पोखरा, ६ मंसिर । कास्की निर्बाचन क्षेत्र नम्बर १ मा मंगलबार बिहानसम्मको मतगणनामा एमाले अग्र स्थानमा रहेको छ ।
एमालेका उम्मेदवार मनवहादुर गुरुङले ३४१२ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् भने नेपाली काँग्रेसका किशोरदत्त बरालले २६२४ मत प्राप्त गर्दै गुरुङलाई पछ्याइरहेका छन् ।
स्वतन्त्रका राजु राईले २२९ मत ल्याउदा राप्रपाका सूर्य गुरुङले १८९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कास्की क्षेत्र नम्बर १(२ ) अन्तरगत मंगलबार बिहानसम्मको मत गणनामा एमालेका बेदबहादुर गुरुङले ३४७५ मत ल्याएर अग्रता कायमै राखेका छन् । त्यस्तै नेपाली काँग्रेसका दीपक गुरुङले २७६८ मत ल्याएका छन् भने राप्रपाका महेन्द्र कार्कीले २०६ मत प्राप्त गरेका छन् ।













