पोखरा, ६ मंसिर (रासस) ः कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) मा राप्रपाको अग्रता कायमै रहेको छ ।
सोमबार बिहानसम्म ८३४१ मत गणना हुँदा राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले २८९७ मतका साथ अग्रतालाई कायमै राख्नुभएको छ ।
यस्तै एमालेका भीमबहादुर कार्कीले २५०५ मत पाउनुभएको छ भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले १४४१ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ८९७ मत प्राप्त गर्नुभएको छ ।













