• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतको बाढी–पहिरोमा परेका १८ नेपाली सम्पर्कविहीन

metakhabar by metakhabar
२३ साउन २०८२,
0
भारतको बाढी–पहिरोमा परेका १८ नेपाली सम्पर्कविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतको उत्तराखण्डमा गत मंगलबार आएको बाढी र पहिरोका कारण जाजरकोट, जुम्ला र बर्दियाका १८ नेपाली सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेमा जाजरकोटका मात्र १३ जना छन् । बर्दियाका ५ जना सम्पर्कविहीन छन् । मंगलबार उत्तरकाशी जिल्लाको धराली बजारमा आरिघोप्टे वर्षा भएर बाढी आएको थियो । यस्तै बुधबार पौडी गढवालमा पहिरो गएको थियो । नेपालीहरू यी दुवै घटनामा परेको अनुमान गर्दै स्थानीय तहहरूले सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।

जाजरकोटको कुशे गाउँपालिका—२ का १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार पालिकाका अन्य वडाका व्यक्ति पनि हराएको आशंका छ । त्यहाँ बाढीपहिरोले ठूलो क्षति पुर्‍याएकाले मजदुरीका लागि गएका अन्य स्थानीयसँग सम्पर्क नभएको गाउँपालिकाले जनाएको छ । पालिकाले आवश्यक पहलका लागि संघीय सरकारलाई गुहारेको छ ।

कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहको मृत्यु भएको मानबहादुर सिंहका छोरा नवीनले जानकारी गराएका छन् । २१ वर्षका नवीन बुवासँगै काम गर्न गएका थिए । उनीसँगै सोही वडाका अनुमानित २० जना काम गर्दै आएको नवीनले जानकारी दिएको वडाध्यक्ष मानबहादुर सिंहले बताएका छन् ।

यस्तै जुम्ला तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन रहेको आफूले जानकारी पाएको अध्यक्ष बस्नेतले बताएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले उत्तरकाशीको घटनामा नेपाली हराएको विषयमा भारतीय प्रहरीबाट औपचारिक जानकारी प्राप्त नभएको बताएका छन् धराली घटनामा २ सय ७४ जनाको उद्धार भएको छ । तर उनीहरू सबैको पहिचान भइसकेको छैन ।

यता उत्तराखण्डको पौडी गढवालस्थित ग्राम बाकुडाबाट करिब १ किमि टाढा मधेरा खटौलानजिक सिन्धु खोला किनारमा बुधबार बिहान खसेको पहिरोमा परी ५ जना नेपाली बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बर्दियाका मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन, मधुवन–५ गाउँ नम्बर ८ का एक र मधुवनकै वडा नखुलेका एक जना छन् । पहिरोमा परी मधुवन–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन छन् । गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन्  ।

Previous Post

धरानमा पहिरोले एक घरमा क्षति, १२ घर उच्च जोखिममा

Next Post

तुर्कमेनिस्तान भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

metakhabar

metakhabar

सम्बन्धित खबर

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
फिचर-ब्यानर

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२२ बैशाख २०८३,
Load More
Next Post
तुर्कमेनिस्तान भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

तुर्कमेनिस्तान भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In