• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गोसाइँकुण्डमा स्नान गर्दै भक्तजन

metakhabar by metakhabar
२४ साउन २०८२,
0
गोसाइँकुण्डमा स्नान गर्दै भक्तजन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवा । जनैपूर्णिमाको पावन अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डमा आज भक्तजनले स्नान गरिरहेका छन् ।

पवित्र कुण्डमा स्नान तथा पूजाआजा गरी धार्मिक लाभ प्राप्त गर्न नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, धनुषा, मकवानपुर, कास्की, स्याङ्जा, तनहुँ, गोरखा, भोजपुर, रामेछाप, सप्तरीलगायत विभिन्न जिल्लाका भक्तजन एवं स्थानीयस्तरका बासिन्दाले बिहान २:०० बजेदेखिनै स्नान तथा पूजा आराधना सुरु गरेका छन् ।

जीवनमा एक पटक भए पनि पुग्नै पर्ने पवित्र तीर्थमा स्नान तथा पूजा आराधना सम्पन्न गरी वरदान मागेपछि फर्कने चलन रहिआएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।

समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित पौराणिक एवं धार्मिक पवित्र कुण्डमा डुबुल्की मारेपछि उकालो हिँड्दा लागेको थकान समाप्त भई आनन्दको अनुभूति हुने विश्वास छ । प्रतिकूल मौसमका कारण काठमाडौँबाट हेलिकप्टरमा जाने हवाई यात्रु भने प्रभावित भएका छन् ।

तीर्थ जाने यात्रुमध्ये सप्तरी, ललितपुर र सिन्धुपाल्चोक समेतका पाँच यात्रुलाई लेक लागेको असरले टाउकोमा पानी जमी स्वास्थ्य शिविरमा भएका साधन स्रोतले पूर्ण रूपमा निको पार्ने सम्भावना नभएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लान सिफारिस गरिएको हिमालय उद्धार संघका चिकित्सक डाक्टर पदमराज जोसीले गोसाइँकुण्डबाट जानकारी दिए । उनका अनुसार काठमाडौँ जोरपाटीका एक जना यात्रु भने हाइअल्टिच्युटका कारण फोक्सोमा पानी जमेको पाइएकाले हिमालय उद्धार संघको गोसाइँकुण्ड स्वास्थ्य शिविरले धुञ्चेमा पठाएको छ । जम्मा छ जना गम्भीर बिरामी यात्रुलाई नेपाली सेना तथा सशस्त्र प्रहरीले रातिनै बोकेर तल झारेको छ ।

सामान्य रोग लागेका १५० बिरामीलाई उक्त सङ्घले उपचार गरिसकेको छ । यस्तै यात्रुहरूलाई देउरालीमा प्राथमिक उपचार गर्न स्वास्थ्य शिविर खडा गरी कार्य गरिरहेको नेकपा (माओवादी केन्द्र) दलको भ्रातृसंस्था योङ कम्युनिष्ट लिग(वाइसिएल) ले पनि बिरामी बोकेर उद्धारको कार्यमा सहयोग पुर्‍याएको छ । उक्त लिगको स्वास्थ्य शिविरबाट १५० भन्दा बढी यात्रुलाई प्राथमिक उपचारको साथै तीर्थ जान यात्रुमाझ सहज रूपको ऊर्जा प्रदान गरेको बताइएको छ ।

नेपाली सेना श्रीश्रीनाथ गणले चोलाङपाटीमा राखेको स्वास्थ्य शिविरबाट एक हजार ८०० यात्रुलाई प्राथमिक उपचार गरिसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । नेपाली सेनाले रातको समयमा यात्रुलाई गरेको उपचार विवरण प्रगति प्राप्त हुन बाँकी छ ।

गम्भीर बिरामी परेका यात्रुलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्धार गरिरहेको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार सुरक्षाका लागि यथेष्ट रूपमा सुरक्षाकर्मी परिचालन गरिएको र नुहाउने स्थान कुण्डको डिलमा गत ११ गतेको जस्तो घटना दोहोरिन नदिन विशेष तालिमप्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यात्रुहरूलाई गोसाइँकुण्ड गाउँपालिका, जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, आयुर्वेदिक चिकित्सा, ग्रिनसिटी अस्पताल, नेपाली सेना, हिमालय उद्धार संघ, पञ्चधाम समितिले नि:शुल्क उपचार सेवा र गोसाइँकुण्डमा धुञ्चे युवा समूहले नि:शुल्क तातोपानी खुवाइरहेको अध्यक्ष डिएमले बताए । सुरक्षा अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए ।

Previous Post

पाँच देशमा अझै कायम छ बहुपति प्रथाको चलन

Next Post

पशुपतिमा जनैपूर्णिमाको चहलपहल (फोटोपिचर)

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
पशुपतिमा जनैपूर्णिमाको चहलपहल (फोटोपिचर)

पशुपतिमा जनैपूर्णिमाको चहलपहल (फोटोपिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In