• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

metakhabar by metakhabar
२३ साउन २०८२,
0
राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जानकी (बाँके), २३ साउनः “वर्षा लाग्नु पहिले हामीलाई गाउँ डुबान हुने डरले सताउँथ्यो । तर यस पटक नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेपछि हामी ढुक्क भएका छौँ”, यो भनाइ हो नरैनापुरका झिंगदेव वर्माको । उमेरले छ दशक नाघेका झिंगदेवले राप्ती नदीमा आएको बाढीले कैयौं बस्ती बगाएको देख्नुभएको छ ।

विगत सम्झँदै उहाँले भन्नुभयो, “बाढीले कति पटक त हामीलाई उठीबास नै गराएको छ । मुखैमा आएको चाडबाडमा हामी घरबारविहीन भएका छौँ”, विगत सम्झँदै उहाँले भन्नुभयो, “बुढेसकालमै भएपनि नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेको देख्दा खुसी लागेको छ ।”

सोही गाउँका रामप्यारी यादवले पनि यस वर्ष आफूहरुलाई बाढीले क्षति नपु¥याउनेमा ढुक्क भएको बताउनुभयो । “प्रत्येक वर्ष हामीलाई नदीकै चिन्ता हुन्थ्यो । कतिबेला नदीको बहाव ह्वात्तै बढ्छ र हामीलाई विचल्ली बनाउँछ भनेर । तर यो वर्ष आपत्कालीन तटबन्ध निर्माण भएपछि खासै चिन्ता लागेको छैन”, उहाँले भन्नुभयो ।

रामप्यारीका अनुसार बाढीले सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई प्रभावित बनाउँथ्यो ।

राप्ती नदी आसपासका गाउँलाई बाढीबाट जोगाउन यस वर्ष आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि बाँकेको उच्च जोखिममा रहेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती खतरामुक्त भएका छन् ।

आपत्कालीन तटबन्धका कारण राप्ती नदीले धार परिवर्तन गरेकाले तत्काललाई जोखिम टरेको हो । यसले तटीय क्षेत्रका गाउँबस्तीमा राहत मिलेको छ । दुई वर्षअघि राप्ती नदीमा आएको बाढीले पक्की तटबन्ध बगाएपछि बजेट अभाव देखाउँदै नयाँ तटबन्ध निर्माण हुन सकेको थिएन । जसले गर्दा वरिपरिका करिब एक दर्जन गाउँबस्ती डुबानको उच्च जोखिममा थिए ।

‘जनताको तटबन्ध कार्यक्रम’ लमही दाङले कटान रोक्न सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट ४०० मिटर लामो आपत्कालीन तटबन्ध निर्माण गरेको हो ।

आयोजना प्रमुख डा नारायण सुवेदीले दिनरात काम गरेर छोटो समयमै काम सकिएको बताउनुभयो । दुई वर्षदेखि माग गर्दै आए पनि सुनुवाइ नभएको तर हाल जनताको तटबन्ध कार्यक्रमले दुई महिनामा अस्थायी तटबन्ध बनाइदिएपछि स्थानीयमा त्रास हटेको उहाँको भनाइ छ ।

उक्त गाउँपालिकाको खल्ला झगडिया गाउँमा खल्लाझगडियामा आपत्कालीन तटबन्ध निर्माण सकिएपछि नदीको धार परिवर्तन भई कटान रोकिने स्थानीयहरुको विश्वास छ । राप्तीसोनारी–७ का स्थानीय दीपनारायण बर्माले यस वर्ष कटान रोकिने विश्वास व्यक्त गर्नुभयो । राप्तीसोनारी वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले निकै राम्रो काम भएकाले राहत मिलेको बताउनुभयो ।

खल्ला झगडिया गाउँमा अस्थायी तटबन्ध निर्माण पूरा भएकाले अब फत्तेपुर जरैयास्थित राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण सुरु गरिने जनताको तटबन्ध कार्यक्रमले जनाएको छ । खल्लाझगडियाको क्षेत्रमा ४०० मिटर लामो पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्ने गरी साई माँ दुर्गा भिन्सी जेभीले रु छ करोड पाँच लाखमा ठेक्का लिएर काम सुरु गरेको छ ।

Previous Post

तुर्कमेनिस्तान भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

Next Post

फोहरमैला प्रशोधन केन्द्रमा उपकरण जडान

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
फोहरमैला प्रशोधन केन्द्रमा उपकरण जडान

फोहरमैला प्रशोधन केन्द्रमा उपकरण जडान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In