नानि भारद्वज
हजुर कहाँबाट ?
नजिकैको शहर बाट ।
के छ त शहरको खबर ?
खबर त सबै ठीकै हो तर केही नारीवादीहरुको लेडिज फष्टको नाराले हामी पुरुषलाई अप्ठ्यारो पारेको छ ।
कुरो त ठीक हो नि ! जहाँ पनि पछि पारिएका हामी नारीलाई लोकतान्त्रिक ब्यवस्थामा स्थान दिन पहिलो प्राथमिकतामा राखिनुपर्छ ।
सामाजिक वा औपचारिक कार्यक्रममा लेडिज फष्ट नै छन् त !
लु तपाईंको पालो आयो ! त्यसैबेला यमराजको ढोकामा बसेका द्वारपालले ती महिलाको नाम चिच्याउँदै बोलाए ।
उहाँलाई पहिला पठाउँ न ! भन्दै उनले उनीभन्दा पछाडिका पुरुषलाई देखाइन् ।
साभारः लघुकथा कुनोबाट












