पोखरा, ५ मंसिर । कास्की निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको मतगणनामा स्वतन्त्र उम्मेदवार माधवराज कंडेलले अग्रता लिनुभएको छ ।
३४८९ मत गणना गर्दा प्रतिनिधि सभा कास्की निर्वाचन क्षेत्र नं २ बाट १०२८ मत प्राप्त गर्दै कंडेलले अग्रता लिनुभएको छ ।
त्यस्तै एमालेकी विद्या भट्टराईले ८४६ मत प्राप्त गर्नुभएको छ भने एकीकृत समाजवादीका श्रीनाथ बरालले ५७४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले ५७४ मत प्राप्त गर्नुभएको छ ।













