• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मृगौला झिकेको पत्तो नपाएका युवकलाई पहिल्यै गरिएको थियो ६ लाखको अफर

metakhabar by metakhabar
२३ साउन २०८२,
0
मृगौला झिकेको पत्तो नपाएका युवकलाई पहिल्यै गरिएको थियो ६ लाखको अफर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली घर भएका एक युवकको मिर्गौला निकालिएको प्रकरणमा नयाँ खुलासा आएको छ ।

रोजगारीको प्रलोभनमा भारत पुर्याइएका ती युवकको मृगौला निकालिएको घटना पीडितले थाहा नै पाएनन्। काठमाडौंको कोटेश्वरबाट सुरु भएको यात्रा अन्ततः चण्डीगढको एक क्लिनिकमा पुगेर मृगौला चोरीमा टुंगियो। पीडितले यो कुराको पत्तो पाएनन्। विस्तृत अनुसन्धानपछि प्रहरीले संगठित रुपमा मानव अङ्ग निकासीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका–९ का २४ वर्षीय समिर नेपाली र सोही नगरपालिका–४ का ४७ वर्षीय राकेश नेपाली रहेका छन्।

मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको विशेष अपरेसनमार्फत २०८२ साउन २१ र २२ गते उनीहरुलाई काभ्रे र काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

ब्युरोको प्रारम्भिक अनुसन्धानअनुसार, पीडितलाई मासिक १०–२० हजार भारतीय रुपैयाँ आम्दानी हुने भन्दै रोजगारीको लोभ देखाइएको थियो। २०८२ जेठमा काठमाडौंको कोटेश्वरबाट कलंकी हुँदै बुटवल, भैरहवा, सुनौली पार गरेर भारतको चण्डीगढ पुर्याइयो। त्यहाँ अपार्टमेन्टमा करिब एक महिना राखेर स्वास्थ्य परीक्षण गराइयो।

एक महिना बितिसकेपछि, प्रतिवादीहरुले पीडितलाई भने, ‘तिम्रो मृगौला निकाल्दा ६ लाख रुपैयाँ दिनेछौं, रकम नेपाल फर्किएपछि बुझाइनेछ।’ पीडितले अस्वीकार गर्दा समेत, “तिम्रो खर्च सबै तिमीले तिर्नु पर्छ” भन्दै डर–त्रास र करकापमा पारेर २०८२ साउन ९ गते नाम नखुलेको क्लिनिकमा बायाँ मृगौला निकालियो।

नेपाल फर्कँदा वचनबमोजिमको रकम दिइएन। अझ पीडितलाई तत्काल थाहा पनि भएन कि उनको मृगौला नै चोरी भइसकेको छ। पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि मात्र उनले चिकित्सा परीक्षण गराए र घटनाको खुलासा भयो। त्यसपछि मात्र उनले ब्युरोमा जाहेरी दर्ता गरे।

प्रहरीको अनुसन्धानले देखाएको छ कि यो गिरोह नेपाल र भारत दुवै स्थानमा बसेर योजनाबद्ध तरिकाले मृगौला निकासीको सम्पूर्ण प्रक्रिया मिलाउँछ। आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई लक्ष्य बनाएर आकर्षक रकमको प्रलोभन दिनु, सीमा पार गराई सुरक्षित आवासमा राख्नु, मेडिकल चेकजाँचदेखि अंग निकासीसम्मका सबै व्यवस्था गर्नु — यी सबै उनीहरुको कार्यशैलीमा पर्दछन्।

ब्युरोका अनुसार, यसअघि पनि विभिन्न जिल्लाका दर्जनौं व्यक्तिका मृगौला अवैध रुपमा बिक्री गरेको प्रमाण भेटिएको छ। चोरी गरिएका मृगौला चर्को मूल्यमा बिक्री हुने र सोबाट गिरोहले ठूलो नाफा कमाउने गरेको पाइएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० बमोजिम सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ। यस घटनामा संलग्न अन्य फरार आरोपीहरुको खोजी भइरहेको र थप पीडितहरुको पहिचान प्रक्रिया पनि सुरु भएको प्रहरीले जनाएको छ

Previous Post

गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

Next Post

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नजिक

metakhabar

metakhabar

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नजिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In