पोखरा, ७ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर २ (२) नेपाली काँग्रेसका उम्मेदवार बिन्दुकुमार थापाले अग्रता लिनुभएको छ ।
यस क्षेत्रका ९२१९ मत गणना गर्दा थापाले ३९९६ मत प्राप्त गर्दै अग्रता लिनुभएको हो । त्यस्तै थापालाई पछ्याउँदै एमालेकी मिना गुरुङले २४८७ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका उम्मेदवार अरुण गिरीले १९३७ मत प्राप्त गर्नुभएको छ ।
वि.स. २०७४ को निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित थापा संचारमन्त्री समेत हुनुहुन्छ ।













