३७ र घोडा एक मरेका प्रमुख भुजेलले बताए । आहारको अभावले वन्यजन्तुले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको उनले बताए । उनले भने , “मांसाहारी वन्यजन्तुको आहार वनजङ्गलमा पाउन मुस्किल भएपछि घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको हो ।”

याकचौरी खुला आकाशमा पाल्ने प्रचलन छ । एकै किसानले धेरै सङ्ख्यामा याकचौरी पालन गर्छन् । जसले गर्दा जोगाउन मुस्किल हुने गरेको छ । उनले भने , “याकचौरीका बाच्छाबाच्छीको सुरक्षाका लागि अहिले भने तारबार लगाएर सुरक्षित बनाइन्छ । तर, ठूला भएका याकचौरी खुला चौरमा नै राख्ने गरिन्छ । जसले गर्दा वन्यजन्तुको आक्रमणमा पर्ने गरेको अध्ययनले देखाउँछ ।”

साना चौरी भाग्न सक्दैनन् । जसले गर्दा बढी आक्रमणमा पर्ने गरेका छन् । तर, ठूला याकचौरी भाग्ने गर्दछन् र आक्रमणमा पर्दैनन् । विगतमा चरण क्षेत्र (खर्क) मावन बस्ती नजिकै हुने र अहिले तापक्रम वृद्धि हुँदै गएपछि खर्कमाथि सर्दै जाँदा वन्यजन्तुको आक्रमण बढ्दै गएको प्रमुख भुजेलको अनुमान छ ।

उनले भने , “जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रको खर्कमा परेको छ । यसको प्रभावले तापक्रम वृद्धि भई खर्क माथि सर्दै गएको छ । खर्क माथि सरेर पशुको चरण क्षेत्र वनजङ्गलको नजिक हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने सम्भाव्यता बढेको छ ।” पानीको मुहान भएका क्षेत्रमा घाँसे मैदान (खर्क) हुने भएकाले वन्यजन्तुको आक्रमणको जोखिम कम हुने गरेकामा अहिले परिवर्तन भएको पाइन्छ ।

पशुपालक किसान एवं याकचौरी कृषक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थाकालीले भन्नुभयो, “विगतमा वन्यजन्तुको आक्रमण हुन्थ्यो । तर, कम हुने गर्दथ्यो । अहिले बढ्दै गएको छ ।” पहिला पशु मरे भने क्षतिपूर्ति पाउने प्रावधान थिएन । जसले किसान मर्कामा पर्ने गरेका उहाँले बताउनुभयो । पशुधनमा क्षति भए सरकारले किसानलाई प्रोत्साहन र सहयोग पु¥याउने उद्देश्यले क्षतिपूर्तिको व्यावस्था गरेको छ ।

जसले पशुपालक किसानलाई राहत महसुस भएको अध्यक्ष थकालीको भनाइ छ । पानीका मुहान सुक्ने र समयमा हिमपात नहुँदा तल्लो क्षेत्रमा घाँसेमैदान हराउँदै गएकाले जङ्गल क्षेत्रमै चरण क्षेत्र बन्ने गरेको छ । जसले गर्दा वन्यजन्तुको आक्रमण बढ्दै गएको आँकलन गर्न सकिने एक्यापले जनाएको छ । पानीको अभावले घाँसेमैदानको ठाउँ नै फेरिदा यहाँका पशुपालक किसानलाई समस्या हुनुका साथै जोखिममा पर्ने गरेका छन् ।

Previous Post

मध्यपुर थिमिको नगदेशमा १२ वर्षपछि तान्त्रिक भैलः प्याखँ आजदेखि प्रदर्शन हुने

Next Post

३ वर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

metakhabar

metakhabar

सम्बन्धित खबर

तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी
आर्थिक

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

११ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

११ चैत्र २०८२,
Load More
Next Post
३ वर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

३ वर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In