पोखरा, ५ मंसिर । कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणना दिउँसो एक वजेबाट सुरु भएको छ । गण्डकी प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीका अनुसार बिहान वसेको सर्वदलीय बैठक दिउँसो एक बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो ।
त्यस्तै कास्की निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको मतगणनामा स्वतन्त्र उम्मेदवार माधवराज कंडेलले अग्रता लिनुभएको छ । १८०४ मत गणना गर्दा प्रतिनिधि सभा कास्की निर्वाचन क्षेत्र नं २ बाट ५६१ मत प्राप्त गर्दै कंडेलले अग्रता लिनुभएको हो ।
त्यस्तै एमालेकी विद्या भट्टराईले ४१७ मत प्राप्त गर्नुभएको छ भने एकीकृत समाजवादीका श्रीनाथ बरालले ३०२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले ३६० मत प्राप्त गर्नुभएको छ ।













