पोखरा, ७ मंसिर । कास्की निर्वाचन क्षेत्र नं ३ (१) को प्रदेशसभा सदस्यमा एमाले का गणेशमान गुरुङ विजयी हुनुभएको छ ।
एमालेका गणेशमान गुरुङले १४४७३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले ९६६२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै राप्रपाका केदारनाथ पौडेलले ३६९७ मत प्राप्त गर्नुभएको छ । उक्त निर्वाचन क्षेत्रमा २८८४३ मत खसेको थियो ।













