हिमाली जिल्ला मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् ।
कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।













