• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अधियाँ खेतीमै निर्भर छ भूमिहीन परिवार

metakhabar by metakhabar
२४ साउन २०८२,
0
अधियाँ खेतीमै निर्भर छ भूमिहीन परिवार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, २४ साउन : शुक्लाफाँटा नगरपालिका–८ नौखरीका कान्छा चौधरी बिहान सबेरै हलो बोकेर निस्कन्छन्, तर त्यो हलो उनी आफ्नै खेत जोत्न होइन । छिमेकीको अधियाँ–बटैयामा बनाएको खेत बारी जोत्नका लागि हो । उहाँसँग घरवासका लागि मात्रै जग्गा छ । त्यस जग्गाले परिवारको वर्षभरिको खानाको जोहो नहुने भएपछि अधियाँ–बटैयामा जग्गा कमाउँदै आउनुभएको छ । उहाँजस्तै अधियाँ–बटैयामा खेती गर्ने नगरपालिकामा दर्जनौँ किसान छन् ।

जो जीविका चलाउनकै लागि अधियाँ अर्थात् बटैयामा खेती गर्दै आएका छन् । बटैयामा खेती गर्ने किसानले र जग्गाधनीले उत्पादन भएको अन्न आधा आधा बाँडेर लिने गरेका छन् । जसका लागि जग्गाधनीले जग्गासँगै सिँचाइका लागि पानी निःशुल्क रूपमा उपलब्ध गराउँछन् । अधियाँ लगाउनेले खेत जोत्छन् । खेती लगाउ छन्, काट्छन्, बाली पाकेपछि भित्र्याउने जिम्मा पनि अधिया गर्नेकै हुने कान्छा बताउनुहुन्छ ।

तर जोत्ने कार्यबाहेक थ्रेसिङ गर्दा लाग्ने खर्च, मलखाद, विषादी, बीउबिजनलगायतको खर्च अधियाँ बनाउने र जग्गा धनिले आधा–आधा बेर्होछन् । जग्गा थोरै हुँदा वर्षभरी खान नपुग्ने परिवारले अधियाँ खेती लगाउने गरेका छन् । अधियाँ खेती गर्ने कार्य भने धेरै वर्षअघिदेखि चल्दै आएको छ । अधियामा खेती गरेर जग्गाधनी र खेती लगाउने व्यक्ति गरी दुई परिवारको जीविका चल्ने गरेको कलेशु चौधरीले बताउनुभयो ।

उहाँका अनुसार अधियाँ लगाउने जोताहा किसानलाई जग्गाधनीले पहिला घरको काममा पनि लगाउने गर्दथे । त्यसका लागि अधिया माग्न जाँदानै मौखिक रूपमा करार गर्नुपर्दथ्यो । बदलिँदो परिवेशअनुसार हाल अधियाँ लगाउने व्यक्तिले जग्गाधनीको घरायसी काम भने गर्नुपर्दैन । त्यो चलन हटेको छ ।

“कसैले स्वविवेकले कार्य गरे भने त्यो बेग्लै कुरा हो”, कलेशुले भन्नुभयो, “पुरानो चलन हटेको छ, मौखिक रूपमा विश्वासका आधारमा हाल काम हुने गरेको छ, अधियाँ लगाउने र जग्गाधनीबीच भने कुनै लिखित करार हुने गरेको छैन ।”

जग्गाधनीले अधियाँ लगाउने किसानले खेती राम्ररी नलगाएबीचमै छुटाउने कार्य हुँदै आएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर चुँनाँराले बताउनुभयो । त्यस कार्यले अधियामा जीविका चलाउने परिवार भने समस्यामा पर्ने गरेको उहाँ बताउनुहुन्छ ।

मञ्चले सङकलन गरेको तथ्याङकअनुसार नगरपालिकामा खेती गर्ने जमिन थोरै छ । जमिनमा आश्रित जनसङ्ख्या अत्यधिक छ । नगरपालिकाको कूल १६२ दशमलव ७५ वर्गकिलोमिटर क्षेत्रफलमध्ये केवल आठ दशमलव ४२ वर्ग किलोमिटर (५.१७ प्रतिशत) जमिन मात्रै खेतीयोग्य छ । बाँकी सबै क्षेत्रमा वन, बस्ती, सडक, खोलानाला, धार्मिक क्षेत्र र अन्य प्रयोगको जमिन रहेको छ ।
नगरपालिकामा १२ हजार ५८ घरधुरीमध्ये ८२८ परिवारसँग अझैपनि आफ्नो नाममा जग्गा छैन । पुरुषको जग्गामा स्वामित्व ९४ प्रतिशत छ भने, महिलाको नाममा पाँच दशमलव आठ प्रतिशत जग्गाको स्वामित्व छ । लैङ्गिक समानताका चर्का कुरा गरिए पनि व्यहारमा भने महिलाको सम्पती माथिको अधिकार सीमित रहेको मञ्चका सचिव चुँनारा बताउनुहुन्छ ।

उहाँका अनुसार भूमिहीनहरूमध्ये धेरैजसो दलित, सुकुम्बासी र आदिवासी जनजाति समुदायका व्यक्तिहरू रहेका छन् । जसले पुस्तौँदेखि अरुको जमिनमा अधियाँ जग्गा कमाउनका लागि पसिना बगाइरहेका छन् । “हामी पुर्खौदेखि अरुको जमिन जोत्दै आएकाछौँ”, गोरे दमाईले भन्नुभयो, “आफ्नो नाममा जग्गा छैन अरुकै भरमा जीविका चल्दै आएको छ ।”

भूमि अधिकार मञ्चका अनुसार, हालसम्म नगरपालिकाबाट एघार हजार ८५४ अव्यवस्थित बसोबासी, २१५ भूमिहीन दलित र १४८ सुकुम्बासीले जग्गा स्वामित्वका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन् । निवेदन दिएकामध्ये केही वडाका अव्यवस्थीत बसोबासीको जग्गा नापजाँचको कार्य भएको छ भने केही हुने क्रममा रहेको छ । भूमिहीन दलित र सुकम्बासीले निवेदन दिए पनि कुनै पनि कार्य अगाडि बढन सकेको छैन ।

जग्गामा खेती लगाए पनि बर्सेनि आउने बाढीले शुक्लाफाँटाका किसानलाई सास्ती दिने गरेको छ । बाढीकै कारण लगाइएको खेती डुबान र कटानका कारण प्रतिवर्ष प्रभावित हुने गरेको छ । जलवायु परिवर्तनको असरका कारण बेमौसमी वर्ष हँुदा खेती भित्र्याउन नपाउँदै कुनै वर्ष खेतमै धान, गहुँलगायतका बालीमा नोक्सानी बेहोर्नुपर्ने अवस्था रहने मञ्चका सुदूरपश्चिम अध्यक्ष नन्दादेवी जोशीले बताउनुभयो ।

उहाँका अनुसार अघिल्लो दुई वर्षमा मात्रै नगरपालिकाका आठभन्दा बढी परिवार बाढी र डुबानले प्रत्यक्ष प्रभावित भएका थिए । “जसबाट सबैभन्दा बढी मार अधियाँ जग्गा कमाउने जोताहा किसानलाई पर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “जसमा भूमिहीन दलित, सुकुम्बासी परिवारका व्यक्तिहरू समस्यामा पर्ने गरेका छन् ।”

जलवायु परिवर्तनको असरले वर्षा चक्र अनियमित बन्दा कहिले अति पानी, कहिले खडेरी हुन्छ । तापक्रमको वृद्धिसँगै नयाँ रोग र किराको प्रकोप फैलिएको छ । जसले नगदेबाली र तरकारी उत्पादनमा ठूलो असर परेको नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताउनुभयो ।

पछिल्ला वर्षहरूमा केही उत्साही कृषकहरूले व्यावसायिक तरकारीखेती, फलफूल (केरा, आँप, लिची), नगदेबाली, कुखुरापालन र बङ्गुरपालनजस्ता मिश्रित खेती र पशुपालनलाई अँगाल्न थालेका छन् । तिनीहरूको सङ्ख्या भने थोरै रहेको छ ।

“अब परम्परागत खेतीले मात्रैले हुँदैन, मौसमको अनिश्चिततासँग जुध्नका लागि खेतीमा परिवर्तन गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “मौसम सुहाउँदो बढी उत्पादन दिने बाली लगाउनका लागि किसानलाई उत्प्रेरित गर्ने कार्य हुँदै आएको छ ।” त्यसका लागि किसानलाई नगरपालिकाका तर्फबाट बीउबिजन, कृषि औजार, उपकरण, सिँचाइका साधनमा अनुदान दिने कार्य हँदै आएको उहाँले बताउनुभयो ।

Previous Post

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण संकट गम्भीर बन्दै : संयुक्त राष्ट्रसंघ

Next Post

सरस्वतीलाई बनाउँ लक्ष्मीः एक प्रेरक प्रसङ्ग

metakhabar

metakhabar

सम्बन्धित खबर

सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

६ भदौ २०८३,
Load More
Next Post
इनामः एक प्रेरक प्रसङ्ग

सरस्वतीलाई बनाउँ लक्ष्मीः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In