• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिंहदरबारमा भोजनलिपि स्वादद्वारा दश परिकारको प्रदर्शन

metakhabar by metakhabar
२० साउन २०८२,
0
सिंहदरबारमा भोजनलिपि स्वादद्वारा दश परिकारको प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० साउनः नेपाली खाना प्रवर्द्धन अभियानले भोजनलिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सोमबार सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरेको छ । कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कोदोको परिकारको प्रदर्शनी गरिएको हो ।

नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजनलिपि स्वादको पाँचौँ संस्करणमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का उपस्थित भएर कोदोका परिकारको स्वाद लिनुभयो । परिकारको स्वाद लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कोदो उत्पादन बढाउन सरकारले किसानका लागि प्रोत्साहनमूलक योजना ल्याउने बताउनुभयो । कोदोको महत्त्व आमनागरिकसम्म पु¥याउन तथा उत्पादन बढाउन सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

“यहाँ कोदोको परिकालाई आधुनिकीकरण गरेर बनाइएको छ, हेर्न पनि उत्कृष्ट छ । कोदोका परिकार स्वादिलो हुनुका साथै स्वास्थ्यवर्द्धक पनि हुने भएकाले यसको बढी महत्त्व आमनागरिकसम्म पु¥याउन जरुरी छ । यसको उत्पादन प्रक्रिया झन्झटिलो भएकाले किसान कोदोखेतीमा कम आकर्षित भएका छन् । आधुनिक उपकरणको प्रयोगमार्फत कृषकलाई आकर्षण गर्नसके यसको उपयोगिता र महत्त्व अझ बढ्नसक्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो । कोदो परिकारको विषय मात्र नभई संस्कृति, पहिचान र सम्भावनाको अन्न भएको उहाँले बताउनुभयो ।

अन्तरराष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रदर्शनीमा कोदोबाट बनेका ढिंडो, सेलरोटी, खीर, मःमः, मालपुवा, मफिन, कुकिजलगायत परिकार राखिएको थियो । मोही र पान लड्डु कार्यक्रमका विशेष परिकार बनाइएको थियो । राष्ट्रिय कोदो दिवसका सन्दर्भमा कोदो विशेष परिकार बनाइएको हो ।

वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले स्वास्थ्यवर्द्धक कोदोको उत्पादन वृद्धि गर्दै यसको प्रवर्द्धन र व्यावसायिकीकरण गरी कृषकलाई खेतीतर्फ आकर्षित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले विगतमा कोदोको परिकार हेपिएको खाना भए पनि सहर र आधुनिक जीवनशैलीमा यो स्वास्थ्यका लागि महत्त्वपूर्ण र लोकप्रिय बनिरहेको बताउनुभयो ।

सेफ कँडेलले लोप हँुदै गइरहेको कोदोको उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नेपाली कृषकद्वारा उत्पादित कृषिउपजको उपयोग गर्दै स्वस्थ्य र सचेतना अभिवृद्धिका लागि कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो ।

राष्ट्रिय कोदो दिवसका अवसरमा कोदोका परिकारलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताउनुभयो । सरकारले यस वर्षदेखि भदौ १६ लाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउन सुरु गरेको सन्दर्भमा कोदोका परिकारलाई प्रवद्र्धन गरिएको अभियानले जनाएको छ ।

नेपाली खाना प्रवर्द्धन अभियान र भोजनलिपि स्वादको संयुक्त आयोजनामा सिंहदरबारको नारायणी चमेना गृहमा कोदोको परिकार प्रदर्शनी गरिएको हो । कोदो प्रवर्द्धन अभियानमा कोदाली भेन्चर्स प्रालि र नवप्रभात डेरीले पनि सहयोगी भूमिका निर्वाह गरेका हुन् ।

कोदाली भेन्चर्सका प्रमुख लक्ष्मी पोखरेलले नेपाली किसानहरूले परम्परागत रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ दाल, भटमासजलगायत अन्नहरूमा आधारित उत्पादनको विकासमा सहकार्य गर्दै आइएको जानकारी दिनुभयो ।

Previous Post

सूनको मूल्य अचाक्ली बढ्यो, हालसम्मकै उच्च

Next Post

हिउँद याम सुरु भएको खुसीयालीमा मुक्ति क्षेत्रमा ‘यार्तुङ’ आरम्भ

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
हिउँद याम सुरु भएको खुसीयालीमा मुक्ति क्षेत्रमा ‘यार्तुङ’ आरम्भ

हिउँद याम सुरु भएको खुसीयालीमा मुक्ति क्षेत्रमा ‘यार्तुङ’ आरम्भ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In